Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विकास तामाङ
  • #नेकपा एमाले
  • #आदिवासी जनजाति क्लस्टरबाट अइन्द्रसुन्दर नेम्बाङ र आदिवासी जनजाति महिला क्लस्टरबाट भूमिका सुब्बा तथा आशारत्न जबेगु
  • #फोनिज
  • #गगनकुमार थापा
  • #एमाले महाधिवेशन
  • #नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेश
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #टेलिग्राम
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कुवेतमा ‘एक्जिट पर्मिट’ अनिवार्य भएसँगै त्रासमा श्रमिक
रोजगारदाताको गलत मनसाय देखिए उजुरी गर्न आह्वान  कुवेतमा ‘एक्जिट पर्मिट’ अनिवार्य भएसँगै त्रासमा श्रमिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ ३०, २०८२

श्रमिकको आशंकालाई मध्यनजर गर्दै कुवेतको सार्वजनिक श्रम प्राधिकरणले रोजगारदाताले गलत मनसायका साथ पर्मिट नदिए तत्कालै प्राधिकरणमा उजुरी गर्न आह्वान गरेको छ । त्यस्ता रोजगारदातामाथि आवश्यक कारबाही गरेर समस्याको समाधान गरिने अधिकारीहरुले बताएका छन् ।


काठमाडौं– वैदेशिक रोजगारीका लागि कुवेतमा रहेकाहरुले मुलुक छोड्नुअघि अनिवार्यरुपमा बहिर्गमन अनुमति (एक्जिट पर्मिट) लिनुपर्ने व्यवस्था लागू भएसँगै आप्रवासी श्रमिकहरु चिन्तित भएका छन् । कुवेतमा कार्यरत केही श्रमिकहरुले रोजगारदाताले यो नियमको दुरुपयोग गरेर श्रमिकमाथि नियन्त्रण बढाउन सक्ने सम्भावना बढाएको आशंका त्यहाँका राष्ट्रिय सञ्चारमाध्यमसमक्ष व्यक्त गरेका छन् । केहीले भने सबै श्रमिकहरुमा भन्दा पनि शंकास्पद श्रमिकको हकमा यो नियम उपयुक्त हुनसक्ने औंल्याएका छन् । 

श्रमिकको आशंकालाई मध्यनजर गर्दै कुवेतको सार्वजनिक श्रम प्राधिकरणले रोजगारदाताले गलत मनसायका साथ पर्मिट नदिए तत्कालै प्राधिकरणमा उजुरी गर्न आह्वान गरेको छ । त्यस्ता रोजगारदातामाथि आवश्यक कारबाही गरेर समस्याको समाधान गरिने अधिकारीहरुले बताएका छन् ।सरकारको यो नियमप्रति रोजगारदाताहरुले नै मिश्रित प्रतिक्रिया दिएका छन् । केही रोजगारदाताले यो प्रावधान आफूहरुले लामो समयदेखि पर्खिएकाले स्वागतयोग्य भनेका छन् । यसका साथै स्वदेश गएका श्रमिक फर्किने मिति पनि समावेश हुनुपर्ने उनीहरुको माग छ । उनीहरुले राष्ट्रिय आर्थिक हितको रक्षा गर्न, रोजगारीका अवसरहरू जोगाउन र राज्यको बजेटमा परेको आर्थिक भार कम गर्न यसले सघाउने बताएका छन् । 

कतिपयले भने यसले नियमित काममा पनि झण्झट थपिदिएको बताएका छन् । यसले रोजगारदातालाई दैनिक भार र तनावमात्र थप्ने कतिपयको भनाइ छ । यो प्रावधानले भिसा व्यापारीहरूलाई कामदारको बिदा स्वीकृत गर्ने नाममा पैसा माग्ने बहाना दिनसक्ने केहीको बुझाइ छ ।यो प्रावधानअनुसार निजी क्षेत्रमा कार्यरत श्रमिकले आउँदो जुलाई १ तारिखदेखि अनिवार्यरुपमा बहिर्गमन अनुमति लिनुपर्ने भएको हो । कुवेतका प्रथम उपप्रधानमन्त्री शेख फदाह युसुफले सर्कुलर जारी गर्दै आप्रवासी श्रमिकले मुलुक छोड्नुअघि दर्ता भएका रोजगारदाताबाट अनुमति लिनुपर्ने जनाएका छन् । प्राधिकरणको यो नियम कार्यान्वयनमा आएपछि श्रमिकले छुट्टीमा घर आउँदा, करार अवधि सकिएर स्वादेश फर्कंदा या अन्य कुनै कारणले मुलुक छोड्न परे रोजगारदाताबाट ‘एक्जिट पर्मिट’ लिनुपर्ने छ ।

Hardik health

श्रमिकहरु विनाकुनै जानकारी मुलुक छोड्ने परिपाटी र रोजगारदातालाई जानकारी नै नदिई अवैध प्रस्थान गर्ने कार्य रोक्न यो नियम लागू गरिएको जनाइएको छ । यसले कानुनको पालना र श्रमिकमाथिको निरीक्षणमा सघाउने प्राधिकरणको भनाइ छ । श्रमबजारलाई संगठित बनाउनुका साथै कामदार र रोजगारदाताको अधिकारबीच सन्तुलन सुनिश्चित गर्नका लागिसमेत यो नियम लागू गरेको जनाइएको छ । 

श्रम प्राधिकरणका अनुसार बहिर्गमन अनुमति साहेल एप्स या सार्वजनिक श्रम प्राधिकरणको वेबसाइटमार्फत लिन सकिने छ । यात्रा गर्नुअघि श्रमिकले आफ्नो सिभिल आइडीको प्रयोग गरी अनुमतिका लागि आवेदन (रिक्वेस्ट) गर्नुपर्ने छ । उक्त आवेदनलाई स्वचालित प्रणालीले प्रमाणीकरण गर्ने छ । यसमा रोजगारदाता र रोजगारकर्ताको विवरण मिदोजुल्दो छ÷छैन भनेर हेर्ने गरिन्छ । यदि कुनै विवरण मेल नखाएमा आवश्यक प्रक्रियाका लागि अन्य विभागमा पठाइने जनाइएको छ । यो व्यवस्था अल्पकालीन तथा दीर्घकालीन दुवै प्रयोजनका लागि मुलुक छोड्न चाहने श्रमिकको हकमा लागू हुने छ । 

नेसनल बैंक अफ कुवेतले सन् २०२४ को मध्यमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार कुवेतमा ३३ लाखभन्दा बढी आप्रवासी श्रमिक छन्, जबकि कुवेतको कूल जनसंख्या ४९ लाखभन्दा माथिमात्र छ । कुवेती नागरिकभन्दा बढी आप्रवासी श्रमिक रहेको अवस्थामा गैरकानुनी बाटोबाट कुवेत छिर्ने र मनोमानी हिसाबले मुलुक छोड्ने प्रवृत्तिलाई यो प्रणालीले नियन्त्रण गर्ने जनाइएको छ । तर यो नियमले काफला पद्धतिलाई अझ सशक्त बनाउने देखिएको छ । यो पद्धति खाडी राष्ट्रहरु बहराइन, कुवेत, ओमान, कतार, साउदी अरबका साथै मध्यपूर्वका केही मुलुकहरुमा प्रचलनमा छ ।

काफला पद्धतिअनुसार श्रमिकको राहदानीलगायतका कानुनी कागजातहरु रोजगारदातासँग हुने भएकाले श्रमिकलाई करार अवधि नसकिएसम्म आफ्नो नियन्त्रणमा राख्न सहज हुन्छ । यस प्रणालीलाई खाडी मुलुकहरुमा प्रवेश आज्ञा, घर फिर्ती र काममा नियमितता ल्याउने कानुनी संरचना मान्दै आएका छन् । मानवअधिकारवादी संस्थाहरुले यसको निरन्तर विरोध गर्दै आएका छन् ।

कुवेतमा दक्षिण र दक्षिणपूर्वी एसिया, अरब, उत्तरी अफ्रिकालगायतका क्षेत्रका श्रमिकहरु बढिरहेका छन् । कुवेत नेपालीहरुकोसमेत प्रमुख श्रम गन्तव्यमध्येमा पर्छ । गत आर्थिक वर्ष २०८०÷८१ मा ४० हजार ३६८ जना व्यक्तिगत, संस्थागत र पुनः श्रम स्वीकृति लिएर कुवेत गएका थिए । त्यहाँ घरेलु श्रमिकदेखि अर्धदक्ष र दक्ष श्रमिकको माग बढी छ ।
 


प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  ०९:३८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ शुक्रबार, पुस ४, २०८२
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने शुक्रबार, पुस ४, २०८२
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न बिहीबार, पुस ३, २०८२
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो बुधबार, पुस २, २०८२
साताव्यापी कार्यक्रमसहित मनाइँदै अन्तर्राष्ट्रिय आप्रवासन दिवस
साताव्यापी कार्यक्रमसहित मनाइँदै अन्तर्राष्ट्रिय आप्रवासन दिवस बुधबार, पुस २, २०८२
यूके पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
यूके पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मंगलबार, पुस १, २०८२
कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ मंगलबार, पुस १, २०८२
लोकप्रिय
  • Week
  • Month
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP