Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
समाचार
  • Home
  • समाचार
  • सदन खुलाउनेबारे सत्तारुढ दल मौन
सदन खुलाउनेबारे सत्तारुढ दल मौन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ २९, २०८२
  नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बुधबार बसेको प्रतिनिधिसभा बैठक । प्रतिपक्षीको नाराबाजीपछि बैठक आजका लागि स्थगित गरिएको थियो । तस्बिरः रासस

संसद् अवरुद्धबारे सत्तापक्ष र विपक्षीबीच लामै छलफल चलिरहेको छ । गृहमन्त्रीले धारणा राख्ने र प्रतिपक्षीले सहयोग गर्ने र बजेटसम्बन्धी छलफल खुलाउने भन्ने हाम्रो कुरा छ । 
पृथ्वीसुब्बा गुरुङ
प्रवक्ता, नेपाल सरकार
 

काठमाडौं– बुधबारको प्रतिनिधिसभाको कार्यसूची थियो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र सुनाउने, राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन पेस हुने र बजेटबारे छलफल हुने । यद्यपि, अघिल्ला दिनहरुमाझैं बैठक स्थगित भयो ।बजेट भाषणयता सदनको दैनिकी सुरु गर्ने र स्थगित गर्नेमै चलिरहेको छ । जेठ १३ यता नौ दिन यसरी नै सदन खुल्ने र स्थगित हुने लुकामारी चलिरहेको छ । बजेट पारित गर्नुपर्ने सत्तारुढ दल प्रतिपक्षीको विरोधमा होहल्ला गर्नेबाहेक सदन चलाउनमा गम्भीर देखिँदैन । बरु प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको दौडधुप चर्कै देखिन्छ ।

गृहमन्त्री रमेश लेखकलाई भिजिट भिसा प्रकरणमा छानबिन गर्नुपर्ने र राजीनामा दिनुपर्ने माग विपक्षीको रहेको छ । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले यी दुजै मागमा कुनै सुनुवाइ नगर्ने पटक–पटक सन्देश दिइसकेका छन् । सदन अवरोधको आरोप लागेपछि बुधबार रास्वपाले पाँचबुँदे प्रस्ताव अघि सारेको थियो । पारदर्शी छानबिन समितिको मागसहित आएको यो प्रस्तावलाई सत्तारुढ दल एमालेले ठाडै अस्वीकार गरेको छ । ‘रास्वपाका साथीहरुको पाँचबुँदेमा कुनै छलफल नै हुँदैन,’ बुधबार सदन स्थगित भएपछि एमाले सांसद योगेश भट्टराईले भने ।

Hardik health

माओवादीले सरकारलाई सहज हुनेगरी लचकता अपनाए पनि रास्वपाले विरोध जारी राखेको छ । जबकि, माओवादी अध्यक्ष दाहालले अध्यागमन विभागका तत्कालीन प्रमुख तीर्थराज भट्टराई अख्तियारको सोधपुछमा परेपछि गृहमन्त्री लेखकले पनि राजीनामा दिनुपर्ने बताएका थिए । यद्यपि, बुधबारसम्म आइपुग्दा माओवादी लचक बनिसकेको छ । बुधबार माओवादीले दुईबुँदे ड्राफ्ट तयार ग¥यो । जसलाई एमाले र कांग्रेस स्वीकार गर्न तयार देखियो । माओवादीको नेता शक्ति बस्नेतले तयार गरेको मस्यौदाको पहिलो बुँदामा भिजिट भिसा प्रकरणमा अख्तियारले गरिरहेको छानबिनमा सहयोग गर्ने भन्ने उल्लेख छ । त्यसैगरी दोस्रो बुँदामा भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित नीतिगत विषयमा अध्ययन गर्न संरचना÷व्यवस्था गर्न सरकारले ठोस पहल गर्ने उल्लेख छ ।

रास्वपाले सदन अवरुद्ध गरेको हैन । यो सरकारले अवरुद्ध गरेको हो । राष्ट्रिय विषय हो । यसमा सहमति नगरी हुन्न । बेचिएकाहरुले यो मुद्दा नछोड्नु भन्नुभएको छ । हामी यो मुद्दा त्यसै छाड्दैनौ ।
डा. तोसिमा गुरुङ
सांसद, रास्वपा

बस्नेतले तयार गरेको मस्यौदामा छानबिन र समिति भन्ने शब्द नपरेपछि रास्वपाका नेताहरूले बैठक सुरू गर्न गर्न मानेनन् । सभामुख देवराज घिमिरेले सदन खुलाउन पटक–पटक प्रयास गरिरहेका छन् । अवरुद्ध सदन खुलाउन सभामुख घिमिरेले डाकेको बैठकमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक श्याम घिमिरे पुग्छन् । एमालेबाट प्रमुख सचेतक महेश बर्तौला र योगेश भट्टराई । ती छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सहभागी नहुँदा सभामुख घिमिरेले कुनै निष्कर्ष निकाल्न सकेका छैनन् ।

यसरी हेर्दा सत्तापक्ष प्रतिपक्षलाई पेलेरै जाने पक्षमा देखिन्छ । माओवादी उपमहासचिव वर्षमान पुनले प्रतिपक्षीले उठाएको मुद्दा बेठीक भनेमा सदन चल्न दिने बताए । ‘हामीले बजेट पेस गर्न दियौं । अब छलफल हुनुपर्छ, तर यो भिजिट भिसा प्रकरण आमजनताको इस्यु भइसक्यो । कि प्रतिपक्षले उठाएको इस्यु बेठीक छ भन्नुप¥यो । सही छ भने उहाँहरू तयार हुनुप¥यो,’ पुनले भने ।
सदन खुलाउन दलहरु राष्ट्रिय सहमतिमा आउनुपर्ने रास्वपाकी सांसद डा. तोसिमा कार्कीले बताइन् । ‘रास्वपाले सदन अवरुद्ध गरेको हैन । यो सरकारले अवरुद्ध गरेको हो,’ कार्कीले भनिन्, ‘राष्ट्रिय विषय हो । यसमा सहमति नगरी हुन्न । बेचिएकाहरुले यो मुद्दा नछोड्नु भन्नुभएको छ । हामी यो मुद्दा त्यसै छाड्दैनौ ।’ सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले गृहमन्त्रीको राजीनामा आउनै नसक्ने बताए । ‘अख्तियारले एउटा कर्मचारीमाथि छानबिन शुरु गरेको हो । एउटा कर्मचारीमाथि छानबिन शुरु हुने वित्तिकै मन्त्रीले राजीनामा दिने हो भने सरकार नै चल्दैन । गृहमन्त्रीको राजीनामा आउँदैन,’ सञ्चारमन्त्रीसमेत रहेका गुरुङले भने । यद्यपि सरकारले सदन चलाउन सक्दो प्रयास गरिरहेको दाबी गरे । ‘संसद अवरुद्धबारे सत्तापक्ष र विपक्षीबारे लामै छलफल चलिरहेको छ । गृहमन्त्रीले धारणा राख्ने र प्रतिपक्षीले सहयोग गर्ने र बजेटसम्बन्धी छलफल खुलाउने भन्ने हाम्रो कुरा छ । सानो तिनो कुरा उठाएर राजनीति अघि बढ्दैन,’ गुरुङले भने ।


 


प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १०:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम शुक्रबार, साउन २९, २०८३
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल शुक्रबार, साउन २९, २०८३
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन शुक्रबार, साउन २९, २०८३
लागुऔषधसहित एघार जना पक्राउ
लागुऔषधसहित एघार जना पक्राउ शुक्रबार, साउन २९, २०८३
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश शुक्रबार, साउन २९, २०८३
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त शुक्रबार, साउन २९, २०८३
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP