Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
समाचार
  • Home
  • समाचार
  • सदन खुलाउनेबारे सत्तारुढ दल मौन
सदन खुलाउनेबारे सत्तारुढ दल मौन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ २९, २०८२
  नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बुधबार बसेको प्रतिनिधिसभा बैठक । प्रतिपक्षीको नाराबाजीपछि बैठक आजका लागि स्थगित गरिएको थियो । तस्बिरः रासस

संसद् अवरुद्धबारे सत्तापक्ष र विपक्षीबीच लामै छलफल चलिरहेको छ । गृहमन्त्रीले धारणा राख्ने र प्रतिपक्षीले सहयोग गर्ने र बजेटसम्बन्धी छलफल खुलाउने भन्ने हाम्रो कुरा छ । 
पृथ्वीसुब्बा गुरुङ
प्रवक्ता, नेपाल सरकार
 

काठमाडौं– बुधबारको प्रतिनिधिसभाको कार्यसूची थियो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र सुनाउने, राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन पेस हुने र बजेटबारे छलफल हुने । यद्यपि, अघिल्ला दिनहरुमाझैं बैठक स्थगित भयो ।बजेट भाषणयता सदनको दैनिकी सुरु गर्ने र स्थगित गर्नेमै चलिरहेको छ । जेठ १३ यता नौ दिन यसरी नै सदन खुल्ने र स्थगित हुने लुकामारी चलिरहेको छ । बजेट पारित गर्नुपर्ने सत्तारुढ दल प्रतिपक्षीको विरोधमा होहल्ला गर्नेबाहेक सदन चलाउनमा गम्भीर देखिँदैन । बरु प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको दौडधुप चर्कै देखिन्छ ।

गृहमन्त्री रमेश लेखकलाई भिजिट भिसा प्रकरणमा छानबिन गर्नुपर्ने र राजीनामा दिनुपर्ने माग विपक्षीको रहेको छ । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले यी दुजै मागमा कुनै सुनुवाइ नगर्ने पटक–पटक सन्देश दिइसकेका छन् । सदन अवरोधको आरोप लागेपछि बुधबार रास्वपाले पाँचबुँदे प्रस्ताव अघि सारेको थियो । पारदर्शी छानबिन समितिको मागसहित आएको यो प्रस्तावलाई सत्तारुढ दल एमालेले ठाडै अस्वीकार गरेको छ । ‘रास्वपाका साथीहरुको पाँचबुँदेमा कुनै छलफल नै हुँदैन,’ बुधबार सदन स्थगित भएपछि एमाले सांसद योगेश भट्टराईले भने ।

Hardik health

माओवादीले सरकारलाई सहज हुनेगरी लचकता अपनाए पनि रास्वपाले विरोध जारी राखेको छ । जबकि, माओवादी अध्यक्ष दाहालले अध्यागमन विभागका तत्कालीन प्रमुख तीर्थराज भट्टराई अख्तियारको सोधपुछमा परेपछि गृहमन्त्री लेखकले पनि राजीनामा दिनुपर्ने बताएका थिए । यद्यपि, बुधबारसम्म आइपुग्दा माओवादी लचक बनिसकेको छ । बुधबार माओवादीले दुईबुँदे ड्राफ्ट तयार ग¥यो । जसलाई एमाले र कांग्रेस स्वीकार गर्न तयार देखियो । माओवादीको नेता शक्ति बस्नेतले तयार गरेको मस्यौदाको पहिलो बुँदामा भिजिट भिसा प्रकरणमा अख्तियारले गरिरहेको छानबिनमा सहयोग गर्ने भन्ने उल्लेख छ । त्यसैगरी दोस्रो बुँदामा भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित नीतिगत विषयमा अध्ययन गर्न संरचना÷व्यवस्था गर्न सरकारले ठोस पहल गर्ने उल्लेख छ ।

रास्वपाले सदन अवरुद्ध गरेको हैन । यो सरकारले अवरुद्ध गरेको हो । राष्ट्रिय विषय हो । यसमा सहमति नगरी हुन्न । बेचिएकाहरुले यो मुद्दा नछोड्नु भन्नुभएको छ । हामी यो मुद्दा त्यसै छाड्दैनौ ।
डा. तोसिमा गुरुङ
सांसद, रास्वपा

बस्नेतले तयार गरेको मस्यौदामा छानबिन र समिति भन्ने शब्द नपरेपछि रास्वपाका नेताहरूले बैठक सुरू गर्न गर्न मानेनन् । सभामुख देवराज घिमिरेले सदन खुलाउन पटक–पटक प्रयास गरिरहेका छन् । अवरुद्ध सदन खुलाउन सभामुख घिमिरेले डाकेको बैठकमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक श्याम घिमिरे पुग्छन् । एमालेबाट प्रमुख सचेतक महेश बर्तौला र योगेश भट्टराई । ती छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सहभागी नहुँदा सभामुख घिमिरेले कुनै निष्कर्ष निकाल्न सकेका छैनन् ।

यसरी हेर्दा सत्तापक्ष प्रतिपक्षलाई पेलेरै जाने पक्षमा देखिन्छ । माओवादी उपमहासचिव वर्षमान पुनले प्रतिपक्षीले उठाएको मुद्दा बेठीक भनेमा सदन चल्न दिने बताए । ‘हामीले बजेट पेस गर्न दियौं । अब छलफल हुनुपर्छ, तर यो भिजिट भिसा प्रकरण आमजनताको इस्यु भइसक्यो । कि प्रतिपक्षले उठाएको इस्यु बेठीक छ भन्नुप¥यो । सही छ भने उहाँहरू तयार हुनुप¥यो,’ पुनले भने ।
सदन खुलाउन दलहरु राष्ट्रिय सहमतिमा आउनुपर्ने रास्वपाकी सांसद डा. तोसिमा कार्कीले बताइन् । ‘रास्वपाले सदन अवरुद्ध गरेको हैन । यो सरकारले अवरुद्ध गरेको हो,’ कार्कीले भनिन्, ‘राष्ट्रिय विषय हो । यसमा सहमति नगरी हुन्न । बेचिएकाहरुले यो मुद्दा नछोड्नु भन्नुभएको छ । हामी यो मुद्दा त्यसै छाड्दैनौ ।’ सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले गृहमन्त्रीको राजीनामा आउनै नसक्ने बताए । ‘अख्तियारले एउटा कर्मचारीमाथि छानबिन शुरु गरेको हो । एउटा कर्मचारीमाथि छानबिन शुरु हुने वित्तिकै मन्त्रीले राजीनामा दिने हो भने सरकार नै चल्दैन । गृहमन्त्रीको राजीनामा आउँदैन,’ सञ्चारमन्त्रीसमेत रहेका गुरुङले भने । यद्यपि सरकारले सदन चलाउन सक्दो प्रयास गरिरहेको दाबी गरे । ‘संसद अवरुद्धबारे सत्तापक्ष र विपक्षीबारे लामै छलफल चलिरहेको छ । गृहमन्त्रीले धारणा राख्ने र प्रतिपक्षीले सहयोग गर्ने र बजेटसम्बन्धी छलफल खुलाउने भन्ने हाम्रो कुरा छ । सानो तिनो कुरा उठाएर राजनीति अघि बढ्दैन,’ गुरुङले भने ।


 


प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १०:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस शुक्रबार, कात्तिक २१, २०८२
जंगली हात्तीको आक्रमणबाट नौ वर्षमा १७ जनाको मृत्यु
जंगली हात्तीको आक्रमणबाट नौ वर्षमा १७ जनाको मृत्यु शुक्रबार, कात्तिक २१, २०८२
राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’
राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’ शुक्रबार, कात्तिक २१, २०८२
सभामुख बैठकः प्रदेश कानुनका व्यवस्था सङ्घीय सरकारले हटाउन नमिल्ने
सभामुख बैठकः प्रदेश कानुनका व्यवस्था सङ्घीय सरकारले हटाउन नमिल्ने शुक्रबार, कात्तिक २१, २०८२
प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’
प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’ शुक्रबार, कात्तिक २१, २०८२
नाम दर्ता गराउन मतदाता उत्साहित
नाम दर्ता गराउन मतदाता उत्साहित शुक्रबार, कात्तिक २१, २०८२
लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु
लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु शुक्रबार, कात्तिक २१, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP