Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विचार
  • Home
  • विचार
  • अख्तियारको पासो ?
अख्तियारको पासो ?
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, जेठ २७, २०८२

अमेरिकामा सेतो घर अर्थात् ह्वाइट हाउस जति धेरै चर्चामा छ, त्यत्ति नै धेरै चर्चा नेपालमा रातो घरको छ । उताको सेतो घरको चर्चा विश्वमा छ, यताको रातो घरको चर्चा सेतो सर्ट र निलो पाइन्ट लाउनेहरुको सातो खानेमा छ ।सानो माछो च्याप्पै पार्न माहिर रातोघरले धेरैको मुटुमा ढ्यांग्रो ठोक्न थालेको छ । रातो क्रान्तिका नायक ‘माकुने’ लाई माकुराको जालोमा पारेपछि रातो घरको चर्चा नचुलिने त कुरै भएन । साना माछा खाँदाखाँदा वाक्क भएर होला रातो घरले ठूलो माछा खोजेजस्तो पनि गरेको छ । गाउँदेखि सहर, खेतदेखि बगरसम्म ‘माकुने’ काकाकै चर्चा चलिरहेको छ ।

सामाजिक सञ्जालदेखि टेलिभिजनका पर्दासम्म, छापिएका पत्रिकादेखि कपी पेस्ट गर्नेसम्म पनि उनै ‘माकुने’ काकाको तस्बिरले ढाक्न थालेकोे छ ।बिहानै सबेरै ‘राधे श्याम, राधे श्याम’ भाकाको भजनकीर्तन, नातिले किनिदिएको चारपाते मोबाइल हेर्दै दंग पर्ने हस्तबहादुर भाका न सुर भएका, नेप्टी र चेप्टीहरु आफैंले अनुसन्धान गरेर थाहा पाएजस्तै गरी मोबाइलमा मात्र देखिने ‘माकुने’ को रातो घरको सन्देश फलाके पनि कञ्चटका रौं तातेर आयो भनिरहेका छन् । बिहानदेखि तात्तो छारोका सन्देश घोक्रो सुक्नेगरी फलाकेर पनि हुन्छ । ‘के तालको जवाना आको होला !’ हस्तबहादुर मोबाइल बन्द गर्दै भुनभुनिए ।

ओछ्यानबाट पनि बाहिर ननिस्कँदै भुनभुनिएको देखेर स्टिलको लामो ग्लासमा तातो चिया बोकेर कोठामा छिर्दै गरेकी हस्तबहादुरकी जहान रमिलालाई पारा ठीक लागेन छ क्यार ! ‘हैन, आज उठ्न नपाउँदै किन कन्पारो तताइराको भन्या ?’‘के हुनु नि, कहिलेकाहीँ त यो मोबाइल पनि फाल्दिउँ जस्तो रिस उठ्छ भन्या । चाहिने नचाहिने के–के आउँछ आउँछ भन्या । बिहानै भगवान्को नाम लिनुपर्ने ठाउँमा दैत्यजस्तो द्रव्य पिचासहरुका नाम फलाक्छन् ।’ रमिला अचम्म पर्छिन्, ‘फेरि के भो त ?’‘के हुनु नि, रातो घरले ठूलो माछा मा¥यो रे !’

Hardik health

‘ठूलो माछा ! के भन्या त्यो ?’हस्तबहादुर हाँस्छन्, ‘ल ठूलो माछा भनेको पनि थाहा छैन ? ठूलो माछा भनेको ठूला भ्रष्टाचारी । अकूत सम्पत्ति कुम्ल्याउने नवसामन्तहरु । हिजो खान नपाउने आज अर्बपतिको सूचीमा सूचीकृत भएका द्रव्य पिचासहरुलाई ठूलो माछा भन्न थाल्या छन् के !’‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भन्याजस्तो साना माछा होस् कि ठूलो माछा होस् । सबै हात्तीका देखाउने दाँत त हुन् । भोलि पर्सी मेलमिलाप हो कि मिलेमतो के गरेर सबै सामसुम पार्छन् । अहिले नौंटंकी गर्छन् । ल लिनुस् यो च्या ।’हस्तबहादुर जहान रमिलाले ल्याइदिएको चियाको गिलास फेदैमा समाउँछन् । बूढाको हात च्वास्स पो । ‘हत्तेरिका, कस्तो तातो ! हात नै डाम्नेगरी पोल्यो ।’ 

‘पोल्छ नि बुद्धि नपु¥याएपछि... स्टिलको गिलासमा तातो च्याँ छ भनेपछि ख्याल गर्नु पर्दैन ?’‘हो हो, तिमीले भनेको कुरा । कसलाई केले डाम्छ कसलाई केले डाम्छ । ‘माकुने’ लाई अख्तियारले डाम्यो । मलाई च्याको गिलासले डाम्यो ! ठीकै छ सब भागभोगको कुरा हो,’ हस्तबहादुरले रमिलालाई समर्थन गरेजस्तो गरे । तर रमिलालाई हस्तबहादुरको कुरामा अलि चित्त बुझेन । उनले प्रतिउत्तर दिइहालिन्, ‘आफू ढंग नपु¥याउने, उल्टो उल्टो काम गर्दै हिड्ने अनि भाग्यलाई दोष दिने यस्तो पनि हुन्छ कतै ?’

‘ल ल भैगो, छाडिदेऊ । जे हुन्छ राम्रैका लागि हुन्छ ।’रमिलाले भनिन्, ‘राम्रै त राम्रैका लागि त हुन्छ नि । देश बनाउने भनेर त्यत्रो पदमा पुगेर देश कंगाल बनाउनतिर लागेपछि के हुन्छ ? ‘जस्तो कर्म उस्तै फल’ !’‘तिमीले भनेको कुरा त ठीकै हो । तर, यो राजनीति हो । आज एउटाको पालो भोलि अर्कोको पालो । स्वार्थ अनुकूल चलिरहेका छन् । अब हेर्दै जाऊ, जो सत्तामा पुग्छ उसैले त्यो रातो घरको दुरुपयोग गरेर यसैगरी सबैलाई पोल्छन् ।’ढोका छेउ पुगेकी रमिला फर्केर हस्तबहादुर नजिकै आउँछिन् । ‘हैन हो बूढा, अब यी ‘माकुने’ साँच्चै नै जेल जान्छन् त ?’

‘के को जानु नि ! कुरो मिलाइहाल्छन् नि । ऊ बेला शाही शासनका बेला पनि शाही आयोग गठन गरेर भ्रष्टाचारी भनेका व्यक्ति अहिले कहाँ छन् ? तिमी पनि त्यही आयोगतिर काम गरेकी हैनौं र ? उल्टो मलाई के सोध्छौं !’‘त्यसबेलाको अवस्था अर्कै थियो, अहिलेको अवस्था अर्कै छ ।’ रमिलाले आफूले काम गरेको कार्यालयको बचाऊ गर्न खोज्छिन् । नगरुन् पनि किन, त्यही कार्यालयबाट अवकाश भएका कारण अहिलेसम्म पेन्सन बुझिरहेकी छिन् ।‘त्यस्तो केही होइन हेर । व्यवस्थामात्र फेरिएको हो । अवस्था फेरिएको होइन नि । त्यो दारी केटो बढी बगबग नगरेको भए अहिले जेल जान्थ्यो र ? अहिले खड्गका खड्गो जागेका बेला ‘माकुने’ लाई माकुरा जालोमा पारेका छन् ।’

‘पछि फेरि उनीहरु सत्ता पुग्छन् अनि खड्गको साँढे सात लाग्न सक्छ । यो त प्रतिष्ठाको लडाइँ हो । अब पालैपालो सबको पोल खुल्छ हेर्दै जाऊ । रवि, छविहुँदै ‘माकुने’सम्म आइपुग्यो । अब अरुको पालो आउँछ । जो सत्तामा छ उसैले ठोक्ने हो पोल्ने हो । करार गर्ने हो । यही नजिर बस्छ । यो त अख्तियारका पासोमात्र हो । नासो अर्कैको छ ।’‘हुन त हो बूढा,’ रमिला भन्छिन्, ‘साँच्चिकै सम्पत्ति छानबिन र शुद्धीकरण गर्ने हो भने यहाँ सत्तामा पुगेका पदमा पुगेका कर्मचारीदेखि नेता सबै पोलिन्छन् ।’हस्तबहादुरले भने, ‘बल्ल सुरु भयो, यहाँ नखाएका पनि विष लागेको छ । खाएकाले ख्वाएर विषमुक्त गरेको पनि छ । ‘माकुने’ ले कति खाए वा खड्गहरु दूधले नुहाए भन्ने होइन । खड्गले सुरु गरे । अब बल्ल भ्रष्टहरुबीच लडाइँ सुरु भयो । पालैपालो सबले सबैलाई देखाइदिने प्रतिस्पर्धा चल्छ । रवि निस्कन्छन अनि अरुलाई जाक्छन्, ‘माकुने’ सफाइ पाउँछन् अनि गिरिबन्धु देखाउँछन् । यसैगरी चलिरहन्छ, अनि ‘झोले’हरु खालि ताली बजाइरहन्छौं । आखिर देखाउने त अख्तियारको पासो नै हो नि !
 


प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  ०९:१२
प्रतिक्रिया दिनुहोस्
थप विचार
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
नीति तथा कार्यक्रमले खोजेको समृद्धि 
नीति तथा कार्यक्रमले खोजेको समृद्धि  आइतबार, जेठ ३, २०८३
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP