Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विकास तामाङ
  • #नेकपा एमाले
  • #आदिवासी जनजाति क्लस्टरबाट अइन्द्रसुन्दर नेम्बाङ र आदिवासी जनजाति महिला क्लस्टरबाट भूमिका सुब्बा तथा आशारत्न जबेगु
  • #फोनिज
  • #गगनकुमार थापा
  • #एमाले महाधिवेशन
  • #नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेश
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #टेलिग्राम
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • इन्टरनेसनल म्यानपावर रिक्रुटमेन्टलाई ‘आइरिस प्रमाणीकरण’
आइओएमबाट आइरिस प्रमाणीकरण प्राप्त गर्ने नेपालको पहिलो र अन्तर्राष्ट्रियस्तरमा दोस्रो संस्था बन्न सफल भएको कम्पनीको भनाइ इन्टरनेसनल म्यानपावर रिक्रुटमेन्टलाई ‘आइरिस प्रमाणीकरण’
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ २७, २०८२

आइओएमबाट आइरिस प्रमाणीकरण प्राप्त गर्ने नेपालको पहिलो र अन्तर्राष्ट्रियस्तरमा दोस्रो संस्था बन्न सफल भएको कम्पनीको भनाइ

काठमाडौं– इन्टरनेसनल म्यानपावर रिक्रुटमेन्ट प्रालि इन्टरनेसनल इन्टिग्रिटी सिस्टम (आइरिस) अन्तर्गत प्रमाणीकरण भएको छ । उक्त म्यानपावरले सोमबार पत्रकार सम्मेलन गरी ‘आइरिस सर्टिफिकेसन’ प्राप्त गरेको जानकारी गराएको हो । 

आइरिस अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम)को आप्रवासी कामदारहरुको न्यायोचित र नैतिक भर्ना गर्ने प्रमुख कार्यक्रम हो । आइओएमले न्यायोचित भर्ना गर्ने म्यानपावरलाई यो प्रमाणीकरण प्रदान गर्छ । इन्टरनेसनल म्यानपावर यो प्रमाणीकरण प्राप्त गर्ने नेपालको पहिलो संस्था भएको र अन्तर्राष्ट्रियस्तरमा दोस्रो संस्था बन्न सफल भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

इन्टरनेसनल म्यानपावरका सञ्चालक वाइबी राईले आइओएमले मे २५ तारिखमा उक्त मान्यता दिएको बताए । सन् २००४ मा स्थापना भएको यस संस्थाले सन् २०१६ सम्म परम्परागतरुपमा रोजगारीमा पठाउँदै आए पनि त्यसपछि न्यायोचित र नैतिक भर्नासम्बन्धी अभ्यास आरम्भ गरेको राईले बताए । ‘इथिकल रिक्रुटमेन्टको बारेमा थाहा पाएपछि हाम्रो परिवेशमा यसको अभ्यास कत्तिको सम्भव छ भनेर अध्ययन गर्न थाल्यौं,’ राईले भने । सन् २०१८ बाट भने पूर्णरुपमा श्रम आप्रवासनका क्रममा हुने खर्च रोजगारदाताले व्यहोर्नुपर्ने सिद्धान्तमा आधारित स्वच्छ भर्ना प्रक्रिया अपनाउँदै आएको उनले बताए । ‘हामीले पैसा तिर्नुपर्ने मागपत्रहरु किनेनौं । त्यसबेला रोजगारीमा जान लाखौं तिर्नुपर्ने परिवेशमा यो निकै चुनौतीपूर्ण थियो,’ उनले भने ।

Hardik health

श्रमिकको खर्च रोजगारदाताले व्यहोर्ने न्यायोचित प्रणालीमा आधारित भएर यस संस्थाले १८ हजारभन्दा बढी नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाएको जनाएको छ । यो अभ्यासले मुलुकका १०औं हजार युवालाई पारदर्शीरुपमा वैदेशिक रोजगारीमा पठाउनुका साथै उनीहरूमाथि पर्ने आर्थिक भारबाट पनि मुक्त गरेको जनाइएको छ । रोजगारीमा पठाउन बिचौलिया अग्रसर हुने हुँदा संस्थाको टोली गाउँगाउँमा गएर मागपत्रको बारेमा सूचना दिने र श्रमिकहरुलाई यहाँसम्म ल्याएर सबै प्रक्रियामा उनीहरुलाई सहयोग गर्ने गरेको सञ्चालक राईले बताए ।

‘मुसहर समुदायका ५० जना युवाहरुलाई ल्याएर उनीहरुको पासपोर्ट बनाइदिएर इथिकल्ली रिक्रुट गर्यौं । भूकम्पप्रभावित जाजरकोटको वस्तीबाट ७० जनाभन्दा बढी युवाहरुलाई ल्याएर पासपोर्ट बनाइदिने, तालिम दिने गरेर रोजगारीमा पठाएका छौं । यस्ता धेरै उदाहरणहरु छन्,’ उनले भने ।आइएमआरले मलेसिया, साउदी, कतार र संयुक्त अरब इमिरेट्समा ‘फ्रि–भिसा फ्रि–टिकेट’मा श्रमिक पठाउँदै आएको छ । यी मुलुकमध्ये ९९ प्रतिशत श्रमिक मलेसिया गएको जनाइएको छ । साउदीमा भने कम्पनीको मानवअधिकारको अवस्थालगायतका विषय हेरेर मात्र पठाउने सञ्चालक राईको भनाइ छ ।

पत्रकार सम्मेलनमार्फत इथिकल रिक्रुटमेन्टलाई प्रभावकारी बनाउन संस्थामा आएका मागपत्रलाई गाउँगाउँमा पु¥याउने, रोजगारकर्ताको विगतको इतिहासको अध्ययन गरेर मात्र श्रमिक पठाउने, गइसकेका श्रमिकबाट त्यहाँको अवस्थाबारे जानकारी लिने, एजेन्टलाई रोक्न आफैं गाउँमा गएर रोजगारीमा जान चाहने युवाहरुलाई सुसूचित गराउने र रोजगारीमा जाने प्रक्रियामा उनीहरुले के–कस्तो अवस्था झेल्नुप¥यो भनेर सुझाव लिने गरेको जनाइएको छ । 

सन् २०२३ मा आइओएमले यस म्यानपावरलाई आइरिस प्रमाणीकरणका लागि सिफारिस गरेको थियो । संस्थाको गहन र विस्तृत लेखापरीक्षणपश्चात् प्रमाणीकरण दिएको हो । अस्वस्थ प्रतिस्पर्धाबाट बाहिर निस्किएर यो अभ्यासलाई अन्य व्यवसायीले पनि अवलम्बन गर्नुपर्ने सञ्चालन राईको धारणा छ । ‘विगतमा अन्तर्राष्ट्रिय मञ्चमा जाँदा म्यानपावर व्यवसायी हुँ भन्न लाज लाग्थ्यो । अहिले इथिकल रिक्रुटमेन्टको अभ्यासपश्चात् जुनसुकै फोरममा पनि यो व्यवसाय गर्छु भन्दा गर्व महसुस हुन्छ,’ उनले भने ।

 

 


प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  ०९:५६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ शुक्रबार, पुस ४, २०८२
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने शुक्रबार, पुस ४, २०८२
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न बिहीबार, पुस ३, २०८२
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो बुधबार, पुस २, २०८२
साताव्यापी कार्यक्रमसहित मनाइँदै अन्तर्राष्ट्रिय आप्रवासन दिवस
साताव्यापी कार्यक्रमसहित मनाइँदै अन्तर्राष्ट्रिय आप्रवासन दिवस बुधबार, पुस २, २०८२
यूके पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
यूके पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मंगलबार, पुस १, २०८२
कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ मंगलबार, पुस १, २०८२
लोकप्रिय
  • Week
  • Month
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP