Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विकास तामाङ
  • #नेकपा एमाले
  • #आदिवासी जनजाति क्लस्टरबाट अइन्द्रसुन्दर नेम्बाङ र आदिवासी जनजाति महिला क्लस्टरबाट भूमिका सुब्बा तथा आशारत्न जबेगु
  • #फोनिज
  • #गगनकुमार थापा
  • #एमाले महाधिवेशन
  • #नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेश
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #टेलिग्राम
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ २६, २०८२

 

  • स्वास्थ्य परीक्षणको सूची र संस्थालाई आवश्यक मापदण्ड सार्वजनिक
  • सबै गन्तव्य मुलुकका लागि अनिवार्यरुपमा रगतको परीक्षणबाट हेमोग्लोबिन, टिएलसी, डिएलसी, प्लेटलेट्स् र इएसआरको जाँच गरिने

काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७२ संशोधन गरेको छ । मन्त्रालयले आइतबार सूचना जारी गर्दै कार्यविधिको दफा ११(छ) र अनुसूची–१ मा संशोधन गरिएको जानकारी दिएको हो । 

मन्त्रालयले श्रमिकले गर्नुपर्ने स्वास्थ्य परीक्षणको सूची र स्वास्थ्य परीक्षण गर्ने संस्थाले पूरा गर्नुपर्ने मापदण्डको विषय सार्वजनिक गरेको छ । मन्त्रालयले दफा ११ (छ)मा व्यवस्था गरेबमोजिम वैदेशिक रोजगारीमा जाने श्रमिकले गन्तव्य मुलुकको मापदण्डअनुसार आफ्नो विगतको स्वास्थ्य र शारीरिक अवस्थाको विस्तृत परीक्षण गर्नुपर्ने हुन्छ । श्रमिकको विगतको स्वास्थ्य अवस्था जाँचअन्तर्गत डाइबेटिज मेलिटस (मधुमेह), उच्च रक्तचाप, पल्मोनरी क्षयरोग, मुटु तथा मिर्गौलाको समस्या, श्वासप्रश्वाससम्बन्धी रोग, पेप्टिक अल्सर, छारेरोग र क्यान्सर भएको छ÷छैन भनेर हेरिन्छ । त्यसैगरी व्यक्तिको सर्जिकल हिस्ट्री, लागुऔषध, सामाजिक–सांस्कृतिक र पारिवारिक इतिहाससमेतको जाँच गरिने भएको छ ।

Hardik health

सूचनाका अनुसार सबै गन्तव्य मुलुकका लागि अनिवार्यरुपमा रगतको परीक्षणबाट हेमोग्लोबिन, टिएलसी, डिएलसी, प्लेटलेट्स् र इएसआरको जाँच गरिने भएको छ । त्यसैगरी क्षयरोग, मिर्गौला, इलेक्ट्रोलाइट्स्, कलेजो, दुवै प्रकारका एचआइभीको परीक्षण, हेपाटाइटिस, मलेरिया, फिलेरिया, यौनजन्य रोग, पिसाबको जाँच, लिपिड, थाइराइडलगायत जाँच गर्नुपर्ने भएको छ ।

मन्त्रालयका अनुसार जिसिसी, मलेसिया, संयुक्त अरब इमिरेट्स र युरोपियन मुलुकको परीक्षणको सम्बन्धित मुलुकको आवश्यकताका आधारमा गर्नुपर्छ । चिकित्सकको सल्लाहबमोजिम व्यवसायसँग सम्बन्धित रोगको परीक्षण गराउनुपर्ने भएको छ । जसअन्तर्गत स्वासप्रश्वास, छाला, मांसपेशी तथा हड्डीसँग सम्बन्धित समस्या र संक्रामक रोगसम्बन्धी जाँच रहेको छ । चिकित्सकले आवश्यक ठानेमा उमेरसँग सम्बन्धित मधुमेह, मुटु, क्यान्सर, हाडजोर्नीजस्ता समस्याको परीक्षण गराउनुपर्छ । प्रजनन उमेर समूहका महिलाको गर्भावस्था परीक्षण गरिने छ । 

मन्त्रालयले स्वास्थ्य परीक्षण गर्ने संस्थाको अनुगमन फाराम पनि सार्वजनिक गरेको छ । अनुगमनकर्ताले संस्थाको रेडियोलोजी डिपार्टमेन्ट, प्याथोलोजी डिपार्टमेमेन्ट, केमिकल तथा रिएजेन्ट, मानव संसाधन व्यवास्थापन, भौतिक संरचना र सुविधाहरु र परीक्षण कक्ष गरी छ वटा विधामा आधारित भएर अनुगमन गर्ने जनाइएको छ । यी विभिन्न फाँटमा कतिवटा उपकरण छन् या छैनन्, भएका उपकरणको अवस्था कस्तो छ भनेर परीक्षण गरिएपछि सम्पूर्ण विवरण राखिन्छ ।

मन्त्रालयका अनुसार प्रयोगशालामा परीक्षणसम्बन्धी सञ्चालन प्रक्रिया (एसओपी), आन्तरिक र बाह्य गुणस्तर मूल्यांकन अभिलेख, रेफ्रिजेरेटरको दैनिक तापक्रम मापन गरेको अभिलेख, मेसिनरी औजार मर्मत सम्हार गरेको अभिलेख अनिवार्यरुपमा राख्नुपर्ने छ । यसका साथै मेसिनरी औजार खरिद गरेको, मेसिनरी औजार संस्थाको नाममा रहेको अभिलेख र वैदेशिक रोजगारीमा गएको श्रमिकको स्वस्थ्य परीक्षणसम्बन्धी रिपोर्ट पनि राख्नुपर्छ । मन्त्रालयका अनुसार महिला कामदारको पाठेघरको रोकथामसम्बन्धी निर्देशिका, २०७९ अनुसार स्क्रिनिङ गरेको विवरणको अभिलेखसमेत राख्नुपर्छ । 

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणलाई व्यवस्थित बनाउन भन्दै तोकिएको मापद्दण्ड पूरा गर्न व्यवसायीलाई सरकारले आह्वान गरिसकेको छ । मन्त्रालयले गत चैत १५ गतेको सूचनामा दुई महिनाभित्र आवश्यक पूर्वाधारको व्यवस्था गर्न भनेको थियो । अब स्वास्थ्य संस्थाले कार्यविधिमा तोकिएबमोजिमको मापदण्ड तयार पारी मन्त्रालयबाट निरीक्षण गराउनपर्ने छ । मापदण्ड पूरा नगर्ने स्वास्थ्य संस्था खारेज गर्ने मन्त्रालयको भनिसकेको छ । मापदण्ड पूरा गरेपश्चात् रोजगारीमा जाने श्रमिकले ३४ प्रकारका परीक्षण गराउनुपर्ने छ । यसबापतको शुल्क नौ हजार ५०० रुपैयाँ लाग्ने जनाइएको छ ।


प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  १०:०२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ शुक्रबार, पुस ४, २०८२
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने शुक्रबार, पुस ४, २०८२
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न बिहीबार, पुस ३, २०८२
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो बुधबार, पुस २, २०८२
साताव्यापी कार्यक्रमसहित मनाइँदै अन्तर्राष्ट्रिय आप्रवासन दिवस
साताव्यापी कार्यक्रमसहित मनाइँदै अन्तर्राष्ट्रिय आप्रवासन दिवस बुधबार, पुस २, २०८२
यूके पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
यूके पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मंगलबार, पुस १, २०८२
कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ मंगलबार, पुस १, २०८२
लोकप्रिय
  • Week
  • Month
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP