Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #ट्रक_यातायात
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #संविधान_दिवस
  • #गिद्ध
  • #अपहरण
Search Here
साहित्य
  • Home
  • साहित्य
  • एकैसाथ पाँच चाम्लिङ पुस्तक लोकार्पण
एकैसाथ पाँच चाम्लिङ पुस्तक लोकार्पण
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ २५, २०८२

काठमाडौं -  उदयपुरे चाम्लिङ राई समाजको आयोजनामा एकैसाथ पाँच पुस्तक लोकार्पण भएको छ । नेपाली साहित्य क्षेत्रमा लामो समयदेखि अनवरत रुपमा कलम चलाउदै आएका लेखक, स्रष्टाहरुको पाँच पुस्तक/कृतिहरु एकैसाथ लोकार्पण भएको हो । 

पुस्तक/कृतिहरुमा विजय बलम्तालीद्वारा लिखित ‘चाम्लिङ सामान्य ज्ञान’, शान्ता राईको ‘खोजी’ गजलसङ्ग्रह, अधिवक्ता शान्तिकृमारी राईको ‘रोडुङ–ट्या ’ (रिसिया), ‘हिंसा’ (कवितासङ्ग्रह) र आनन्दकला राईको ‘तुदी’ (चाम्लिङ भाषामा गजलसङ्ग्रह)  रहेका छन् । 

जेठ २४ गते सम्पन्न भएको लेखक, स्रष्टाहरुको पुस्तक/कृतिहरु लोकार्पणपछि आ–आफ्नो पुस्तक र कृतिमाथि स्रष्टा आफूहरुले नै प्रकाश पारेका थिए, कसैको पुस्तक र कृतिमाथि टिप्पणीकार तथा समीक्षक भने देखिएको थिएन । पाठकसामु पुस्तक, कृतिहरु पुर्याउन सहयोग गरेकोमा उदयपुरे चाम्लिङ राई समाजलाई लेखक, स्रष्टाले धन्यवाद ज्ञापन दिए । 

chamling-5-booklr-1749365806.jpg
उक्त कार्यक्रमको अवसरमा उदयपुरे चाम्लिङ राई समाजलाई एकथान ढोल र झ्याम्टा उपलब्ध गराउने  समाजसेवी पदम बहादुर राईको सामाजिक भावनालाई कदर गर्दै प्रमुख अतिथिद्वारा किरात समुदायको सम्मानित फेटा गुथेर कदरपत्र स–सम्मान प्रदान गरेको थियो ।

Hardik health

पुस्तक लोकार्पण समारोहका प्रमुख अतिथि ‘चाम्लिङ राई खाम्बातिम’का अध्यक्ष युवराज राईले नेपाली साहित्य क्षेत्र तथा चाम्लिङ भाषामा कृति प्रकाशन हुनु एउटा इट्टा थपिनु हो । लेखक, स्रष्टाहरुलाई शुभकामना र धन्यवाद दिँदै आगामी दिनमा यसरी नै नयाँ सृजना लिएर आफ्नो भाषा, कला संस्कृतिको संरक्षण र समुदायको उत्थान कार्यमा लागि पर्न समेत आग्रह गरेका थिए ।

सो समारोका विशेष अतिथि टंक बहादुर राईले आफ्नो मौलिक भाषिक साहित्यले समुदायको पहिचान झल्काउन मद्दत पुग्ने उल्लेख गरे । यसैगरी आदिवासी किरात समाजका उपाध्यक्ष बमबहादुर राई, संस्थापक अध्यक्ष दिपक गोर्खाली राई, लेखक उत्तर कुमार राई, कालिसका अध्यक्ष काजीबहादुर राई, हौवा अनलाइन टिभीका जिवनजित राई लगायतले लेखक, स्रष्टाहरुलाई शुभकामना दिए।

chamling-5-booksbimo-1749365810.jpg
उदयपुरे चाम्लिङ राई समाजको अध्यक्ष रविकुमार राई अध्यक्षतामा सम्पन्न भएको पुस्तक लोकार्पण समारोहमा भने “हाम्रो संस्थाको उद्देश्य नै भाषा, कला, संस्कृतिको संरक्षण र लेख रचनाको प्रर्वधन गर्ने रहेकोले आफ्नो कर्तव्य ठानी एकैसाथ पाँच वटा कृतिहरुलाई लोकार्पण गरेको हो, लेखक, स्रष्टाहरुप्रति हाम्रो सँधै सम्मान रहनेछ,  हामीजस्तो अवस्थामा पनि लेखक, स्रष्टाले चाहेको कुरा नकार्न सक्दैनौ, यहाँहरुको साथ र सहयोगको लागि हामी जस्तोसुकै समयमा पनि संस्थाको तर्फबाट साथ र सहयोग रहने प्रतिबद्ध छौँ ।”

स्रष्टा, सर्जक, लेखक, प्रमुख अतिथि, विशेष अतिथि र सबै शुभचिन्तक सहभागीहरुको उपस्थितिले कार्यक्रम सफल भएकोमा अध्यक्ष राईले खुशी व्यक्त गर्दै सम्पूर्णलाई धन्यवाद दिएका थिए । 

chamling-5-booksbim-1749365808.jpg
उक्त समारोहमा उक्त समारोहमा उदयपुरे चाम्लिङ राई समाजको अध्यक्ष रविकुमार राई सभापतित्वमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि किरात राई चाम्लिङ खाम्बातिमका अध्यक्ष युवराज राई, विशेष अतिथिहरुमा आदिबासी किरात समाजका उपाध्यक्ष बमबहादुर राई, किरात विद्वान टंक राई, दिपेन्द्र राई, अतिथिहरुमा अधिवक्ता शान्ती कुमारी राई (संस्थाका कानुनी सल्लाहकार तथा अध्यक्ष, उदयपुरे चाम्लिङला छाम्पातिम), दिपक ‘गोर्खाली’, लिलमराज राई, पदम बहादुर राई, लालसरा राई, राजकुमार राई, जीवनजीत राई, विक्रम चेतनशील राई, रजिन राई समेतको उपस्थिति रहेको थियो भने यस कार्यक्रमको सञ्चालन उदयपुरे चाम्लिङ राई समाजका सचिव रोजन राईले गरेका थिए । 
 


प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  १२:४४
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
श्रमसम्बन्धी केही महत्त्वपूर्ण फैसलाको सङ्ग्रह (भाग-३)’ विमोचन
श्रमसम्बन्धी केही महत्त्वपूर्ण फैसलाको सङ्ग्रह (भाग-३)’ विमोचन आइतबार, भदौ २२, २०८२
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न मंगलबार, भदौ १७, २०८२
यस वर्षको बिपी साहित्य पुरस्कार श्रष्टा डा शर्मालाई
यस वर्षको बिपी साहित्य पुरस्कार श्रष्टा डा शर्मालाई मंगलबार, भदौ १७, २०८२
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण आइतबार, भदौ १५, २०८२
‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ शीर्षकमा कविता प्रतियोगिता आयोजना हुँदै
‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ शीर्षकमा कविता प्रतियोगिता आयोजना हुँदै बुधबार, भदौ ११, २०८२
बेलायती अर्थशास्त्री इमन् बट्लरको किताब नेपालीमा, विराटनगरमा विमोचन
बेलायती अर्थशास्त्री इमन् बट्लरको किताब नेपालीमा, विराटनगरमा विमोचन शनिबार, साउन ३, २०८२
प्राडा श्रेष्ठका ‘अकथ्यको प्रतिध्वनि’ र ‘आफूलाई भुलाई’ सार्वजनिकीकरण
प्राडा श्रेष्ठका ‘अकथ्यको प्रतिध्वनि’ र ‘आफूलाई भुलाई’ सार्वजनिकीकरण आइतबार, असार २९, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP