काठमाडौं - स्थानीय बजारमा आज सुनको चाँदीको मूल्य घटेकाे छ ।आज सुनकोमूल्य तीन हजारले घटेकाे छ ।
आज एक तोला सुनको मूल्य रु एक लाख ९० हजार ७०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे हाे ।
शुक्रबार एक तोला सुनको मूल्य रु एक लाख ९३ हजार ७०० कायम भएको थियाे।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला चाँदीको मूल्य पाँच रूपैँयाले घटेर एक तोला चाँदीको मूल्य रु दुई हजार १४५ निर्धारण भएको छ ।शुक्रबार एक तोला चाँदीको मूल्य रु दुई हजार १५० निर्धारण भएको थियाे ।