Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विकास तामाङ
  • #नेकपा एमाले
  • #आदिवासी जनजाति क्लस्टरबाट अइन्द्रसुन्दर नेम्बाङ र आदिवासी जनजाति महिला क्लस्टरबाट भूमिका सुब्बा तथा आशारत्न जबेगु
  • #फोनिज
  • #गगनकुमार थापा
  • #एमाले महाधिवेशन
  • #नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेश
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #टेलिग्राम
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • रोजगारीको नाममा ‘अनलाइन स्क्यामिङ’मा लगाइएका तीन जनाको उद्धार
रोजगारीको नाममा ‘अनलाइन स्क्यामिङ’मा लगाइएका तीन जनाको उद्धार
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ २२, २०८२
  • थाइल्याण्डस्थित नेपाली राजदूतावासले म्यानमारबाट उद्धार गरी तीन जना पुरुषलाई नेपाल पठाएको जानकारी
  • सन् २०२५ यता अनलाइन स्क्यामिङमा लगाइएका २४ जना पुरुष र दुई जना महिलाको उद्धार
  • कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्डमा लगेर अनलाइन स्क्यामिङ कार्यमा लगाउने गिरोह सक्रिय
  • छिटो पैसा कमाउने प्रलोभनमा परी यी देशमा नआउन दूतावासको आग्रह

काठमाडौं– ‘अनलाइन स्क्यामिङ’ कार्यमा लगाइएका तीन जना नेपालीलाई म्यानमारबाट उद्धार गरी नेपाल फर्काइएको छ । थाइल्याण्डस्थित नेपाली राजदूतावासले थाइल्याण्ड सरकारको सहयोगमा तीन जना पुरुषलाई नेपाल फर्काइएको जनाएको छ । उनीहरुलाई म्यानमारको मेवाडीबाट उद्धार गरी थाइल्याण्डको बैंककहुँदै बुधबार काठमाडौं पठाइएको हो ।

दूतावासले सूचना जारी गर्दै तोकिएको मापदण्ड पूरा गरेर मात्र रोजगारीमा जानका लागि सचेत गराएको छ । साथै, आकर्षक तलबको प्रलोभनमा नपर्नसमेत आग्रह गरेको छ । ‘नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो पैसा कमाउने हेतुले कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्डलगायत देशमा नआउनका लागि राजदूतावास सबैमा अनुरोध गर्दछ,’ सूचनामा भनिएको छ । 

दूतावासले सन् २०२५ यता अनलाइन स्क्यामिङमा लगाइएका २४ जना पुरुष र दुई जना महिला गरी २६ जना नेपाली नागरिकलाई उद्धार गरेर स्वदेश पठाइएको जनाएको छ । यस अवधिमा अन्य मुलुक पठाइदिने नाममा अलपत्र पारिएकालाई पनि दूतावासले उद्धार गरी पठाइदिएको उल्लेख गरेको छ । गत माघ ४ गते लाओसको गोल्डेन ट्रांगलमा गैरकानुनी काममा लगाइएका एक जनाको उद्धार गरेको थियो ।

Hardik health

फागुन २३ गते आकर्षक रोजगारीको प्रलोभनमा पारी पलाउ भन्ने मुलुक पठाइदिने नाममा अलपत्र पारिएका २० जनालाई नेपाल फर्काइएको थियो । उनीहरुलाई बिचौलियाले भारतको दिल्लीहुँदै थाइल्याण्ड लगेर छोडेको भेटिएको थियो । क्यानडाको भिसा लगाइदिने भन्दै थाइल्याण्डमा छोडिएका पाँच जनाको गत चैत १५ गते दूतावासले उद्धार गरेको थियो । उनीहरुको राहदानी आफैंसँग लगेर बिचौलिया फरार भएको थियो । त्यस्तै, लामो समयदेखि अलपत्र पारिएका दुई जनाको गत जेठ ९ गते उद्धार गरिएको थियो । 

रोजगारीको प्रलोभन देखाएर नेपाली युवाहरुलाई अनलाइन स्क्यामिङ, अनलाइन जुवा, कल सेण्टर, क्रिप्टोकरेन्सी ठगीलगायतका काममा शंकास्पद आइटी कम्पनीहरुले लग्ने विगतदेखिको समस्या रोकिएको छैन । रोजगारीको प्रलोभन देखाएर विशेषगरी सामाजिक सञ्जालमार्फत विज्ञापन गर्ने गरेको दूतावासले जनाउँदै आएको छ । रोजगारीको खोजीमा रहेका युवाहरुलाई नेपाल सरकारले निषेध गरेका कार्यका लागि विशेषगरी थाइल्याण्ड, भियतनाम, लाओस, कम्बोडियालगायत मुलुकमा लगेर बन्दी बनाएर काम लगाउने गरेका घटना विगतमा पनि सार्वजनिक भइसकेका छन् । यस्ता निषेधित काममा रोजगारीमा नआउन दूतावासले पटक–पटक आग्रह गर्दै आएको छ ।

दूतावासका अनुसार नेपालीहरु पर्यटक भिजामा यी मुलुकमा पुग्ने गरेका छन् । वैदेशिक रोजगारीको प्रयोजनमा भिजिट भिसाको प्रयोग गर्दा समस्या निम्तिएको भन्दै यसप्रति सजग हुन दूतावासले आग्रह गर्दै आएको छ । उल्लिखित मुलुकहरुमा रोजगारीमा जानुअघि सम्बन्धित रोजगारदाता र कम्पनीको बारेमा जानकारी लिएर मात्र जान गत पुसमा परराष्ट्र मन्त्रालयलेसमेत सजग गराएको थियो । तर गैरकानुनी रुपमा थाइल्याण्ड जाने क्रम रोकिएको छैन ।

म्यानमार, लाओस, भियतनाम र कम्बोडिया अनलाइन स्क्यामिङका ठूलो धन्दा सञ्चालित मुलुकमध्येमा पर्छन् । भौगोलिकरुपमा यी सबै मुलकको बीचमा थाइल्याण्ड पर्छ । थाइल्याण्डको अर्थतन्त्रको प्रमुख स्रोतमध्येमा पर्यटन रहेको छ । पर्यटकको आवागमन बाक्लो हुने भएकाले छिमेकी मुलुकमा गैरकानुनी धन्दा चलाउँदै आएका गिरोह र सोझासाझा युवाहरुलाई रोजगारीको प्रलोभन देखाउने बिचौलियाले थाइल्याण्डलाई सुरक्षित सेल्टरको रुपमा प्रयोग गरेको पाइएको छ । यो ठगीको जालोलाई भत्काउन पछिल्लो समय थाई सरकारले चीन, संयुक्त राज्य अमेरिका र युरोपसँग अन्तर्राष्ट्रिय कानुनका विभिन्न पक्षमा काम गर्न थालेको जनाएको छ ।


 


प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  ०९:५७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ शुक्रबार, पुस ४, २०८२
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने शुक्रबार, पुस ४, २०८२
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न बिहीबार, पुस ३, २०८२
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो बुधबार, पुस २, २०८२
साताव्यापी कार्यक्रमसहित मनाइँदै अन्तर्राष्ट्रिय आप्रवासन दिवस
साताव्यापी कार्यक्रमसहित मनाइँदै अन्तर्राष्ट्रिय आप्रवासन दिवस बुधबार, पुस २, २०८२
यूके पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
यूके पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मंगलबार, पुस १, २०८२
कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ मंगलबार, पुस १, २०८२
लोकप्रिय
  • Week
  • Month
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP