Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विकास तामाङ
  • #नेकपा एमाले
  • #आदिवासी जनजाति क्लस्टरबाट अइन्द्रसुन्दर नेम्बाङ र आदिवासी जनजाति महिला क्लस्टरबाट भूमिका सुब्बा तथा आशारत्न जबेगु
  • #फोनिज
  • #गगनकुमार थापा
  • #एमाले महाधिवेशन
  • #नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेश
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #टेलिग्राम
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगारीको नाममा व्यक्तिगत ठगी बढ्दो
१० महिनामै ४३ सय ठगीका घटना वैदेशिक रोजगारीको नाममा व्यक्तिगत ठगी बढ्दो
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ २०, २०८२

काठमाडौं– पछिल्लो समय वैदेशिक रोजगारीमा पठाइदिने नाममा व्यक्तिगत ठगीका घटना बढेको पाइएको छ । चालु आर्थिक वर्षको १० महिनामा वैदेशिक रोजगार विभागमा व्यक्तिगत ठगीका चार हजार ३०१ वटा उजुरी परेका छन् । विभागमा दर्ता भएका उजुरीमध्ये ४२२ वटा मेलमिलापमार्फत टुंग्याइएको विभागले जनाएको छ । विभागका अनुसार १६६ वटा घटना अदालतसम्म पुगेको छ । बाँकी तीन हजार ७१३ वटा अर्थात् ८६ प्रतिशतभन्दा बढी उजुरी विभागमा त्यसै थन्किएका छन् । 

ठगी गर्ने व्यक्ति मोटो रकम लिएर विदेशमासमेत लुक्ने गर्दा कारबाही गर्ने विषय चुनौतीपूर्ण बन्दै गएको विभागको भनाइ छ । पछिल्लो समय युरोपका मुलुकमा पठाइदिने नाममा हुने ठगी बढ्दो छ । बेरोजगारीको मारमा परेका युवाहरु युरोप जान पाइने लोभमा ठगिने गरेका छन् । केही महिनाअघि मात्र बानेश्वरमा रहेको सबकुरा प्रालिले ७०० जना, ललितपुरको इटुडब्ल्यू नामक कन्सल्टेन्सीले ७०० जना, शान्तिनगरको कार्की कन्सरटेन्सीले ३०० जना, महाराजगञ्जको ब्राइट ड्रिमले ७०० जनाबाट करोडौं उठाएर सञ्चालक फरार भएका थिए । करोडौं कुम्ल्याएर फरार रहेकालाई सरकारले कारबाहीको दायरामा ल्याउन सकेको छैन ।

चालु आर्थिक वर्षको माघयता विभागमा व्यक्तिगत ठगीका उजुरीको संख्या बढेको तथ्यांक छ । चालु आवको साउनमा ४५९ वटा, भदौमा ३५३, असोजमा १९७, कात्तिकमा २४४, मंसिरमा ३१६, पुसमा ४५५, माघमा ५०५, फागुनमा ६२६, चैतमा ५६५ र वैशाखमा ५८१ वटा उजुरी विभागमा दर्ता भएका छन् । यस अवधिमा पीडितले क्षतिपूर्तिबापत ३० करोड ३८ लाख ९९ हजार रुपैयाँ पाएका छन् । अघिल्लो आर्थिक वर्षको १२ महिनामा व्यक्तिगत ठगीसँग सम्बन्धित दुई हजार ९१६ वटा उजुरी विभागमा परेका थिए ।

व्यक्तिगत ठगीको तुलनामा संस्थागत उजुरीको संख्या कम भए पनि गत आर्थिक वर्षको तुलनामा बढेको पाइएको छ । संस्थागत ठगीतर्फ गत आवको १२ महिनामा एक हजार ४४२ उजुरी परेकामा चालु आवको १० महिनामै एक हजार ५२२ वटा उजुरी परेका छन् । यस्ता उजुरीहरु विशेषगरी सम्झौताअनुसारको सेवा सुविधा नपाएको, उद्धार र राहतसँग सम्बन्धित हुने गरेका छन् । साउनदेखि वैशाखसम्म ३५ प्रतिशतभन्दा बढी अर्थात् ५३३ वटा उजुरीमाथि मिलापत्र भएको विभागले जनाएको छ । मिलापत्रमार्फत पीडितहरुलाई छ करोड छ लाख १० हजार रुपैयाँ बराबर क्षतिपूर्ति दिलाइएको विभागको भनाइ छ । 

Hardik health

विभागमा ठगीका उजुरीको संख्या बर्सेनि बढेको बढ्यै छ । म्यानपावर तथा कन्सलटेन्सीपीडित युवाहरुले ४० हजारभन्दा बढी ठगीका घटना विभागमा थन्किएर बसेको दाबी गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलेसमेत वैदेशिक रोजगारसँग सम्बन्धित ठगीका घटना ३६ हजारभन्दा बढी रहेको बताउँदै आएका छन् । यता विभागले भने धेरै पुराना ठगीका घटनाको तथ्यांक नभएको बताएको छ । कतिपय ठगीका घटनामा पीडितहरुले न्याय पाइसकेपछि विभागमा जानकारी गराउन नआउने भएकाले भएका ठगीमध्ये कतिले न्याय पाए÷पाएनन् भन्ने तथ्यांक राख्न सम्भव नभएको विभागका एक अधिकारीले बताए । 

अनुसन्धान प्रणालीलाई विकेन्द्रिकृत गर्ने तयारी 
विभागका महानिर्देशक कमलप्रसाद भट्टराई विभागमा स्थापनाकालदेखिका मुद्दासमेत रहेको बताउँछन् । ‘विभाग स्थापना भएको करिब १७ वर्ष भइसकेको छ । त्यस बेलादेखिका मुद्दासमेत छन् । कतिपय पुराना मुद्दाको अहिलेसम्म न्याय निरुपण नहुँदा औचित्य समाप्त भइसकेको पनि हुन्छ । यस्ता केसहरुको छानबिनमा पहल गरिरहेका छौं,’ महानिर्देशक भट्टराईले भने, ‘मुद्दा शाखालाई व्यवस्थित गर्न काम अगाडि बढाइसकिएको छ । सुरुमा म्यानुअल्ली व्यवस्थित गर्छौं र दोस्रो चरणमा आइटी सिस्टममा अपलोड गर्छौं । त्यसपछि प्राथमिकताका आधारमा फस्र्योट गर्दै जान्छौं ।’

मुद्दाको चाङलाई न्यूनीकरण गर्न अनुसन्धान र अभियोजनको प्रणालीलाई विकेन्द्रिकृत गरेर जाने उनले बताए । ऐन कानुनमा प्रतिकूल नहुनेगरी कसरी काम गर्न सकिन्छ भन्नेतर्फ काम थालिएको भट्टराईले बताए । ‘५० हजार, एक लाख ठगिँदा पनि उजुर गर्न काठमाडौं नै आउनुपर्ने अवस्था छ । यसले पीडितलाई थप पीडा दिँदै आएको छ,’ उनले भने, ‘अभियोजनलाई पनि विकेन्द्रित गरेर पीडितमाथि पर्दै आएको आर्थिक भार हटाउने काम हुन्छ ।’ झण्झटिलो प्रक्रियालाई सरल बनाउनेतर्फ विभाग केन्द्रित हुने उनको भनाइ छ । 
 

dataof-1748922454.jpg

चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा वैदेशिक रोजगार विभागमा दर्ता भएका व्यक्तिगत ठगीसम्बन्धी उजुरीको संख्या ।
स्रोतः वैदेशिक रोजगार विभाग 


 


प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  ०९:३५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ शुक्रबार, पुस ४, २०८२
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने शुक्रबार, पुस ४, २०८२
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न बिहीबार, पुस ३, २०८२
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो बुधबार, पुस २, २०८२
साताव्यापी कार्यक्रमसहित मनाइँदै अन्तर्राष्ट्रिय आप्रवासन दिवस
साताव्यापी कार्यक्रमसहित मनाइँदै अन्तर्राष्ट्रिय आप्रवासन दिवस बुधबार, पुस २, २०८२
यूके पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
यूके पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मंगलबार, पुस १, २०८२
कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ मंगलबार, पुस १, २०८२
लोकप्रिय
  • Week
  • Month
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP