काठमाडौं - सुनको मूल्य तोलामा एक हजारले बढेको छ ।
आज एक तोला सुनको मूल्य एक लाख ८९ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आइतबार एक तोला सुनको मूल्य एक लाख ८८ हजार ८०० कायम भएको थियाे ।
आज एक तोला चाँदी परिमाण रु ५ ले बढेको छ । आज एक तोला चाँदीको मूल्य एक हजार ९९० रूपैँयामा काराेबार भइरहेकाे छ । आइतबार चाँदीको एक तोला मोल रु एक हजार ९८५ निर्धारण भएको थियाे ।