Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विकास तामाङ
  • #नेकपा एमाले
  • #आदिवासी जनजाति क्लस्टरबाट अइन्द्रसुन्दर नेम्बाङ र आदिवासी जनजाति महिला क्लस्टरबाट भूमिका सुब्बा तथा आशारत्न जबेगु
  • #फोनिज
  • #गगनकुमार थापा
  • #एमाले महाधिवेशन
  • #नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेश
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #टेलिग्राम
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कोरियाले ‘रुट इण्डस्ट्री’को वेल्डिङमा ५० नेपाली लैजाने
कोरियाले ‘रुट इण्डस्ट्री’को वेल्डिङमा ५० नेपाली लैजाने
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ १९, २०८२
  •  इपिएस कोरिया शाखाद्वारा तालिमका लागि आवेदन आह्वान
  •  १२० घण्टाको वेल्डिङ र १२० घण्टाको कोरियन भाषा तालिम दिइने
  •  १८ देखि ३९ वर्ष उमेर भएका व्यक्तिले आवेदन दिन सक्ने
  •  न्यूनतम १२ कक्षा उत्तीर्णले मात्र तालिममा आवेदन दिन सकिने

काठमाडौं– दक्षिण कोरियाले ‘रुट इण्डस्ट्री’को वेल्डिङ क्षेत्रमा नेपाली श्रमिक लैजाने भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाले आइतबार तालिमका लागि आवेदन आह्वान गरेको छ । आवेदन फाराम आज सोमबारदेखि यही जेठ २३ गते शुक्रबारसम्म भर्न सकिने शाखाको सूचनामा उल्लेख छ । सूचनामा उल्लेख भएअनुसार तालिमपश्चात् छनोट भएका ५० जनाले रोजगारीका लागि कोरिया जाने अवसर पाउने छन् । आवेदनका अनलाइन फाराम भर्नुपर्ने जनाइएको छ ।

कोरियाले सन् २०२४ बाट नेपालीहरुलाई ‘रुट इण्डस्ट्री’मा लाग्न थालेको हो । उत्पादन क्षेत्रअन्तर्गत पर्ने यो क्षेत्रमा विशेषगरी धातुसँग सम्बन्धित काम गरिन्छ । त्यहाँ धातुलाई पगाल्ने र विभिन्न आकार दिने काम हुन्छ । विभिन्न उपकारण बनाउन चाहिने अत्यावश्यक पार्टपुर्जा ‘रुट इण्डस्ट्री’ले तयार गर्छ । उच्च तापक्रममा फलामसँग काम गर्नुपर्ने भएकाले उत्पादनक्षेत्रका अन्य कामको तुलनामा रुट इण्डस्ट्रीको कामलाई गाह्रो मानिन्छ । 

यस क्षेत्रमा पनि नेपाल सरकार र कोरियन सरकारबीच भएको समझदारीपत्रअनुरुप इपिएस प्रणालीमार्फत श्रमिक लग्ने गरिन्छ । सूचनामा जनाएअनुसार १८ वर्ष पूरा भइ ३९ वर्ष ननाघेका व्यक्तिले आवेदन दिन सक्ने छन् । आवेदकले न्यूनतम १२ कक्षा पास गरेको र नेपाल या कोरियामा कम्तीमा एक महिनाको व्यावसायिक तालिम लिएको हुनुपर्ने छ ।

Hardik health

कसरी गरिन्छ छनोट ?
आवेदकले पेस गरेको कागजातको मूल्यांकन गरी उनीहरुलाई अंक प्रदान गरिन्छ । प्रदान गरिएको अंकभारका आधारमा तालिमका लागि छनोट गरिने जनाइएको छ । उदाहरणका लागि आवेदकको शैक्षिक योग्यता स्नातक तह उत्तीर्ण भए ३० अंक दिइन्छ र १२ कक्षामात्र पास गरेको भए २० अंक दिइन्छ । 

त्यस्तै, कोरियन भाषामा टोपिक लेभल पाँच या सोभन्दा माथिल्लो तह पास गरेको भए ३० अंक, लेभल फोरलाई २४, लेभल थ्रीलाई १८, लेभल टुलाई १२ र लेभल वानलाई छ अंक दिइन्छ । यसरी अनुभव, व्यावसायिक तालिम, भाषा परीक्षाको किसिमलगायत पाँच वटा शीर्षकका आधारमा अंक प्रदान गरेर उत्कृष्ट ५० जनालाई छनोट गरेर ‘सर्ट लिस्ट’ निकालिन्छ । नाम निस्किएकाहरु पुलिस रिपोर्ट र स्वास्थ्य परीक्षणमा पनि उत्तीर्ण हुनुपर्ने हुन्छ । त्यसपछि उनीहरुको अन्तर्वार्ता लिइन्छ । अन्तर्वार्तामा कोरियन भाषाको दक्षता, सम्बन्धित क्षेत्रको सीप, आचरणजस्ता मापदण्डको मूल्यांकन गरिन्छ । 

यसपटक बढिमा ५० जना छनोट गर्ने र त्यसपछिको उत्कृष्ट अंक ल्याउने सात जना वैकल्पिक उम्मेदवारको रुपमा छनोट गर्ने जनाइएको छ । छनोट भएका उम्मेदवारलाई रुपन्देहीको बुटवल, तामनगरस्थित कोरिया–नेपाल बहुप्राविधिक शिक्षालयमा १२० घण्टाको वेल्डिङ र १२० घण्टाको कोरियन भाषा तालिम दिइने छ । तालिममा कम्तीमा पनि ८० प्रतिशत उपस्थित भएको र सो क्रममा लिइएको परीक्षामा ६० प्रतिशतभन्दा बढी अंक प्राप्त गर्नुपर्ने प्रावधान रहेको छ ।

उक्त तालिमका लागि लाग्ने शुल्क भने व्यक्ति स्वयंले व्यहोर्नुपर्ने भनिएको छ । आवासीय सेवा नलिए न्यूनतम ५५ हजार ५०० रुपैयाँ शुल्क र आवासीय सेवा लिनुपरे न्यूनतम ८८ हजार रुपैयाँ तिर्नुपर्ने जनाइएको छ । तालिममा सफल भएर रोस्टरमा नाम निस्किए पनि राजगारदाताको छनोटमा नपरेसम्म भने कोरिया जान पाउने सुनिश्चित नहुने इपिएस कोरिया शाखाले प्रस्ट पारेको छ ।

 


प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  ०९:३२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ शुक्रबार, पुस ४, २०८२
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने शुक्रबार, पुस ४, २०८२
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न बिहीबार, पुस ३, २०८२
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो बुधबार, पुस २, २०८२
साताव्यापी कार्यक्रमसहित मनाइँदै अन्तर्राष्ट्रिय आप्रवासन दिवस
साताव्यापी कार्यक्रमसहित मनाइँदै अन्तर्राष्ट्रिय आप्रवासन दिवस बुधबार, पुस २, २०८२
यूके पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
यूके पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मंगलबार, पुस १, २०८२
कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ मंगलबार, पुस १, २०८२
लोकप्रिय
  • Week
  • Month
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP