Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विकास तामाङ
  • #नेकपा एमाले
  • #आदिवासी जनजाति क्लस्टरबाट अइन्द्रसुन्दर नेम्बाङ र आदिवासी जनजाति महिला क्लस्टरबाट भूमिका सुब्बा तथा आशारत्न जबेगु
  • #फोनिज
  • #गगनकुमार थापा
  • #एमाले महाधिवेशन
  • #नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेश
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #टेलिग्राम
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • बोर्डले दिने सेवासुविधा लिनेको संख्या बढ्यो
बोर्डले दिने सेवासुविधा लिनेको संख्या बढ्यो
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ १८, २०८२

 

  • चालु आवको १० महिनामै गत आवकोभन्दा धेरैले लिए सेवा
  • श्रमिकहरुले बोर्डबाट पाइने विभिन्न सेवासुविधाको विषयमा जानकारी पाउन थालेकाले सेवा लिनेको संख्या बढेको बोर्डको भनाइ
  • बोर्डबाट श्रमिकका परिवारलाई औषधि उपचार खर्च, घातक रोग लागेमा उपचार खर्च उपलब्ध
  • रोजगारीमा गएका श्रमिकको मृत्यु, अंगभंग भए या गम्भीर प्रकृतिको रोग लागे कामदारको छोराछोरीलाई विद्यालयस्तरमा दिइन्छ छात्रवृत्ति


काठमाडौं– वैदेशिक रोजगार बोर्डले उपलब्ध गराउँदै आएका विभिन्न सेवासुविधा लिनेको संख्या बढेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा वैदेशिक रोजगारीमा गएका श्रमिकका ३०३ परिवारले औषधि उपचार खर्च पाएका छन् । जबकि, अघिल्लो आव २०८०/८१ को १२ महिनामा यस्तो खर्च २६५ जनाले मात्र लिएका थिए । 

पछिल्लो १० महिनामा उपचार खर्चबापत एक करोड १५ लाख रुपैयाँभन्दा बढी रकम वितरण गरेको बोर्डले जानकारी दिएको छ । रोजगारीमा गएका श्रमिकको परिवारलाई घातक रोग लागेमा बोर्डले उपचार खर्च उपलब्ध गराउँदै आएको छ । यस अवधिमा सबैभन्दा बढी संयुक्त अरब इमिरेट्स (युएई) गएका श्रमिकका परिवारले खर्च लिएका छन् । युएई गएकामध्ये ६० जनाको परिवारले सहयोग लिएको तथ्यांक छ । गत वैशाख महिनामामात्रै रोजगारीमा गएका श्रमिकको परिवारका ४७ जनाले यस्तो खर्च लिएका छन् । गत चैतमा भने २८ जनाले सहयोग लिएका थिए ।

Hardik health

रोजगारीमा गएका श्रमिकको करार अवधि बाँकी छँदै परिवारका सदस्य बिरामी परेमा बोर्डले आर्थिक सहायता दिन्छ । यसका लागि बिरामीले आर्थिक समस्या परेको निवेदन दिनुपर्छ । वि.सं. २०७३ मा ‘पारिवारिक स्वास्थ्य उपचार मापदण्ड, २०७३’ बनेपछि श्रमिकका परिवारले यस्तो सेवा पाउँदै आएका छन् । बोर्डले पाँचवटा घातक रोग लागेमा बढीमा ५० हजार रुपैयाँसम्मको आर्थिक सहायता उपलब्ध गराउँछ । क्यान्सर, अल्जाइमर, मुटुको शल्यक्रिया, मिर्गौला प्रत्यारोपण र पार्किन्सनजस्ता गम्भीर रोग लागेमा बिरामीले उपचार खर्च पाउँछन् । यस्तो खर्च एकपटक मात्र पाइने बोर्डले जानएको छ ।

त्यसैगरी गत १० महिनामा १७८ जनाको उद्धार तथा खोजतलास गरिएको बोर्डले जनाएको छ । विभिन्न मुलुकमा आर्थिक अभावले स्वदेश फिर्ता हुन नसकेका, कानुनी सजाय पाएका, दुर्घटना वा बिरामी परेकालगायत कारणले अलपत्र परेका श्रमिकको खोजी गरी बोर्डले उद्धार गर्दै आएको छ । गएको वैशाखमा २१ जनाको र चैतमा २६ जनाको उद्धार गरेको थियो । गत आव २०८०/८१ मा १८६ जनाको उद्धार तथा खोज गरिएको थियो ।

अघिल्लो वर्षको तुलनामा शव झिकाउने र ढुवानी गर्नेको संख्यामा पनि वृद्धि भएको छ । चालु आवको १० महिनामै बोर्डले रोजगारीका क्रममा मृत्यु भएका ७५ जनाको शव झिकाएको तथ्यांक छ । जबकि, गत आवमा ३०८ जनाको शव स्वदेश झिकाएकोे थियो । त्यसैगरी चालुमा ८६३ जनाको शव मृतकको घरसम्म ढुवानी गरिदिएको बोर्डले जनाएको छ । अघिल्लो आवमा ७७५ जना शव ढुवानी गरिदिएको थियो । चालु आवको वैशाखमा ३६ शव झिकाएको थियो भने ५८ शव ढुवानी गरिदिएको थियो । 

पछिल्लो समय वैदेशिक रोजगारीमा गएका श्रमिकको बालबालिकाले छात्रवृत्ति लिने क्रम पनि बढेको छ । अघिल्लो आवमा दुई हजार २३३ जनालाई छात्रवृत्ति दिइएको थियो । चालु आवको १० महिनामा तीन हजार २४५ जनालाई सन्तति छात्रवृति दिइएको बोर्डले जनाएको छ । रोजगारीमा गएको श्रमिकको मृत्यु, अंगभंग भए या गम्भीर प्रकृतिको रोग लागे कामदारको छोराछोरीलाई विद्यालयस्तरमा छात्रवृत्ति दिइन्छ । गत वैशाखमा ४० जना र चैतमा ४६ जनाले छात्रवृत्ति पाएका थिए । 

अघिल्लो आर्थिक वर्षमा तीन हजार ३१ जनाले टेलिमेडिसिन सेवा लिएका थिए । चालु आवको प्रत्येक महिनाका औसतमा ४०० जनाले सेवा लिइरहेका बोर्डले जनाएको छ । वैशाख महिनामा ४२९ जनाले यो सुविधाको उपभोग गरेका थिए भने चैतमा ४४५ जनाले सेवा लिएका तथ्यांक छ । श्रमिकहरुले बोर्डबाट पाइने विभिन्न सेवासुविधाको विषयमा जानकारी पाउन थालेकाले सेवा लिनेको संख्या बढेको बोर्डका अधिकारी बताउँछन् ।
 


प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  ०९:२९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ शुक्रबार, पुस ४, २०८२
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने शुक्रबार, पुस ४, २०८२
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न बिहीबार, पुस ३, २०८२
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो बुधबार, पुस २, २०८२
साताव्यापी कार्यक्रमसहित मनाइँदै अन्तर्राष्ट्रिय आप्रवासन दिवस
साताव्यापी कार्यक्रमसहित मनाइँदै अन्तर्राष्ट्रिय आप्रवासन दिवस बुधबार, पुस २, २०८२
यूके पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
यूके पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मंगलबार, पुस १, २०८२
कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ मंगलबार, पुस १, २०८२
लोकप्रिय
  • Week
  • Month
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP