Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विकास तामाङ
  • #नेकपा एमाले
  • #आदिवासी जनजाति क्लस्टरबाट अइन्द्रसुन्दर नेम्बाङ र आदिवासी जनजाति महिला क्लस्टरबाट भूमिका सुब्बा तथा आशारत्न जबेगु
  • #फोनिज
  • #गगनकुमार थापा
  • #एमाले महाधिवेशन
  • #नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेश
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #टेलिग्राम
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • आधाले घट्यो श्रम मन्त्रालयको बजेट
आधाले घट्यो श्रम मन्त्रालयको बजेट
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ १६, २०८२

 

  •  आगामी आवका लागि चार अर्ब २८ करोड रुपैयाँ विनियोजन 
  •  वैदेशिक रोजगारीबाट फर्किएकालाई सरल कर्जाको व्यवस्था
  •  विदेशमा संकटमा परे यथाशीघ्र उद्धार गरिने
  •  वैदेशिक रोजगारबाट फर्किएकालाई ‘श्रमिकबाट उद्यमी कार्यक्रम’ अन्तर्गत सहुलियतपूर्ण ऋण दिइने
  •  आन्तरिक रोजगारी प्रवद्र्धन सरकारको प्राथमिकतामा 
  •  बैंकिङ प्रणालीमार्फत रेमिट्यान्स पठाउन प्रोत्साहन गरिने
  •  गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सेयर कारोबार गर्न अनुमति दिने
  •  विदेशमा रहेका नेपाली नागरिकको हित, संरक्षणका लागि प्रभावकारी कूटनीतिक पहल गरिने

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बजेट आगामी आर्थिक वर्षमा करिब आधा घट्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसद्मा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३ को को बजेटमा श्रम मन्त्रालयलाई चालु आवको भन्दा आधामात्र बजेट विनियोजन गरेका हुन् ।

अर्थमन्त्रीले श्रम मन्त्रालयतर्फ चार अर्ब २८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए । जबकि, चालु आवमा यस मन्त्रालयको बजेट आठ अर्ब १० करोड रुपैयाँ रहेको छ । अर्थमन्त्री पौडेलले वैदेशिक रोजगारीमा जाने महिलाको कार्यस्थलको सुरक्षा र सेवा सुविधा सुनिश्चित हुनेगरी गन्तव्य मुलुकहरुसँग थप सम्झौता गरिने बताएका छन् । विदेशमा संकटमा परेका नेपालीलाई यथाशीघ्र उद्धारको प्रबन्ध मिलाइने विषय आगामी बजेटमा उल्लेख छ । वैदेशिक रोजगारीमा भएका नागरिकलाई बैंकिङ प्रणालीमार्फत रेमिट्यान्स पठाउन प्रोत्साहन गरिने, गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सेयर कारोबार गर्न अनुमति दिनेलगायत बजेटमा समेटिएका छन् । 

विदेशमा रहेका नेपाली नागरिकको हित, संरक्षणका लागि प्रभावकारी कूटनीतिक पहल गरिने बजेटमा उल्लेख छ । ‘गैरआवासीय नेपालीको ज्ञान, सीप, पुँजी, प्रविधि, सञ्जाल र पहुँचलाई राष्ट्रिय विकासमा उपयोग गरिने छ,’ अर्थमन्त्री पौडेलले भने । बजेटमा रोजगारीमा जाने श्रमिकको श्रम स्वीकृति सरल ढंगबाट प्रदान गर्ने र सबै प्रदेशबाट अनलाइन माध्यमबाट श्रमसम्बन्धी सेवा प्रदान गर्ने जनाइएको छ । वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको ज्ञान र सीपको सदुपयोग गर्ने विषयलाई पनि प्राथमिकता दिइएको छ ।

Hardik health

‘वैदेशिक रोजगारीबाट फर्किएका जनशक्तिको सीप, पुँजी र प्रविधिको उपयोग गरी स्वरोजगार प्रवद्र्धन र उत्पादन वृद्धि गर्न ‘श्रमिकबाट उद्यमी कार्यक्रम’ सञ्चालन गरिने छ । यसका लागि सहुलियतपूर्ण कर्जाको व्यवस्था गरेको छु,’ अर्थमन्त्री पौडेलले बजेट भाषणका क्रममा भने । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र उपलब्धिमूलक बनाउँदै श्रम गन्तव्यको विविधीकरण गरिनेसमेत मन्त्री पौडेलले बताए । श्रम कूटनीतिको माध्यमबाट थप मुलुकसँग द्विपक्षीय श्रम सम्झौता गरिने बजेटमा उल्लेख छ । 

आन्तरिक रोजगारी प्राथमिकतामा
आगामी बजेटमा आन्तरिक रोजगारीलाई विशेष प्राथमिकतामा राखिएको छ । बेरोजगारी समस्याको दिगो समाधान गर्न श्रम बजारको मागअनुरुप युवा जनशक्तिको सीप र दक्षता विकास गरिने अर्थमन्त्री पौडेलले बताए । सरकारले राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रम सञ्चालनका लागि एक अर्ब ९९ करोड विनियोजन गरेको छ । रोजगारीको खोजीमा रहेका सीपयुक्त व्यक्तिको विवरण अद्यावधिक गरी श्रमबजारमा जोड्न रोजगार पोर्टल सञ्चालन गरिने जनाइएको छ । 

त्यसैगरी मुलुकको श्रमबजारमा आवश्यक जनशक्तिको मागलाई पहिचान गरी विभिन्न कार्यक्रम गर्ने अर्थमन्त्रीले बताए । ‘जनशक्तिको स्वदेशी उद्योगको मागको आधारमा आवश्यक जनशक्ति उत्पादन गर्न पाठ्यक्रम परिमार्जन गरी ‘अन द जब’ तथा ‘एपरेन्टसिप’ कार्यक्रम सञ्चालन गरिने छ,’ उनले भने, ‘उद्योगका लागि आवश्यक पर्ने सीपयुक्त जनशक्ति आपूर्ति गर्न विश्वविद्यालय, प्राविधिक शिक्षालय र व्यावसायिक तालिम केन्द्रसँगको समन्वयमा प्राविधिक तथा व्यावसायिक तालिम सञ्चालन गरिने छ ।’ 

छ महिनाभन्दा कम अवधिका व्यावसायिक तथा सीप विकास तालिम राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान र प्रदेशस्तरबाट सञ्चालन गर्दै तालिमको गुणस्तर सुनिश्चित गर्न पाठ्यक्रम तथा प्रयोगात्मक शिक्षणको एकीकृत मापदण्ड लागू गरिने प्रस्तुत बजेटमा भनिएको छ । निजी क्षेत्रका छाता संघसंठनसँगको सहकार्यमा सबै प्रदेशमा रोजगार मेला सञ्चालन गरिने अर्थमन्त्रीले बताए । मर्यादित श्रम अभ्यास, असल श्रम सम्बन्ध र उत्पादकत्व अभिवृद्धि गर्दै श्रमिकको हक हितको सुरक्षा गरिने जनाइएको छ । आयआर्जन गर्ने व्यक्तिलाई योगदानमा आधारित समाजिक सुरक्षा कार्यक्रममा समेट्दै लगिने छ,’ अर्थमन्त्री पौडेलले भने, ‘छरिएर रहेका सामाजिक सुरक्षाका कार्यक्रमलाई एकीकृत गरी समन्वयात्मक, दिगो र व्यवस्थित बनाइने छ ।’

बजेट प्रस्तुत गर्ने क्रममा सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्न राष्ट्रिय परिचयपत्रलाई क्रमश अनिवार्य बनाइने बताइएको छ । संघिय सरकारबाट सञ्चालित सामाजिक सुरक्षाका कार्यक्रममा प्रदेश र स्थानीय तहबाट रकम थप गर्न र उस्तै प्रकृतिका कार्यक्रममार्फत दोहोरो सुविधा दिन नपाइने पनि अर्थमन्त्री पौडेलले बताए । सामाजिक सुरक्षा सुविधाको एकीकृत प्रतिवेदन प्रणाली विकास गर्दै सबै प्रकारका सामाजिक सुरक्षाभत्ताका लागि एक खर्ब नौ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।
 


प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  १०:३८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ शुक्रबार, पुस ४, २०८२
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने शुक्रबार, पुस ४, २०८२
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न बिहीबार, पुस ३, २०८२
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो बुधबार, पुस २, २०८२
साताव्यापी कार्यक्रमसहित मनाइँदै अन्तर्राष्ट्रिय आप्रवासन दिवस
साताव्यापी कार्यक्रमसहित मनाइँदै अन्तर्राष्ट्रिय आप्रवासन दिवस बुधबार, पुस २, २०८२
यूके पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
यूके पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मंगलबार, पुस १, २०८२
कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ मंगलबार, पुस १, २०८२
लोकप्रिय
  • Week
  • Month
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP