Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #सतिशकुमार_सिंह
  • #भोजपुर
  • #नारायणगढ–मुग्लिन सडक
  • #संविधान_दिवस
  • #अख्तियार_दुरुपयोग_अनुसन्धान_आयोग
Search Here
समाचार
  • Home
  • समाचार
  • डुबान हुन नदिन चोभारको खोचमा रहेका अवरोध हटाइने
डुबान हुन नदिन चोभारको खोचमा रहेका अवरोध हटाइने
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ १४, २०८२
Hardik health

काठमाडौं - सरकारले काठमाडौँ उपत्यकाको निकासका रूपमा रहेको चोभारको खोचस्थित बागमती नदीमा रहेका अवरोधहरू हटाउने भएको छ ।  गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले सहरी विकास मन्त्रालयको नेतृत्वमा नेपाली सेनामार्फत चोभार खोचमा भएका अवरोध हटाउने निर्णय गरेको हो ।
 
बैठकले गत वर्ष चोभारमा बागमती नदीको बहावमा केही अवरोध भएर तटीय क्षेत्रमा डुबान भएको निष्कर्ष निकाल्दै उक्त अवरोध हटाउने निर्णय गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले जानकारी दिए।
 
बैठकले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२’ स्वीकृत गरेको छ । जल तथा मौसम विज्ञान विभागले यसवर्षको मनसुन याममा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ । विभागका अनुसार यही जेठ १८ देखि असार १६ मा सरदरभन्दा बढी वर्षा हुनेछ, भने असार १७ देखि साउन १५ र साउन १६ देखि भदौ १५ सम्म वर्षा कम हुने सम्भावना छ ।
 
सो अवसरमा गहृमन्त्री लेखकले प्रतिकार्य राष्ट्रिय कार्ययोजनाअनुसार अहिलेदेखि नै काम थाल्न निर्देशन दिनुभएको कार्यकारी प्रमुख भट्टले जानकारी दिए। बैठकमा गृह, भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, नेपाली सेनाका उच्च अधिकृत, निजी क्षेत्रका प्रतिनिधि र विभिन्न मन्त्रालयका सहसचिवको सहभागिता थियो ।


प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १३:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘चोरी गरेका सामग्री तत्काल फिर्ता गर्नु’
‘चोरी गरेका सामग्री तत्काल फिर्ता गर्नु’ आइतबार, असोज ५, २०८२
मन्त्री छान्ने अलमलमै मन्त्री छान्ने अलमलमै  प्रधानमन्त्री कार्की
मन्त्री छान्ने अलमलमै मन्त्री छान्ने अलमलमै प्रधानमन्त्री कार्की आइतबार, असोज ५, २०८२
काठमाडौँ–ग्वाञ्जाओ सिधा उडान बिहीबारदेखि
काठमाडौँ–ग्वाञ्जाओ सिधा उडान बिहीबारदेखि आइतबार, असोज ५, २०८२
आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर
आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर आइतबार, असोज ५, २०८२
तीन मेसिनद्वारा तुइन खोलाको पहिरो पन्छाउने काम बिहानैदेखि सुरु
तीन मेसिनद्वारा तुइन खोलाको पहिरो पन्छाउने काम बिहानैदेखि सुरु आइतबार, असोज ५, २०८२
संघियताको सफल अभ्यास : समृद्ध यात्रामा भोजपुर
संघियताको सफल अभ्यास : समृद्ध यात्रामा भोजपुर शुक्रबार, असोज ३, २०८२
राष्ट्रिय एकता र संयमताका लागि पूर्वराष्ट्रपति डा यादवको आह्वान
राष्ट्रिय एकता र संयमताका लागि पूर्वराष्ट्रपति डा यादवको आह्वान शुक्रबार, असोज ३, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
दल विभाजनदेखि दल त्यागसम्म
दल विभाजनदेखि दल त्यागसम्म
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP