Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विकास तामाङ
  • #नेकपा एमाले
  • #आदिवासी जनजाति क्लस्टरबाट अइन्द्रसुन्दर नेम्बाङ र आदिवासी जनजाति महिला क्लस्टरबाट भूमिका सुब्बा तथा आशारत्न जबेगु
  • #फोनिज
  • #गगनकुमार थापा
  • #एमाले महाधिवेशन
  • #नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेश
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #टेलिग्राम
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • नेपाली श्रमिकलाई सम्मानजनक व्यवहार गर्न गन्तव्य मुलुकसँग आग्रह 
नेपाली श्रमिकलाई सम्मानजनक व्यवहार गर्न गन्तव्य मुलुकसँग आग्रह 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ १४, २०८२

काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम गर्न गएका नेपाली श्रमिकहरुलाई गन्तव्य मुलुकले दासको व्यवहार गर्न नपाउने बताएका छन् । मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, स्वीस सरकार र आइएलओको अन्तर्राष्ट्रिय तालिम केन्द्र (आइटिसी)द्वारा धुलिखेलमा आयोजित श्रम सम्झौताको विकास, सौदाबाजी र कार्यान्वयनसम्बन्धी आवासीय तालिमको उद्घाटन गर्दै श्रममन्त्री भण्डारीले वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकलाई गन्तव्य देशबाट सधैं सम्मानपूर्ण व्यवहारको अपेक्षा नेपालले राख्ने गरेको बताएका हुन् । 

‘आफ्नो देशमा श्रमशक्ति नभएपछि नेपालबाट श्रमिक लिएर जाने गरेको हो । नेपालबाट गएका श्रमिकले गन्तव्य देशको विकासमा ठूलो योगदान गरिरहेका छन् । यसलाई गन्तव्य देशहरुले पनि स्वीकादै आएका छन्,’ मन्त्री भण्डारीले भने । भण्डारीले गन्तव्य देशले श्रम गर्न गएका नेपाली श्रमिकहरुलाई त्यहाँका नागरिक सरह नै आधारभूत अधिकार पाउने हैसियत कायम गरिनुपर्ने बताए ।

‘त्यो देशको विकासमा योगदान गर्ने नेपाली श्रमिकलाई दाससरह व्यवहार गर्न पाइँदैन,’  उनले भने, ‘नेपाली श्रमिकले स्थानीय नागरिकसरह नै आधारभूत अधिकार पाउने हैसियत राख्दछन् । सम्मानजनक व्यवहार खोज्दछन् ।’नेपालले गन्तव्य देशसँग नेपाली श्रमिककोे न्यूनतम तलब, स्वास्थ्य सुरक्षा, बिमा, सामाजिक सुरक्षा, मर्यादित कार्यस्थल र न्यायोचित भर्ना प्रक्रियाको विषयलाई सम्बोधन हुनेगरी श्रम सम्झौता गरिरहेको पनि उनले बताए । मन्त्री भण्डारीले नेपाल सरकार सुरक्षित आप्रवासनका लागि काम गरिरहेको बताउँदै कुनै पनि श्रमिक घरबाट निस्केर गन्तव्य मुलुकसम्म पुगेपछि फर्किएर नआएसम्मका सबै चरणमा सुरक्षाको सुनिश्चित गर्ने विषयमा श्रम सम्झौता गर्नुपर्ने बताएका छन् ।

Hardik health

कार्यक्रममा श्रमसचिव डा. कृष्णहरि पुष्करले गन्तव्य देशसँग श्रम सम्झौता गर्दा अन्तर्राष्ट्रिय आधारभूत मानवअधिकारका विषयमा कुनै पनि सौदाबाजी गर्न नहुने विषयमा जोड दिएका थिए । ‘श्रमिकको सुरक्षा र हक दिलाउने विषयमा विश्वव्यापी मानवअधिकारका आधारभूत मान्यताका विषयमा सौदाबाजी हुँदैन,’ उनले भने, ‘सामाजिक सुरक्षालगायतका विषयमा भने थप छलफल गर्न सकिन्छ ।’
 


प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १०:३३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ शुक्रबार, पुस ४, २०८२
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने शुक्रबार, पुस ४, २०८२
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न बिहीबार, पुस ३, २०८२
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो बुधबार, पुस २, २०८२
साताव्यापी कार्यक्रमसहित मनाइँदै अन्तर्राष्ट्रिय आप्रवासन दिवस
साताव्यापी कार्यक्रमसहित मनाइँदै अन्तर्राष्ट्रिय आप्रवासन दिवस बुधबार, पुस २, २०८२
यूके पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
यूके पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मंगलबार, पुस १, २०८२
कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ मंगलबार, पुस १, २०८२
लोकप्रिय
  • Week
  • Month
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP