Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विकास तामाङ
  • #नेकपा एमाले
  • #आदिवासी जनजाति क्लस्टरबाट अइन्द्रसुन्दर नेम्बाङ र आदिवासी जनजाति महिला क्लस्टरबाट भूमिका सुब्बा तथा आशारत्न जबेगु
  • #फोनिज
  • #गगनकुमार थापा
  • #एमाले महाधिवेशन
  • #नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेश
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #टेलिग्राम
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • इपिएस सम्झौता नवीकरणसम्बन्धी समझदारीपत्र मन्त्रिपरिषद्बाट स्वीकृत 
अब कोरियासँग चाँडै हस्ताक्षर हुने इपिएस कोरिया शाखाको भनाइ इपिएस सम्झौता नवीकरणसम्बन्धी समझदारीपत्र मन्त्रिपरिषद्बाट स्वीकृत 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ १४, २०८२

काठमाडौं– दक्षिण कोरियामा नेपाली कामदार पठाउनेसम्बन्धी रोजगार अनुमति प्रणाली (इपिएस) सम्झौता नवीकरणका लागि प्रस्तावित समझदारीपत्र मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार र दक्षिण कोरियाबीच हस्ताक्षर हुने उक्त समझदारीपत्र स्वीकृत गर्ने निर्ण गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । उक्त समझदारीपत्रमा समकक्षी मिलाइ हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको उनले बताए ।

वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाका अनुसार इपिएस सम्झौता प्रत्येक दुई वर्षमा नवीकरण गर्नुपर्ने प्रावधान छ । दुई वर्षअघि भएको सम्झौताको म्याद मंगलबार सकिएको हो । हस्ताक्षरको मिति यकीन नभए पनि मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै हस्ताक्षर गर्ने प्रक्रियामा जाने शाखाले जनाएको छ । ‘मन्त्रिपरिषद्ले अख्तियारी दिइसकेपछि अब कोरिया र नेपालको प्रतिनिधि बसेर हस्ताक्षर गर्ने हो । यथाशीघ्र हस्ताक्षर गर्ने प्रक्रिया अगाडि बढ्छ,’ शाखाका निर्देशक राजकुमार राईले प्रभावसँग भने ।

नेपाल र दक्षिण कोरियाबीच सन् २००७ मा इपिएस प्रणालीमार्फत श्रमिक लैजाने समझदारी भएको थियो । समझदारीपछि कोरियाले सन् २००८ देखि कोटा छुट्याएर नेपाली श्रमिक लैजाँदै आएको छ । हालसम्म एक लाख १३ हजारभन्दा बढी नेपाली श्रमिक भाषा परीक्षा उत्तीर्ण गरी कोरिया गएको तथ्यांक छ । कोरियाले नेपालसहित विभिन्न १७ वटा देशबाट श्रमिक लैजाँदै आएको छ । पछिल्लो समय भने नेपाली कामदारलाई प्राथमिकतामा राखेको बताइएको छ । सोहीअनुसार कोटा बढाइएको थियो ।

Hardik health

थोरै लागतमा जान सकिने, पारदर्शी प्रक्रिया, आकर्षक तलबलगायत कारणले कोरियामा श्रमिकहरुको आकर्षण बढ्दो छ । कोरियाले हाल कृषि, उत्पादन र शिप बिल्डिङ (पानी जहाज बनाउने) क्षेत्रमा कामदार लगिरहेको छ । भाषा परीक्षा दिने लाखौं भए पनि थोरैले मात्रै अवसर पाउने गरेका छन् । जसकारण भाषा परीक्षा उत्तीर्ण गएकाहरुसमेत कोरिया जाने प्र्रतीक्षामा बसिरहेका छन् । 

शिप बिल्डिङमा जान भाषा परीक्षा उत्तीर्ण गरेकाहरु करिब दुई वर्षदेखि जान नपाएपछि क्षेत्र (सेक्टर) परिवर्तन गर्नुपर्ने मागसहित आन्दोलनमासमेत उत्रिएका थिए । यद्यपि, क्षेत्र परिवर्तन गर्ने नगर्ने विषय कोरियाकै हातमा रहेको इपिएस कोरिया शाखाले बताउँदै आएको छ । हाल जुन क्षेत्रका लागि परीक्षा दिएको हो सोही क्षेत्रमा मात्रै जान पाउने व्यवस्था रहेको छ । यसलाई परिवर्तन गरेर जुनसुकै क्षेत्रमा जान पाउने व्यवस्था गर्नुपर्ने माग परीक्षा उत्तीर्ण भएकाहरुको माग छ ।   

 


प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १०:५३
#इपिएस
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ शुक्रबार, पुस ४, २०८२
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने शुक्रबार, पुस ४, २०८२
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न बिहीबार, पुस ३, २०८२
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो बुधबार, पुस २, २०८२
साताव्यापी कार्यक्रमसहित मनाइँदै अन्तर्राष्ट्रिय आप्रवासन दिवस
साताव्यापी कार्यक्रमसहित मनाइँदै अन्तर्राष्ट्रिय आप्रवासन दिवस बुधबार, पुस २, २०८२
यूके पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
यूके पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मंगलबार, पुस १, २०८२
कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ मंगलबार, पुस १, २०८२
लोकप्रिय
  • Week
  • Month
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP