Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
समाचार
  • Home
  • समाचार
  • बाँसका सामग्री उत्पादन सुरु
बाँसका सामग्री उत्पादन सुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ १३, २०८२

खोटाङ- दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बाँसजन्य सामग्री उत्पादन तथा प्रवद्र्धनको काम सुरु गरेको छ । बाँसबाट बन्ने विभिन्न प्रकारका घरेलु सामग्री उत्पादन गर्दै बजारीकरण गरेर नगरवासीको आयआर्जनमा वृद्धि गराउने योजनाका साथ नगरपालिकाले प्रवद्र्धनको काम सुरु गरेपछि उद्यमी उत्साहित बनेका छन् । 

बाँसजन्य सामग्री प्रवद्र्धन गर्ने उद्देश्यले नगरपालिकाको मुख्य आयोजनामा गत फागुनमा तीनदिने दिक्तेल बजारमा ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१’ आयोजना गरिएको थियो । दिक्तेलस्थित माटीकोरे खेलमैदानमा गत फागुन १५ देखि १७ गतेसम्म सञ्चालन गरिएको राष्ट्रिय सम्मेलनमा देशभरिका बाँस उद्यमी तथा बाँससँग सम्बन्धित अनुसन्धानकर्तालगायत गरी ७१३ जना सहभागी भएका थिए । 

सम्मेलनले दिक्तेल बजारमा बाँसको सङ्ग्रहालय स्थापना गरेर खोटाङलाई ‘बाँसको राजधानी’का रुपमा पहिचान दिलाउन पहल गर्ने निर्णय गरेको छ । नगरपालिकाको आयोजनामा सम्पन्न प्रथम राष्ट्रिय बाँस सम्मेलनले जारी गरेको ३५ बुँदे ‘खोटाङ घोषणापत्र’मा यस्तो निर्णय समेटिएको हो । 

दिक्तेलमा बाँस अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्ने, पहिलो पटक राष्ट्रिय बाँस सम्मेलन सुरु भएको दिन फागुन १५ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय बाँस जागरण दिवस’ का रुपमा मनाउन पहल गर्ने, प्रत्येक तीन वर्षमा राष्ट्रिय बाँस सम्मेलन आयोजना गर्ने निर्णय गरिएको छ । 

Hardik health

‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहा बाँस’ भन्ने नारासहित आयोजित सम्मेलनमा बाँस छिटो बढ्ने, बहुउपयोगी र नवीकरणीय स्रोतका रूपमा मान्दै यसले नेपालमा दिगो जीविकोपार्जन, चक्रिय अर्थतन्त्रको प्रवद्र्धन तथा वातावरण संरक्षणमा महत्वपूर्ण योगदान दिन सक्ने विश्वास गरिएको छ । 

दिक्तेल बजारमा प्रथम राष्ट्रिय बाँस सम्मेलन सफलतापूर्वक सम्पन्न गरेर प्रशोधन केन्द्र स्थापना गरिएपछि नगरपालिकामा बाँसजन्य सामग्रीको माग बढिरहेकाले उद्यमीको सङ्ख्या पनि बढाउनुपर्ने भएकाले विभिन्न चरणको तालिम आयोजना गरेर प्रवद्र्धनको काममा लागिपरेको नगरप्रमुख तीर्थराज भट्टराईले बताए । 

“बाँसजन्य सामग्रीको माग देशका विभिन्न ठाउँ तथा अमेरिकासम्मबाट आउन थालेको छ, सुरुआती चरणमा भएकाले माग धान्न धौ–धौ भएको छ, त्यसैले उद्यमीको सङ्ख्या बढाउन तालिमको आयोजना गरेका हौँ, उनीहरुले उत्पादन गरेका सबै सामग्री उत्पादानस्थलबाटै नगरपालिकाले खरिद गर्छ”, उहाँले भन्नुभयो, “उद्यमीलाई बजारको कुनै चिन्ता हुँदैन, उद्यमीबाट खरिद गरिएको सामग्री नगरपालिकाले बजारीकरण गर्छ, उद्यमीलाई आफ्नै ठाउँमा स्वरोजगार बनाउँदै ढुक्क भएर सामग्री उत्पादन गर्ने वातावरण मिलाएका छौँ ।”

नगरपालिकाले उद्यमीहरुको सीप विकासका लागि मोरङका टङ्कबहादुर मगर र भारतका प्रभात शाक्यलाई झिकाएर बाँसका सामग्री बनाउने तालिम सञ्चालन गरिरहेको छ । फर्निचर, घरायसी तथा सजावटका विभिन्न सामग्री उत्पादन गर्नेगरी चालु आर्थिक वर्षमा दुई चरणमा तालिम सञ्चालन गरिएको छ । 

पहिलो चरणको तालिममा रु नौ लाख र दोस्रो चरणको तालिम रु १२ लाख खर्चेर सञ्चालन गरिएको नगरपालिकाका उद्यम विकास सहजकर्ता शान्ता आचार्यले बताउनुभयो । पहिलो चरण मङ्सिर २८ देखि तीनमहिने तालिममा ३० र चैत २१ गतेदेखि भएको पुनर्ताजगी तालिममा १५ जना सहभागी रहेका छन् । 

वडा नं ६ नेर्पामा स्थापना गरिएको बाँस प्रशोधन केन्द्रमा सञ्चालित तालिममा सहभागी प्रशिक्षकलाई नेदरल्यान्डको सहयोगमा सञ्चालित चाँगुनारायण फाउन्डेसनले मासिक जनही रु ७५ हजारका दरले भत्ता उपलब्ध गराएको नगरपालिकाले जनाएको छ । यसबाहेक चोया काट्ने मेसिनसमेत चाँगुनारायण फाउन्डेसनले उपलब्ध गराउने सहजकर्ता आचार्यले जानकारी दिए । 

तालिममा सहभागीहरुलाई खाजा तथा खानाका लागि नगरपालिकाले प्रतिदिन प्रतिव्यक्ति रु ५०० का दरले भत्ता उपलब्ध गराएको छ । बेरोजगार भएर बसिरहेका नगरवासीलाई उद्यमी बनाएर आम्दानीसँग जोड्न नगरपालिकाले तालिम सञ्चालन गरेपछि आफूहरु उत्साहित बनेको सहभागीहरुले बताएका छन् । 

तालिमपश्चात् यही पेसा अपनाएर व्यावसायिक बन्ने योजना बनाएको तालिममा सहभागी नेर्पाका नारायणप्रसाद रिजालले बताए । “तालिममा बाँसबाट बन्ने सजावटका सामग्रीदेखि घरायसी तथा फर्निचरका आकर्षक सामग्री निर्माण गर्न सिकेका छौँ, यो तालिमले हामीलाई व्यावसायिक बन्न उत्साहित बनाएको छ”, उनले भने  “तालिम सकिएपछि यो पेसालाई व्यावसायिकीकरण गर्ने योजनामा छु, यसको सम्भावना राम्रो रहेको छ, यसैबाट आत्मनिर्भर बन्न सकिन्छ भन्नेमा ढुक्क छु ।”

नगरपालिकाले बाँसजन्य सामग्री उत्पादन तथा प्रवद्र्धनको काम सुरु गरेपछि स्थानीयवासीसमेत आशावादी बनेका छन् । बिनाप्रयोग खेर गइरहेका बाँस आफ्नै ठाउँमा प्रशोधन गरेर आकर्षक सामग्री उत्पादन गर्न थालेपछि उनीहरु आम्दानीको स्रोत बन्नेमा आशावादी बनेका हुन् । 

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा रहेको यो जिल्लाकै सबैभन्दा ठूलो (पन्ध्र वडा रहेको) दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बाँसबाट बनाइएका फर्निचर उपयोग गर्न थालेको छ । नगरप्रमुख भट्टराई तथा उपप्रमुख विशन राई तथा शाखा प्रमुखहरुको कार्यकक्षमा बाँसबाट बनाइएका फर्निचर राखिएका छन् । 

स्थानीय स्रोत तथा साधन उपयोग गरी निर्माण गरिएका सामग्रीको उपयोग गर्न नीतिगत रूपमा निर्णय गरी त्यसलाई कार्यान्वयन गर्न माग गर्दै उच्चपदस्थ छजना व्यक्तिलाई बाँसबाट बनाइएका कुर्सी र टेबल उपहार दिने तयारी गरिएको नगरप्रमुख भट्टराईले जानकारी दिए । राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललाई बाँसबाट बनाइएका एउटा कुर्सी र टेबल उपहार दिने तयारी गरिएको छ ।


प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १३:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भेडापालनमा भविष्य खोज्दै आस्मन
भेडापालनमा भविष्य खोज्दै आस्मन मंगलबार, कात्तिक १८, २०८२
दृष्टिविहीन इन्द्रप्रसादको आत्मनिर्भर जीवन
दृष्टिविहीन इन्द्रप्रसादको आत्मनिर्भर जीवन शुक्रबार, कात्तिक १४, २०८२
दुना टपरी बिक्रीबाट आकर्षक आम्दानी
दुना टपरी बिक्रीबाट आकर्षक आम्दानी आइतबार, असोज २६, २०८२
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
एकल महिलाकाे मेहेनत : लोभलाग्दो अग्रानिक तरकारीखेती
एकल महिलाकाे मेहेनत : लोभलाग्दो अग्रानिक तरकारीखेती शुक्रबार, असोज २४, २०८२
पुर्ख्याैली सीपको सदुपयोग गर्न घरमै उद्योग स्थापना
पुर्ख्याैली सीपको सदुपयोग गर्न घरमै उद्योग स्थापना बिहीबार, असोज २३, २०८२
मादले काँक्रोखेतीतर्फ आकर्षण बढ्दै
मादले काँक्रोखेतीतर्फ आकर्षण बढ्दै बिहीबार, असोज २३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP