Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विचार
  • Home
  • विचार
  • गणतन्त्र दिवसमा सडक कब्जा !
गणतन्त्र दिवसमा सडक कब्जा !
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, जेठ १३, २०८२

बूढा अध्यक्ष भन्दै थिए, ‘केटा हो अब तिमीहरुले जेठ १५ गते पूरै काठमाडौं कब्जा गर्नुपर्छ ।’ केटाहरुले के कुरा बुझे तरऽरऽर ताली ठोके ! हुन त गणतन्त्रका दिन काठमाडौं कब्जा गर भन्दा किन र केका लागि कब्जा गर्ने भनेर प्रश्न सोध्न पनि नसक्ने ठिटाहरुबाट के अपेक्षा गर्नु छ र ।

गणऽतन्त्र ल्याउने दिन पनि मध्यरातमा अधकल्चो निद्रामा नै ताली ठोकेरै आको भएर होला । ताली ठोक्नेहरुको त कमी नै छैन । 
जेठ १५ गते गणऽतन्त्र आको दिन । यी नै बूढाले ‘देशाँ गणतन्त्र आउछ भन्नु बयलगाडा चढेर अमेरिका पुग्छु’ भनेजस्तै हो भन्थे । अहिले बूढा गणऽहरुको काँधमा बसेका छन् । ‘जसको बिहे उसैलाई देख्न नदे’ यस्ता कुरा त उही बूढाले नै भन्थे ।

तर खै बूढाले त्यही गणऽतन्त्रको दिन सडक कब्जा गर्ने कुरा गरे छन् । कुरा ठीकै पनि हो अरे, तीर्थे दाइका कुरा । ‘गण’ भनेको सीमित मान्छेको समूह, ‘तन्त्र’ भनेको शासन । अनि कुरो मिलेन त ? नाम गणऽतन्त्र छ । त्यसमा अनि मैले यो पाइनँ र त्यो पाइनँ भनेर हुन्छ ? 

नामअनुसारको काम भाकै छ । सीमित मान्छेहरुले मात्र शासन गरेकै छन् । अब त्यही दिन सडक पनि कब्जा गर्छन् ।तीर्थे दाइ पनि आजकल खुब सल्बलाउन थालेका छन् क्या सामाजिक सञ्जालमा । त्यही भएर होला पहिलेपहिले साना पत्रिकाको भर नपर्नु है भन्थे, अहिले त्यही ‘स’ को सामाजिक सञ्जालको भर नपर्नु भन्छन् । एकले अर्कोलाई सत्तोसरापबाहेक केही पनि छैन । तीर्थे दाइले त्यही भएर आफूलाई सल्बलाउन थालेका अरे । 

Hardik health

‘१५ गते तीन घण्टाका लागि सडक कब्जा’ यो चाहिँ हजम भएन भनेर उता दानवअधिकारबाट पिएचडीधारीले कागजको खोस्टो फाले छन् । उताबाट पिएचडीधारीले के कागजको खोस्टो फालेका थिए । यता फेरि अध्यक्ष बूढाविरुद्ध उनैले बनाएका दबंगलाई बिन्तीपत्र हाले छन्, रविको पनि किरणले ।

‘प्रभु १५ गते हामी गणऽतन्त्रविरुद्ध प्रतिस्पर्धा गर्दै छौं । कसले जित्ने हो कसले हार्ने हो थाहा छैन । एउटा रवि जेलमा सडाएका छौं म अर्को रवि गणऽतन्त्र फाल्ने अभियानमा छु । उता बूढाले सडक कब्जा गर्ने नीति लिएपछि हाम्रो सपना चकनाचुर हुने भो’ भनेर । यो १५ गतेमाथि किन यति धेरै अन्याय गरेको होला ? भनेर तीर्थे दाइले एक झटारो हानिसकेका छन् । अघिल्लो १५ गते छल गर्यो मायाले । अबको १५ ले मोज गर्छ मायाले हुने पो हो कि ! भन्ने चिन्ता छ । 

लिन्नदेलाई आच्चु आच्चु भाको छ । उही बूढाले गर्दा पद पाको हो । उही बूढालाई भाग भन्नुपरेको । ‘खाउँ भने दिनभरको सिकार, नखाउँ भने कान्छा बाउको अनुहार’ भन्दै लिन्नदेनले पनि बूढा अध्यक्षलाई उखान झट्का हान्दिए ।अस्तिको १५ मा प्रजाहरु भन्दै थिए । ‘होइन त्यो ऊ बेलाको कैदी बूढाले सडक पनि आफ्नै नाममा पास गरिसके छ र हामी हिँड्नै नपाउने’ कस्तो खालको झुण्डतन्त्र हो यो ? 

अब त झन् गणऽतन्त्रका दिन सडक नै कब्जा गर्ने उद्घोष भाको छ । लिन्नदेनलाई सडकमा आउन नदिएर सडक कब्जा गर्ने हो कि । यता कब्जा भन्दै उता घोचपेचमात्र गर्ने यसै भन्न सकिएको छैन है ।हुन त गणऽतन्त्र आएपछि सबैले सडक नै कब्जा गरेका छन् त ? प्रजाका सवारी गुड्ने सडक कब्जा । यात्रु हिँड्ने फुटपाथ कब्जा । को भन्दा को कम । दरबारमार्गदेखि प्रदर्शनी मार्गसम्मका सडक कब्जा हुँदै आका छन् त ? फेरि तीर्थे दाइले एक झण्का हान्न भ्याए । 

ऊ बेला विरोध गर्न र विद्रोह गर्न पानीको ओत लाग्ने ठाउँसहित प्रजातन्त्र कब्जा गरे भनिएका महेन्द्रले खुलामञ्च नै बनाइदिएका थिए ! जाऊ खुलामञ्चमा रमाऊ, जतिसक्दो गाली बर्साऊ भन्दै । तर अहिले त्यही पनि कब्जामा छ । स्वतन्त्रताको विगुल फुकेको, प्रजातन्त्रदेखि लोकतन्त्र अनि गणऽतन्त्रसम्म त्यही खुलामञ्चले दियो । तर आज त्यही मोरो पनि पिंजडामा थुनिएको छ । नियम कानुन उत्तानटाङ ! मान्छे र मोटर गुड्न सडका गणऽतन्त्रका मतियारहरुको कब्जामा । बोल्न बनाएको टुँडिखेल स्वतन्त्रको कब्जामा ! अनि बूढा अध्यक्षले सडक कब्जा नभनेर के भनुन् त ? 

‘बारीको डिलमा ओखर बोट, ओखर बोटमा चिल बस्यो भन्नै नहुने माया’ भन्ने गीत ऊ बेला रेडियोमा घन्केजस्तै हो अहिले गणऽतन्त्रले जप्ने मन्त्र ! जसले सक्यो उसैले उसैले खायो । भन्ने बेला बहुमत काम गर्नेचाहिँ एकमत ! तोरीलाहुरे शासन । बाघको छाला स्यालको रजाइँ त्यसै त कहाँ भनेका हुन् र ?भित्ता रित्तिसके, गाउँ रित्तिसके । एउटा युवा पुस्ता नै रित्ति सक्यो । हाम्रा नाइकेहरु भने यो कब्जा र त्यो कब्जामै व्यस्त छन् । यसरी कब्जा गर्ने अनि रित्तो मनाएर एक अर्कालाई लडाउने व्यवस्था भनेकै गणऽतन्त्र रहेछ ।

ऊ बेला राति घरमा पाहुन आउँदा स्वागत गरिन्थ्यो । खानपान सबै सोधिन्थ्यो । तर अहिले कोही आउँदा पनि शंका गर्नुपर्ने अवस्था छ । त्यसै बूढाध्यक्षले कब्जा गर्ने भनेका हुन् र ? विश्वासै छैन । अरु देशमा गणऽतन्त्रको बेला भव्य स्वागत र सत्कार । हाम्रा देशमा त्यही बेला जनताका दिमाग हुने अन्धकार !

फल नलाग्ने बिरुवा हुर्काउनु र विकास नहुने गणऽतन्त्र स्वीकार्नु ‘हात्ती र हात्ती छाप उस्तैउस्तै हो नानी’ भनेजस्तै हो । गणऽतन्त्र त उही नानीका बा, छोरीका बा र तिनैका बाहरुका लागि बाँदरको हातमा नरिवल भनेजस्तै भो । त्यसैले आऊ, मिलेर खाऊ, मिलेरै देश रित्तो बनाऔं । सत्ता, शक्ति, सडक जे जति छन् सबैमा कब्जा जमाऔं । तीर्थे दाइ त हेरेको हेर्यै ! ऊँ शान्ति... शान्ति... कसैको मनमा नहोस् भ्रान्ति ।
 


प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  ११:१७
प्रतिक्रिया दिनुहोस्
थप विचार
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
नीति तथा कार्यक्रमले खोजेको समृद्धि 
नीति तथा कार्यक्रमले खोजेको समृद्धि  आइतबार, जेठ ३, २०८३
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP