Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विकास तामाङ
  • #नेकपा एमाले
  • #आदिवासी जनजाति क्लस्टरबाट अइन्द्रसुन्दर नेम्बाङ र आदिवासी जनजाति महिला क्लस्टरबाट भूमिका सुब्बा तथा आशारत्न जबेगु
  • #फोनिज
  • #गगनकुमार थापा
  • #एमाले महाधिवेशन
  • #नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेश
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #टेलिग्राम
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • रोजगारीका लागि १० महिनामा झण्डै सात लाख युवा विदेसिए
रोजगारीका लागि १० महिनामा झण्डै सात लाख युवा विदेसिए
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ १३, २०८२

काठमाडौं– चालु आर्थिक वर्षको १० महिनामा रोजगारीको सिलसिलामा झण्डै सात लाख युवाले मुलुक छाडेका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको वैशाख मसान्तसम्मको तथ्यांकमा छ लाख ८५ हजार ९२४ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको पाइएको हो । यो संख्या व्यक्तिगत, संस्थागत र पुनः श्रम स्वीकृति लिएर जानेहरुको हो ।

यसरी विदेसिनेमा ७७ हजार ८५ जना महिला रहेका छन् । बाँकी छ लाख आठ हजार ८४९ जना पुरुष रहेको विभागले जनाएको छ । विभागको तथ्यांकअनुसार यस अवधिमा व्यक्तिगत श्रम स्वीकृति लिएर रोजगारीमा जानेको संख्या एक लाख आठ हजार ४०२ जना रहेको छ । जसमध्ये ८५ हजार ३२४ जना पुरुष र २३ हजार ७८ जना महिला रहेका छन् । संस्थागत माध्यम (म्यानपावर कम्पनी)बाट रोजगारीमा जानेहरु दुई लाख ८६ हजार ९८१ जना छन् । जसमा दुई लाख ५८ हजार २५३ जान पुरुष र २८ हजार ६८८ जना महिला छन् ।

त्यसैगरी, दुई लाख ८० हजार ३१८ जना पुनः श्रम स्वीकृति लिएर गएका छन् । दुई लाख ५६ हजार २०२ जना पुरुष र २४ हजार ११३ जना महिला पुनः श्रम स्वीकृति लिएर रोजगारीमा गएका हुन् । यस अवधिमा जिटुजीमार्फत १० हजार २६३ जना रोजगारीमा गएका छन् । जसमा नौ हजार ५७ जना पुरुष र एक हजार २०६ जना महिला छन् । जिटुजीमार्फत नेपाली कामदारहरु कोरिया, इजरायल र बेलायत गएका छन् ।

Hardik health

पछिल्लो महिना वैशाखमा ७८ हजार ५१ जनाले विभिन्न मुलुकमा रोजगारीमा जान श्रम स्वीकृति लिएको तथ्यांक छ । जसमध्ये ६९ हजार १२० जना पुरुष र आठ हजार ९३१ जना महिला रहेका छन् । वैशाखमा रोजगारीमा गएकामध्ये १३ हजार ३६९ जना व्यक्तिगत श्रम स्वीकृति लिएर गएका हुन् । जसमा १० हजार १६८ जना पुरुष र तीन हजार २०१ जना महिला छन् । उक्त महिनामा ३३ हजार ११ जना म्यानपावरमार्फत रोजगारीमा गएका छन् । यसरी जानेमा ३० हजार ८९ जना पुरुष र दुई हजार ९२२ जना महिला छन् । सोही महिनामा पुनः श्रम स्वीकृति लिएर ३० हजार ६६२ जना गएको तथ्यांक छ । जसमा २७ हजार ९९६ जना पुरष र दुई हजार ६६६ जना महिला रहेका छन् । 

त्यसैगरी जिटुजी प्रणालीमार्फत वैशाख महिनामा एक हजार नौ जना रोजगारीमा गएका छन् । यसरी गएकामध्ये ८६७ जना पुरुष र १४२ जना महिला छन् । मुलुकमा रोजगारीको अवसर नहुँदा दैनिक हजारौंको संख्यामा युवाहरु विदेसिने गरेको तथ्यांक छ । सरकारले स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने बताउँदै आए पनि वैदेशिक रोजगारीको बाध्यता हटेको छैन । विभागको तथ्यांकअनुसार चालु आवको साउन महिनामा ५९ हजार ५७५ जना, भदौमा ५७ हजार ४९३, असोजमा ५३ हजार ५२५, कात्तिकमा ७० हजार ९९०, मंसिरमा ८४ हजार २२६, पुसमा ६७ हजार २५८, माघमा ७२ हजार ४४१, फागुनमा ६८ हजार ९६३ र चैतमा ७३ हजार ४०३ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । यो संख्या व्यक्तिगत, संस्थागत, पुनः श्रम स्वीकृति लिने र जिटुजी प्रणालीमार्फत जानेहरुको हो । पछिल्लो १० महिनामा सबैभन्दा बढी मंसिरमा र सबैभन्दा न्यून असोजमा गएको तथ्यांकमा देखिन्छ ।

चालु आवको १० महिनामा श्रम स्वीकृति लिनेको संख्या

साउन    
५९,५७५
भदौ     ५७,४९३
असोज    ५३,५२५
कात्तिक    ७०,९९०
मंसिर    ८४,२२६
पुस     ६७,२५८
माघ        ७२,४४१
फागुन  ६८,९६३
चैत   ७३,४०३
वैशाख   ७८,०५१


स्रोतः वैदेशिक रोजगार विभाग


प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  ११:१२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ शुक्रबार, पुस ४, २०८२
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने शुक्रबार, पुस ४, २०८२
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न बिहीबार, पुस ३, २०८२
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो बुधबार, पुस २, २०८२
साताव्यापी कार्यक्रमसहित मनाइँदै अन्तर्राष्ट्रिय आप्रवासन दिवस
साताव्यापी कार्यक्रमसहित मनाइँदै अन्तर्राष्ट्रिय आप्रवासन दिवस बुधबार, पुस २, २०८२
यूके पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
यूके पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मंगलबार, पुस १, २०८२
कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ मंगलबार, पुस १, २०८२
लोकप्रिय
  • Week
  • Month
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP