Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
 करार अवधि सकिँदा पनि स्वदेश फर्काउन कम्पनीको आनाकानी नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ १२, २०८२

काठमाडौं– रोजगारीका लागि ब्रुनाइ गएका महिला अलपत्र परेको पाइएको छ । सिन्धुपाल्चोक र पाँचथरका एक–एक जना महिलाले नौ महिनादेखि तलब नपाएको बताएका छन् । बु्रनाइको ‘योर लण्ड्री सर्भिसेज’ नामको कम्पनीमा गएका उनीहरुले आफूहरुको करार अवधि सकिएको पाँच महिना पुग्न लाग्दा पनि न नेपाल आउन पाएको न तलब पाएको बताएका छन् ।

‘गएको डिसेम्बरमा सकिएको हो कन्ट्र्याक्ट (सम्झौता) । कम्पनीले हरेक चोटि एक हप्तापछि पठाउँछौं भनेर टार्दाटार्दा पाँच महिना बितिसक्यो,’ पीडित महिलाले सुनाइन्, ‘नौ महिनाको तलब लिन बाँकी छ । तलब माग्यो भने कम्पनीले पैसा छैन, एक हजार डलर छ त्यही लिएर जाऊ अहिले पैसा छैन भन्छ । काम गरेको पैसा माग्यो भने रिसाउने, मेन्टल टर्चर दिने गर्छ ।’

चिनजानको व्यक्तिमार्फत काठमाडौंको सिनामंगलस्थित रेडियन्ट ओभरसिजबाट उनीहरु दुई वर्षअघि उक्त कम्पनीमा गएका हुन् । एजेण्टलाई एक जनाले दुई लाख ८० हजार र अर्की महिलाले तीन लाख रुपैयाँ तिरेको बताइएको छ । पीडित महिलाका अनुसार महिनामा ७० देखि ८० हजार रुपैयाँ तलब हुने र आठ घण्टा काम गर्नुपर्ने भनिएको थियो । तर त्यहाँ गएदेखि नै आफूहरुलाई ११ घण्टा काम लगाएको उनीहरुले बताए । ‘कम्पनीको काम सकिएपछि बोसको घरमासमेत काम गर्नुपथ्र्यो ।

Hardik health

आठ घण्टा काम गर्ने भनेर पठाएको हो हामीलाई भन्दा ११ घण्टा नै गर्नुपर्छ भन्यो,’ पीडितले भनिन् । आफूलाई पठाइदिने व्यक्तिलाई पटक–पटक खबर गर्दा पनि वास्ता नगरेको पीडित महिलाले बताइन् । कि नेपाल झिकाइदिनु  कि पैसा दिलाइदिनु भन्दा उल्टै गाली गरेको उनको भनाइ छ ।  

रेडियन्ट ओभरसिजबाटै उक्त कम्पनीमा हालसालै गएकी विमला मोक्तानले पनि तीन महिनादेखि तलब नपाएको बुझिएको छ । उक्त कम्पनीमा अन्य मुलुकबाटसमेत गरी १५ जना जति कामदार रहेको पीडित महिला बताउँछिन् । उनीहरुलेसमेत १५ महिनाभन्दा बढीको तलब पाउन बाँकी रहेको उनले बताइन् । कम्पनीले तलब दिन नसकिरहेको अवस्थामा पनि श्रमिकहरु आउने क्रम नरोकिएकाले उक्त कम्पनीमा नआउन उनीहरुको सुझाव छ ।

रेडियन्ट ओभरसिजले भने यस विषयमा जानकारी नभएको बताएको छ । ‘पीडितहरुले त हामीलाई भन्नुप¥यो नि ! यस विषयमा मलाई त थाहा छैन, भर्खर सुन्दै छु,’ उक्त म्यानपावरका एक कर्मचारीले भने ।

पाँच महिनापछि फर्किइन् झुमा
एक वर्षअघि सोही कम्पनीमा गएकी इटहरिकी झुमा लिम्बूलाई त्यस कम्पनीबाट नेपाल फर्किन छ महिना संघर्ष गर्नुप¥यो । कामको सिलसिलामा भएको सानो गल्तीका कारण उनलाई मालिकले कामबाट निकालिदियो । तर पाँच महिना बितिसक्दा पनि स्वदेश फर्काउने कुनै पहल नभएपछि उनले वैदेशिक रोजगार उद्धार श्रमिक संघमा खबर गरिन् । संघको टोलीले करिव २० दिनअघि उनलाई नेपाल झिकाएको हो । झुमासँगै गएकी सुमिना श्रेष्ठलाई पनि संघले नेपाल झिकाएको थियो । दुई लाख ७० हजार बुझाएर गएकी झुमाले साढे पाँच महिना काम गर्दा दुई महिनाको मात्र तलब लिइन् । काम छोडेर बसेपछि लिन बाँकी तीन महिनाको तलब भने खान, बस्न र फर्किनका लागि टिकटमै सकिएको उनले बताइन् ।

ब्रुनाइ जान इटहरीकै राज ओभरसिजमा पासपोर्ट बुझाएको झुमाको भनाइ छ । ‘सबै काम इटहरीबाटै भएको हो । काठमाडौंमा मुख्य कार्यालय छ त्यहाँ जान पर्दैन भनेको थियो,’ उनले भनिन्, ‘काठमाडौंको केही थाहा भएन । एकैचोटि एयरपोर्ट गएको हो । पछि बुझ्दा व्यक्तिमार्फत पठाएको रहेछ रे ।’ अब भने विदेश नगई सिलाइ सिकेर यहीँ काम गर्ने उनको योजना छ । ‘धेरै पैसा कमाइएला भनेर विदेश गएको त्यस्तै भइहाल्यो । अब आफ्नै पसल खोलेर काम गर्ने सोच छ । कटिङ सिक्न थालेकी छु,’ झुमाले प्रभावसँग भनिन् ।
 
००


प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  ११:१४
#ब्रुनाइ_लण्ड्री_कम्पनी #योर लण्ड्री सर्भिसेज #रेडियन्ट ओभरसिज
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार आइतबार, चैत २२, २०८२
आठ महिनामा भित्रियो साढे १४ खर्ब 
आठ महिनामा भित्रियो साढे १४ खर्ब  शुक्रबार, चैत २०, २०८२
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी बिहीबार, चैत १९, २०८२
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार बुधबार, चैत १८, २०८२
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज मंगलबार, चैत १७, २०८२
ठगीको अभियोगमा पक्राउ
ठगीको अभियोगमा पक्राउ मंगलबार, चैत १७, २०८२
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै मंगलबार, चैत १७, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP