Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विकास तामाङ
  • #नेकपा एमाले
  • #आदिवासी जनजाति क्लस्टरबाट अइन्द्रसुन्दर नेम्बाङ र आदिवासी जनजाति महिला क्लस्टरबाट भूमिका सुब्बा तथा आशारत्न जबेगु
  • #फोनिज
  • #गगनकुमार थापा
  • #एमाले महाधिवेशन
  • #नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेश
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #टेलिग्राम
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगार सेवा प्रवाह कार्यविधि दोस्रोपटक संशोधन
वैदेशिक रोजगार सेवा प्रवाह कार्यविधि दोस्रोपटक संशोधन
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ ११, २०८२

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘वैदेशिक रोजगार व्यवस्थापन सेवा प्रवाह कार्यविधि, २०७९’ मा दोस्रो संशोधन गरेको छ । मन्त्रालयले शुक्रबार संशोधित कार्यविधि वेबसाइटमार्फत सार्वजनिक गरेको हो । मन्त्रालयका अनुसार उक्त कार्यविधिमा दुईवटा मात्रै संशोधन गरिएको छ । संशोधनपछि कार्यविधिको नाम ‘वैदेशिक रोजगार व्यवस्थापन सेवा प्रवाह (दोस्रो संशोधन) कार्यविधि, २०८२’ कायम गरिएको छ । 

कार्यविधिमा दोस्रो संशोधनमार्फत कार्यविधिको दफा १ मा (२) यो कार्यविधि मन्त्रालयबाट स्वीकृति भएपछि लागू हुने छ भन्ने व्यवस्था थप गरिएको छ । दोस्रो संशोधन कार्यविधिको दफा २३ मा गरिएको छ । जसमा ‘मे ३१’ भन्ने शब्दको सट्टा ‘सेप्टेम्बर ३०’ राखिएको तथा ‘तर नेपाल सरकारको वैदेशिक रोजगारमा जान खुला नगरेका मुलुक’ भन्ने शब्दावलीपछि रहेको ‘र पेसा’ भन्ने शब्दहरु झिकिएको मन्त्रालयले जनाएको छ ।

संशोधित दफा २३ वैधानिकीकरण श्रम स्वीकृतिसँग सम्बन्धित रहेको छ । जसमा ‘यस कार्यविधिमा दफा (२) को खण्ड (ट) बमोजिमको श्रम स्वीकृतिका लागि अनलाइन आवेदन पेस गरेमा श्रम स्वीकृति प्रदान गर्न अख्तियारी पाएका मन्त्रालयअन्तर्गतका कार्यालय वा निकायबाट वैधानिकीकरण श्रम स्वीकृति प्रदान गरिने छ । सन् २०२४ को सेप्टेम्बर ३० सम्म रोजगारीका लागि भिसा प्राप्त गरेका श्रमिकले सम्बन्धित मुलुकस्थित कूटनीतिक नियोगमा श्रम स्वीकृतिका लागि आवेदन गरेमा त्यस्ता कामदारलाई सम्बन्धित  नियोगले वैधानिकीकरण श्रम स्वीकृति प्रदान गर्न सकिने छ’ भन्ने उल्लेख गरिएको छ ।

Hardik health

मन्त्रालयले यसअघि २०८१ वैशाखमा उक्त कार्यविधिमाथि पहिलो संशोधन गरेको थियो । पछिल्लो संशोधन यही जेठ ४ गते मन्त्रालयबाट स्वीकृत भएको हो ।वैदेशिक रोजगार विभाग र अन्तर्गतका कार्यालय तथा प्रत्यायोजित अधिकार प्रयोग गरी वैदेशिक रोजगार व्यवस्थापनसम्बन्धी सेवा प्रवाह गर्ने कार्यालय तथा निकायहरुबाट प्रवाह हुने सेवालाई जनमुखी, पारदर्शी तथा सेवाग्राहीमैत्री एवं आधुनिक सूचना प्रविधिमा आधारित बनाउन २०७९ सालमा यो कार्यविधि कार्यान्वयनमा ल्याएको थियो । सर्वसाधारणले पाउनुपर्ने सेवा छिटो, छरितो र सहज ढंगले पाउने अवस्था सिर्जना गरी सुशासन कायम गर्न तथा वैदेशिक रोजगार ऐन, नियमावलीलगायत अन्य सान्दर्भिक कानुन कार्यान्वयन गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने कार्यविधिको प्रस्तावनामा उल्लेख छ । 
  


प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  ११:१८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ शुक्रबार, पुस ४, २०८२
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने शुक्रबार, पुस ४, २०८२
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न बिहीबार, पुस ३, २०८२
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो बुधबार, पुस २, २०८२
साताव्यापी कार्यक्रमसहित मनाइँदै अन्तर्राष्ट्रिय आप्रवासन दिवस
साताव्यापी कार्यक्रमसहित मनाइँदै अन्तर्राष्ट्रिय आप्रवासन दिवस बुधबार, पुस २, २०८२
यूके पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
यूके पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मंगलबार, पुस १, २०८२
कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ मंगलबार, पुस १, २०८२
लोकप्रिय
  • Week
  • Month
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP