Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विकास तामाङ
  • #नेकपा एमाले
  • #आदिवासी जनजाति क्लस्टरबाट अइन्द्रसुन्दर नेम्बाङ र आदिवासी जनजाति महिला क्लस्टरबाट भूमिका सुब्बा तथा आशारत्न जबेगु
  • #फोनिज
  • #गगनकुमार थापा
  • #एमाले महाधिवेशन
  • #नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेश
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #टेलिग्राम
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कोरिया जाने कामदारका लागि गरिएको पोसाक र टिकट खरिदमा महालेखाले उठायो प्रश्न
कोरिया जाने कामदारका लागि गरिएको पोसाक र टिकट खरिदमा महालेखाले उठायो प्रश्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ ९, २०८२

 

  • ज्याकेट र टोपी खरिद गर्दा बढी लागत अनुमान तयार गरी ३६ लाख १६ हजार रुपैयाँ व्ययभार बढाएको महालेखाको टिप्पणी
  • बोलपत्रमार्फत टिकट खरिदका लागि समयमा ठेक्का व्यवस्थापन नगर्दा कामदारले धेरै रकम भुक्तानी गर्नुपरेको उल्लेख
  • सार्वजनिक खरिद नियमवाली छलेर पोसाक र टिकट खरिद गरेकोप्रति महालेखाको प्रश्न
  • समयमा ठेक्का व्यवस्थापन नगरी श्रमिकलाई बढी व्ययभार हुनेगरी निर्णय गर्ने पदाधिकारीलाई जिम्मेवार बनाउन निर्देशन

काठमाडौं– दक्षिण कोरियामा इपिएस प्रणालीमार्फत कामदार पठाउने कामदारका लागि पोसाक र टिकट खरिद गर्दा गरिएको खर्चमा महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाले गत आर्थिक वर्षमा कामदारका लागि पोसाक बढी लागत अनुमान तयार गरी व्ययभार थप्ने काम गरेको महालेखाको ६२औं प्रतिवेदनमा उल्लेख छ । यसैगरी बोलपत्रमार्फत टिकट खरिदका लागि समयमा ठेक्का व्यवस्थापन नगरेको कारण कामदारले धेरै रकम भुक्तानी गर्नुपरेको महालेखाले औंल्याएको छ ।

सरकारले दुई देशबीच भएको सम्झौताअनुसार रोजगार अनुमति प्रणालीमा नेपाली कामदार कोरिया पठाउँदै आएको छ । उक्त कार्यलाई व्यवस्थित गर्न रोजगार अनुमति प्रणाली (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७३ को व्यवस्थाबमोजिम इपिएस शाखा स्थापना गरेको हो । उक्त शाखाले सार्वजनिक खरिद नियमवाली छलेर पोसाक र टिकट खरिद गरेकोप्रति महालेखाले प्रश्न उठाएको छ । उक्त नियमावलीको नियम ११(२) मा मालसामानको लागत अनुमान तयार गर्दा सम्बन्धित सार्वजनिक निकायले चालु आर्थिक वर्षमा सोही प्रकृतिको सामान खरिद गर्दा लागेको वास्तविक लागतलाई समेत आधार लिनुपर्ने व्यवस्था रहेको महालेखाले सम्झाएको छ । शाखाबाट सोको उल्लंघन गरेको पाइएको हो । 

Hardik health

शाखाले कोरिया जाने कामदारका लागि बढी लागत अनुमान तयार गरी ज्याकेट र टोपी खरिद गर्दा ३६ लाख १६ हजार रुपैयाँ व्ययभार थपिएको महालेखाको प्रतिवेदनमा औंल्याइएको छ । महालेखाका अनुसार इपिएस कोरिया शाखाले कोरिया जाने कामदारका लागि समरुप ज्याकेट र टोपी खरिदमा एक आपूर्तिकर्ताबाट प्रतिथान एक हजार ६१५.९० रुपैयाँले ६१४ थानको नौ लाख ९२ हजार रुपैयाँमा सोझै खरिद गरेको देखिन्छ । जबकि, बोलपत्रको माध्यमबाट प्रतिथान एक हजार ७९६.७० रुपैयाँले २० हजार थान तीन करोड ५९ लाख ३४ हजार रुपैयाँमा खरिद भएको उल्लेख छ । जुन लागत अनुमानभन्दा ०.३१ प्रतिशत न्यून रहेको महालेखाको भनाइ छ ।  

‘बोलपत्रमार्फत खरिद भएको पोसाक सोझै खरिद गरेको दरभन्दा प्रतिथान १८०.८० रुपैयाँले बढी छ । कार्यालयले लागत अनुमान तयार गर्दा यस वर्ष सोझै खरिद गर्दाको दरलाई आधार लिनुपर्नेमा नलिई प्रतिथान एक हजार ८०२.३५ रुपैयाँ दरले लागत अनुमान तयार गरेको र १८०.८० रुपैयाँको दरले ३६ लाख १६ हजार रुपैयाँ बढी व्ययभार पर्न गएको छ,’ प्रतिवेदनमा भनिएको छ । महालेखाले यस्तो खरिदमा मितव्ययी हुनेगरी लागत अनुमान तयार गर्न निर्देशन दिएको छ । 

यसैगरी रोजगार अनुमति प्रणाली निर्देशिकाको दफा २३ बमोजिम शाखाले कोरियामा जाने कामदारका लागि हवाई टिकट खरिद गर्न प्रचलित कानुनबमोजिम बोलपत्र आह्वान गर्नुपर्ने व्यवस्था छ । सो व्यवस्थाबमोजिम शाखाले टिकट खरिद गर्न बोलपत्रको माध्यमबाट सेवाप्रदायक छनोट गरी टिकटदर निर्धारण गर्ने र टिकटको रकम कामदारले सेवाप्रदायकलाई भुक्तानी गर्ने व्यवस्था छ । गत वर्ष शाखाले समयमा बोलपत्रको काम नगर्दा उक्त अवधिमा खरिद गरिएका १० हजार ८५५ टिकटका लागि ७० करोड ३९ लाख रुपैयाँभन्दा बढी थप रकम भुक्तानी गर्नुपरेको प्रतिवेदनमा उल्लेख छ ।

‘कार्यालयले प्रतिश्रमिक एकतर्फी टिकट दर एक लाख १९ हजार ८४० रुपैयाँ कायम गरी एक प्राइभेट लिमिटेडसँग एक वर्षका लागि २०७९ माघ ३ मा खरिद सम्झौता गरेकोमा मन्त्रीस्तरको निर्णयबाट सम्झौता अवधि २०८१ माघ २ गतेसम्म थप भएको छ । कार्यालयले २०८१÷८२ मा बोलपत्रमार्फत सोही कम्पनीसँग प्रतिश्रमिक ५४ हजार ९९१.४५ रुपैयाँको दरले सम्झौता गरेको देखिन्छ,’ महालेखाको प्रतिवेदनमा भनिएको छ, ‘यो वर्ष बोलपत्र नगरी पुरानो दररेटमा सम्झौता नवीकरण गरेको कारण प्रत्येक कामदारले ६४ हजार ८४९.०५ रुपैयाँका दरले १० हजार ८५५ टिकटका लागि ७० करोड ३९ लाख ३६ हजार रुपैयाँ बढी भुक्तानी गर्नुपरेको देखिन्छ ।’
समयमा ठेक्का व्यवस्थापन नगरी श्रमिकलाई बढी व्ययभार हुनेगरी निर्णय गर्ने पदाधिकारीलाई जिम्मेवार बनाउन महालेखाले शाखालाई निर्देशन दिएको छ ।


प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  १०:१७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ शुक्रबार, पुस ४, २०८२
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने शुक्रबार, पुस ४, २०८२
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न बिहीबार, पुस ३, २०८२
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो बुधबार, पुस २, २०८२
साताव्यापी कार्यक्रमसहित मनाइँदै अन्तर्राष्ट्रिय आप्रवासन दिवस
साताव्यापी कार्यक्रमसहित मनाइँदै अन्तर्राष्ट्रिय आप्रवासन दिवस बुधबार, पुस २, २०८२
यूके पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
यूके पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मंगलबार, पुस १, २०८२
कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ मंगलबार, पुस १, २०८२
लोकप्रिय
  • Week
  • Month
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP