Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #प्रशान्त तामाङ
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #मकर
  • #फोक्सिङटार
  • #क्यालिस्थेनिक्स
  • #फोनिज संवाद
  • #जिता_मर्ना
  • #गगनकुमार थापा
Search Here
समाचार
  • Home
  • समाचार
  • अचार बेचेरै मासिक ६० हजार कमाइ
अचार बेचेरै मासिक ६० हजार कमाइ
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ ६, २०८२

कैलाली -यहाँका युवा व्यवसायी करन ऐरले धनगढी उपमहानगरपालिका–९ बङ्राकटानमा विगत आठ वर्षदेखि शान्ति बाटिका फलफूल प्रशोधन उद्योग सञ्चालन गर्दै आएका छन् । यस उद्योगबाट उनले विभिन्न थरिथरीका अचार बनाएर बिक्री गर्दै आएका छन्  । 

विशेषगरी यहाँ आँप, अमला, कागती, तामा, लसुन, अकबरे खुर्सानी, करेला, मुलालगायत अचार बनाउने गरिएको छ । ऐरले थोरै लगानीमा सुरु गरेको व्यवसायबाट पछिल्लो समय राम्रो आम्दानी भइरहेको बताए । अचार बिक्रीबाट मासिक रूपमा रु एक लाख ५० हजार बराबरको कारोबार हुने गरेका र त्यसमध्ये खर्च कटाएर करिब रु ६० हजार बचत हुने गरेको उनले सुनाए । 

“यसै व्यवसायबाट ११ जनाको परिवारको लालनपालन भइरहेको छ । स्थानीय तीन जनाले रोजगार पाएका छन् । परिवारको सम्पूर्ण खर्च र कामदारको तलब व्यवस्थापन गरेर पनि राम्रै कमाई भइरहेको छ”, ऐरले भने ।  उनले वर्षभरि अचारको कारोबार गर्दै आएका छन्  । यहाँ उत्पादित अचार कैलालीका धनगढी, अत्तरिया, टीकापुर, कञ्चनपुरको महेन्द्रनगरलगायत स्थानमा बिक्री भइरहेका छन् ।

Hardik health

स्थानीय उत्पादनको उपयोग गर्दै कुनै मिसावटबिना अचार बनाउने भएकाले पनि धेरैको रोजाइमा पर्ने गरेको व्यवसायी ऐरको भनाइ छ । उनले भने  “स्वास्थ्यलाई हानी हुने हिसाबले हामी अचार बनाउँदैनौँ, अचारमा प्रयोग हुने नुन, तेल, मरमसालालगायत सबै चिज ठीक गुणस्तरी र मात्रा मिलाएर प्रयोग गरिरहेका छौँ । त्यसैले पनि ग्राहकले गुनासो गर्ने अवस्था आएको छैन ।”

धेरैजसो व्यक्तिहरू कमाउनका लागि विदेश पलायन भइरहेका बेला ऐर भने सानै लगानीबाट आफ्नो ठाउँ र परिवारसँगै बसेर आत्मनिर्भर बनिरहेका छन् । “गर्न जान्यो भने आफ्नै देशमा पनि केही हुन्छ भन्ने उदाहरण दिइरहेको छु । ११ जनाको परिवारको गर्जो यसैबाट टरेको छ । तीन जनालाई रोजगारी दिएको छु”, उनले भने“सबैभन्दा ठूलो कुरा आफ्नै देशमा घरपरिवार, समाज र साथीभाइसँगै बसेर रमाउन र कमाउन पाइएको छ । यो नै खुसीको कुरा हो ।”


प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  ११:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शतायु खड्गबहादुरको दीर्घायु कथा : न चासो, न गुनासो
शतायु खड्गबहादुरको दीर्घायु कथा : न चासो, न गुनासो सोमबार, पुस २१, २०८२
विदेशबाट फर्किएर कुखुरापालन, मासिक एक लाख आम्दानी
विदेशबाट फर्किएर कुखुरापालन, मासिक एक लाख आम्दानी आइतबार, पुस २०, २०८२
मौलिक पहिरनसँगै संस्कृति जोगाउन अग्रसर शुक्लाफाँटाका महिलाहरू
मौलिक पहिरनसँगै संस्कृति जोगाउन अग्रसर शुक्लाफाँटाका महिलाहरू शुक्रबार, पुस १८, २०८२
विदेशमा हण्डर खाएपछि गाउँ फर्किएका लोकबहादुर मौरीपालनमा
विदेशमा हण्डर खाएपछि गाउँ फर्किएका लोकबहादुर मौरीपालनमा बिहीबार, पुस १७, २०८२
विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी विकास
विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी विकास मंगलबार, पुस १५, २०८२
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार मंगलबार, पुस ८, २०८२
पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ
पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP