Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • पछिल्लो १० महिनामा १६६ मुद्दा अदालतमा, ३० करोडभन्दा बढीको क्षतिपूर्ति दाबी
वैदेशिक रोजगारीको नाममा करोडौं ठगी पछिल्लो १० महिनामा १६६ मुद्दा अदालतमा, ३० करोडभन्दा बढीको क्षतिपूर्ति दाबी
विविशा पौडेल 
विविशा पौडेल  मंगलबार, जेठ ६, २०८२
  • विभागमा चार हजार २९३ उजुरी दर्ता, ४६० वटा मिलापत्र
  • प्रहरी शाखामा चार हजार १९७ उजुरी
  • एक हजार ९१९ वटा उजुरी फस्र्योट गर्दा १२ लाखभन्दा बढी असुल


काठमाडौं– वैदेशिक रोजगारीका नाममा युवाहरु ठगिने क्रम विकराल बन्दै गएको तथ्यांकले देखाएको छ । वैदेशिक रोजगार विभागले शुक्रबार सार्वजनिक गरेको पछिल्लो १० महिनाको तथ्यांकले यो तथ्य उजागर गरेको हो । दैनिकजसो भइरहेको ठगी नियन्त्रणमा सरकार असफल देखिएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्मको अवधिमा आकर्षक वैदेशिक रोजगारीमा विभिन्न मुलुक पठाउने भन्दै युवाहरुबाट ३० करोड रुपैयाँभन्दा बढी ठगी भएको विभागको तथ्यांक छ । विभागका अनुसार यस अवधिमा चार हजार २९३ वटा उजुरी विभागमा दर्ता भएका थिए । जसमध्ये ४६० वटा मिलापत्रमार्फत टुंग्याइएको विभागको भनाइ छ । पछिल्लो महिना वैशाखमा मात्रै ५८१ वटा ठगीसम्बन्धी उजुरी दर्ता भएका थिए । तीमध्ये ५४ वटामा मिलापत्र गरिएको विभागले जनाएको छ । 

विभागले चालु आवको वैशाख मसान्तसम्म दर्ता भएका उजुरीमाथि आवश्यक छानबिनपश्चात् १६६ वटा मुद्दा अदालतमा दर्ता गरेको तथ्यांकमा उल्लेख छ । जसमध्ये २० वटा वैशाखमा दर्ता भएका हुन् । अदालतमा दर्ता भएका १६६ वटा मुद्दामा कूल ३० करोड तीन लाख ८९ हजार रुपैयाँबराबरको क्षतिपूर्ति मागदाबी गरिएको विभागले जनाएको छ । 

Hardik health

यता विभागको प्रहरी शाखामा वैशाख मसान्तसम्म चार हजार १९७ उजुरी दर्ता भएको तथ्यांक छ । जसमध्ये १२ वटा मिलापत्रसहित एक हजार ९१९ वटा उजुरी फस्र्योट गरिएको विभागद्वारा उपलब्ध विवरणमा उल्लेख छ । यसरी फस्र्योट गरिएको उजुरीबाट १२ लाख चार हजार रुपैयाँ असुल गरी पीडितलाई हस्तान्तरण गरिएको विभागले जनाएको छ । 

वैदेशिक रोजगारसम्बन्धी ठगीका घटना अनियन्त्रित बनेको विभागद्वारा सार्वजनिक यो तथ्यांकले नै पुष्टि गर्छ । विभागसम्म नपुगेका घटना अझ धेरै रहेको जानकारहरु बताउँछन् । नेपाल प्रहरीले वैदेशिक रोजगारीका नाममा ठगी गरेको अभियोगमा पक्राउ परेका व्यक्तिहरुको विवरण दैनिकजसो सार्वजनिक गर्दै आएको छ । 

पछिल्लो समय बेलायत, क्यानाडा, अमेरिका तथा युरोपका विभिन्न देशमा आकर्षक रोजगारीका लागि पठाउने प्रलोभन देखाएर ठगी गर्ने गरेको पाइएको छ । आकर्षक कमाइको लोभमा युवाहरु लाखौं तिर्न तयार हुने गरेका छन् । जसको फाइदा दलालहरुले लुटिरहेको देखिन्छ । मुलुकमा रोजगारीको अवसर नहुँदा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतामा रहेका युवाहरु ठगहरुको चंगुलमा फसिरहँदा राज्यका निकायहरु निस्प्रभावी बनेका छन् । 

त्यसो त ठगीका पछिल्ला घटनाहरु म्यानपावर कम्पनीभन्दा शैक्षिक परामर्श संस्था (कन्सल्टेन्सी)हरुबाट बढी भएका देखिन्छ । कन्सल्टेन्सीबाट वैदेशिक रोजगारीमा पठाउनु सीधै गैरकानुनी कार्य हो । तर, कन्सल्टेन्सीबाट भएका यस्ता गैरकानुनी कार्यहरु लगातार बाहिर आइरहेका छन् । विभागले वैदेशिक रोजगारसम्बन्धी काम गर्न इजाजतपत्र प्राप्त संस्थाहरुमा नियमित अनुगमन गरिरहेको जनाएको छ ।

थप ११० संस्थालाई इजाजतपत्र, ५१ संस्था खारेज
वैदेशिक रोजगार विभागले चालु आर्थिक वर्षको १० महिनामा वैदेशिक रोजगारसम्बन्धी काम गर्न थप ११० वटा संस्थालाई इजाजतपत्र दिएको छ । यही अवधिमा १२१ वटा इजाजतपत्र नवीकरण तथा ५१ वटा संस्था खारेज गरी धरौटी फिर्ता गरिएको विभागले जनाएको छ । यसैगरी अभिमुखीकरण तालिम सञ्चालन गर्ने दुईवटा, घरेलु कामदारलाई तालिम दिने आठवटा, सीपमूलक तालिम दिने आठवटा, केयर गिभर तालिम दिने आठवटा, केयर गिभर पठाउने चार र जिटको संस्था ४५७ वटाको नवीकरण गरिएको विभागको विवरणमा उल्लेख छ ।

सोही अवधिमा म्यानपावर कम्पनीहरुका १७९ वटा शाखा नवीकरण गरिएको, १११ वटा शाखा सञ्चालनका लागि अनुगमन गरी अनुमतिपत्र प्रदान गरिएको तथा १७ वटा संस्थाको बैंक ग्यारेण्टी फुकुवा गरिएको विभागले जानकारी दिएको छ । सो अवधिमा नियमविपरीत काम गरेका १६१ वटा इजाजतपत्रवाला संस्थालाई जरिवाना गरिएको पनि विभागले जनाएको छ ।
 


प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  ०९:५९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म बिहीबार, साउन १४, २०८३
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल बिहीबार, साउन १४, २०८३
नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने
नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने बिहीबार, साउन १४, २०८३
साउदी आइडी नवीकरणमा संघको सहजीकरण
साउदी आइडी नवीकरणमा संघको सहजीकरण बुधबार, साउन १३, २०८३
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने मंगलबार, साउन १२, २०८३
दक्षिण कोरियामा अत्यधिक तापक्रमले ‘आउटडोर’ कामदार प्रभावित
दक्षिण कोरियामा अत्यधिक तापक्रमले ‘आउटडोर’ कामदार प्रभावित सोमबार, साउन ११, २०८३
विज्ञ टोलीमार्फत विदेशी श्रमिकको संख्या निर्धारण गर्ने तयारीमा जापान सरकार
विज्ञ टोलीमार्फत विदेशी श्रमिकको संख्या निर्धारण गर्ने तयारीमा जापान सरकार आइतबार, साउन १०, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP