Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • साउदीले हटायो ५० वर्ष पुरानो कफला प्रणाली
एक करोड ३० लाख कामदारले राहत पाउने  साउदीले हटायो ५० वर्ष पुरानो कफला प्रणाली
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, कात्तिक ३, २०८२

काठमाडौं– साउदी अरेबियाले आधिकारिकरूपमा ५० वर्ष पुरानो कफला प्रणालीलाई हटाएको छ । करोडौं कामदारलाई नियन्त्रणमा राखेको उक्त प्रणालीलाई संविदात्मक रोजगार मोडेलले प्रतिस्थापन गरेको साउदी प्रेस एजेन्सीले जनाएको छ । 

यो प्रणालीको अन्त्य सन् २०२५ जुन महिनामा घोषणा गरिएको थियो र यसै वर्षमा कार्यान्वयन गरिएको छ । यसबाट विदेशी कामदारहरुलाई बढी स्वतन्त्रता, कानुनी अधिकार र सुधारिएको स्थितिको उपभोग प्रदान गर्ने जनाइएको छ । 

कफला प्रणालीको उत्पत्ति
कफला प्रणालीको अर्थ ‘स्पोन्सरसीप’ अर्थात् प्रायोजन हो । १९५० को दशकमा सुरु गरिएको यो प्रणालीले विशेषगरी दक्षिण र दक्षिणपूर्वी एसियाबाट आएका आप्रवासी कामदारहरुको आवास र रोजगार स्थितिमाथि व्यापक नियन्त्रण गर्ने अधिकार मालिकहरुलाई प्रदान गथ्र्यो ।

यो प्रणाली खासमा गल्फ कोअपरेसन काउन्सिल (जिसिसी) का देशहरूमा विदेशी श्रमिकहरुको नियमन गर्न लागू गरिएको थियो । जसमा साउदी अरेबियालगायत देशहरु पर्छन् । यसअन्तर्गत कुनै पनि आप्रवासी कामदारको बसोबास र रोजगार अधिकारहरु केवल प्रायोजक वा नियोक्तामा निर्भर हुन्छ ।

Nada Auto Show 2026
Hardik health

यस संयन्त्रको उद्देश्य राज्य प्रशासनिक जिम्मेवारीहरु निजी व्यक्ति वा कम्पनीहरुमा सुम्पेर भिसा र बसोबास व्यवस्थापनलाई सरल बनाउनु थियो । यद्यपि, समयक्रममा शक्ति असन्तुलित भएर श्रमिकका अधिकार कुण्ठित गर्न थालिएको थियो । रोजगारदाताहरुले श्रमिकमाथि पूर्ण नियन्त्रण राखेर रोजगार परिवर्तन गर्न, देश छोड्न र कानुनी उपाय अपनाउनबाट वञ्चित गर्दै आएका थिए । मानवअधिकार संगठनहरुले यस प्रणालीको व्यापकरूपमा आलोचना गर्दै आधुनिक समयको दासत्वको संज्ञा दिँदै आएका थिए ।
 
प्रमुख परिवर्तनहरु
संविदात्मक रोजगार मोडेल आधुनिक श्रम मापदण्डसँग मेल खाने भनिएको छ । सरकारले घोषणा गरेअनुसार आप्रवासी कामदारले अब कुनै अनुमोदनविना नियोक्ता (स्पोन्सर) परिवर्तन गर्न, देश छाड्न र कानुनी सुरक्षामा पहुँच राख्न सक्छन् । यो सुधारलाई साउदीको ‘भिजन–२०३०’ को रणनीतिक हिस्सा भनिएको छ । अब रोजगार सम्झौताहरू डिजिटल किवा प्लेटफर्ममार्फत व्यवस्थापन गरिने जनाइएको छ । 

एजेन्सीका अनुसार कागजातसहितको सम्झौताअन्तर्गत निजी क्षेत्रमा काम गर्नेहरु, कम्तीमा एक वर्ष काम गरेका कामदार, कानुनी पृष्ठभूमि सफा भएका कामदारहरू र तलब नपाउने वा सम्झौता उल्लंघन भोग्ने कामदारहरुले नयाँ अधिकारको प्रयोग गर्न पाउने छन् ।

मानवअधिकार संगठनहरुले यो परिवर्तनलाई सतर्कतापूर्वक स्वागत गरेको उल्लेख गरिएको छ । अन्तर्राष्ट्रिय ट्रेड युनियन कन्फेडेरेसन (आइटियुसी)की महासचिव शरण बरोले यो सुधारले अझै पनि कामदारहरुले स्वतन्त्ररूपमा जागिर परिवर्तन गर्नबाट रोक्ने मुख्य प्रतिबन्धलाई सम्बोधन नगरेको बताएको भनिएको छ । आप्रवासी कामदार अधिकार विशेषज्ञहरुले पनि सतर्कता अपनाउन आग्रह गरे गरेको जनाइएको छ ।
 
एक करोड ३० लाख कामदारलाई राहत 

यस सुधारबाट गम्भीर प्रतिबन्धहरुको सामना गर्दै आएका करिब १३ मिलियन अर्थात् एक करोड ३० लाख आप्रवासी मजदुरले लाभ लिने जनाइएको छ । उनीहरुले सीमित रोजगारी, तलब रोकिने, दुव्र्यवहार जस्ता शोषण भोग्दै आएका थिए । साउदी सरकारले प्रतिबन्धहरु हटाउँदा निष्पक्ष श्रमबजार सिर्जना हुने, दक्ष जनशक्ति आकर्षित हुने र आप्रवासी तथा साउदीका नागरिकबीच बराबर अवसर सिर्जना गरेर साउदीकरणको नीतिलाई समर्थन गर्ने अपेक्षा गरेकोे छ ।

सरोकारवालाहरुले व्यावहारिकरुपमै यो परिवर्तनको सुनिश्चित गर्न सुदृढ अनुगमन संयन्त्रको आवश्यकता औंल्याएका छन् । विगतमा पनि घोषणा गरिएका योजनाहरु पूरा नहुने प्रवृत्तिले चुनौतीका रुपमा प्रस्तुत गरेको उनीहरुको तर्क छ । 

यो प्रणाली पूर्णरूपमा कार्यान्वयन भएको खण्डमा गल्फ क्षेत्रमा गहिलो जरा गाडेर बसेका श्रम मान्यताहरुलाई चुनौती दिँदै छिमेकी देशहरूलाई पनि प्रभावित गर्न सक्ने जनाइएको छ । यसअघि कतारले कफला प्रणाली हटाइसकेको छ ।

साउदी नेपालीहरुको प्रमुख श्रम गन्तव्य हो । गत आर्थिक वर्ष २०८१/८२ मा एक लाख ५२ हजार ५५७ जना नेपाली संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वकिृति लिएर साउदी गएका थिए । कफला प्रणालीकै कारण त्यहाँ गएका नेपाली श्रमिकहरुले समेत श्रमअधिकार हनन भोग्न परेको तथ्य विभिन्न अध्ययनहरुमार्फत सार्वजनिक हुने गरेका थिए ।

 


प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०८२  १०:१०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP