काठमाडौं - आज सुनको मूल्य तोलामा छ सय रूपैँयाले घटेको छ ।
आज सुनको मूल्य प्रतिताेला रु एक लाख ८४ हजार २०० सय रूपैँया कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
शुक्रबार एक तोला सुनको मूल्य रु एक लाख ८४ हजार ८०० रूपैँया कायम भएको थियाे ।
त्यसैगरी,महासंघका अनुसार शुक्रबारकै मूल्यमा स्थिर भइ एक तोला चाँदीकाे मूल्य आज रु एक हजार ९४५ मा बेचबिखन भइरहेको छ ।