Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #वैदेशिक राेजगार
  • #टेलिकमको ‘अफर’
  • #सतिशकुमार_सिंह
  • #नारायणगढ–मुग्लिन सडक
  • #भोजपुर
  • #मिस्टर_नेपाल
  • #एनआरएनए_सहयाेग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • हङकङमा ‘वर्किङ र घरेलु भिसा’ खुलाउन कूटनीतिक पहल गर्ने श्रममन्त्रीको प्रतिबद्धता
हङकङमा ‘वर्किङ र घरेलु भिसा’ खुलाउन कूटनीतिक पहल गर्ने श्रममन्त्रीको प्रतिबद्धता
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ ४, २०८२

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले हङकङले सन् २००५ देखि रोक लगाएको वर्किङ र घरेलु कामदार भिसा पुनः खुलाउन कूटनीतिक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा गैरआवासीय नेपाली संघकी महिलासचिव राधिका (टीका) गुरुङको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँग शुक्रबार भएको भेटमा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । 

सरकारले नयाँ–नयाँ श्रम गन्तव्यको खोजी गरिरहेको बेला हङकङ पनि एक आकर्षक गन्तव्य हुने भएकाले सरकारीस्तरबाटै कूटनीतिक पहल अघि बढाउने मन्त्री भण्डारीको भनाइ छ । ‘यसअघि हामीले लगातार पहल गरेकै कारण सीपमा आधारित भिसा खुला भएको छ, बिस्तारै वर्किङ र घरेलु महिला कामदारका लागि पनि भिसा खोल्ने भन्ने विषयमा हङकङसँग मात्रै कुरा गरेरभन्दा पनि बेइजिङसँग पनि कूटनीतिक पहल अघि बढाउनु आवश्यक छ, त्यसका लागि सरकार पनि सचेत छ,’ उनले भने । यसअघि सन् २०२४ को जुलाईबाट हङकङले दक्ष कामदारलाई सीपमा आधारित भिसा खुला गरेको थियो । 

भेटमा संघकी महिलासचिव गुरुङले एनआरएनए हङकङले पटक– पटक वर्किङ भिसा खुला गर्नका लागि कूटनीतिक पहल गर्न सरकारसँग अनुरोध गर्दै आएको स्मरण गराराइन् । ‘हाल हङकङमा ३० हजारको हाराहारीमा नेपाली छन्, हावापानीदेखि सुरक्षा र तलबको हिसाबले पनि नेपाली युवाहरुका लागि हङकङ रोजगारीको आकर्षक गन्तव्य मुलुक भएकाले त्यहाँ भिसा खुलाउन तत्काल कूटनीतिक पहल गर्नुपर्छ,’ उनले भनिन् ।

हङकङमा घरेलु महिला कामदारको माग अत्यधिक रहे पनि भिसा नपाउँदा गैरकानुनी र अवैधानिक बाटोबाट महिलाहरु जाने गरेको सचिव गुरुङले जानकारी गराइन् । ‘घरेलु कामदारको ठूलो माग पनि छ,’ उनले भनिन्, ‘जोखिम मोलेर खाडी गइरहेका महिला दिदीबहिनीहरुका लागि हङकङमा बाटो खुला गर्न सके निकै राम्रो अवसर छ तर वैधानिकरुपमा जान नपाएपछि पछिल्लो समय महिलाहरु दलालमार्फत चर्को रकम तिरेर गैरकानुनीरुपमा हङकङ जान थालेका छन् यसले ठूलो समस्याको संकेत गरिसकेको छ ।’ यसलाई समयमै रोक्न नसके भोलि ठूलो समस्या भोग्नुपर्ने उनले सचेत गराइन् ।

Hardik health

जवाफमा मन्त्री भण्डारीले आफू पनि भिसा खुलाउनुपर्छ भन्नेमा गम्भीर रहेको उल्लेख गरे । ‘रोजगारीका लागि भिसा खुलाउन म सकारात्मक छु, सरकार गम्भीर छ तर त्यसमा सुरक्षाको ग्यारेण्टी पहिलो सर्त हो,’ उनले भने, ‘हामीले हाम्रा चेलीलाई काममा विदेश पठाउँदै छौं भने उनीहरुको सुरक्षा पहिलो सर्त हो । यसका लागि हामीले पनि हाम्रो तर्फबाट तयारी गर्नुपर्छ ।’अहिले युएईमा ‘पाइलट प्रोजेक्ट’ बनाएर घरेलु महिला कामदार पठाउने योजना बनाएको पनि उनले जानकारी दिए । उक्त योजनामा घरमा काम गर्न जाने महिला कामदारको सहजता र सुरक्षाका अधिकत्तम सर्तहरु रहने उनको भनाइ छ । ‘त्यो सफल भए अन्य देशमा पनि त्यही अभ्यास अनुशरण गर्न सकिन्छ भन्ने हाम्रो विश्वास छ,’ मन्त्री भण्डारीले भने ।

एनआरएनए राष्ट्रिय समन्वय परिषद् हङकङका अध्यक्ष गोकर्णप्रसाद ढकालले हङकङमा नेपाली युवाहरूका लागि सुरक्षित, मर्यादित र समुचित तलबसहितको रोजगारी उपलब्ध गराउनसक्ने सम्भावना रहेको हुँदा नेपालको अर्थतन्त्रमा रेमिट्यान्समार्फत पनि ठूलो योगदान हुनसक्ने उल्लेख गरे । ‘कामदार भिसा खुलाउने सन्दर्भमा नेपाल र हङकङ सरकारबीच द्विपक्षीय श्रम सम्झौता गर्न सकिने सम्भावना छ, जसले दीर्घकालीन समाधानको बाटो खोल्न सक्छ,’ उनले भने ।

अन्य मुलुकबाट हङकङ आउने कामदारहरूलाई अवसर दिइरहेकाले नेपालका लागि पनि समान अवसर उपलब्ध गराउन दबाब आवश्यक रहेकोमा उनले जोड दिए । हङकङ सरकारसँग विश्वास निर्माण गर्न एनआरएन हङकङ, दूतावास तथा नेपाल सरकारबीच समन्वयात्मक पहल अपरिहार्य रहेको ढकालको भनाइ थियो । भेटमा संसदीय समिति, मानव अधिकार आयोग तथा सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराई राष्ट्रिय नीति निर्माण तहमासमेत छलफलको एजेण्डा बनाउन जरुरी रहेकाले आवश्यक पहल अघि बढाउन मन्त्री भण्डारीसमक्ष अनुरोध गरिएको थियो ।

रसियामा पुनः श्रम स्वीकृति खुला गर्न माग
गैरआवासीय नेपाली संघले रसियाका लागि पुनः श्रम स्वीकृति खुला गर्न माग गरेको छ । संघकी महिलासचिव राधिका गुरुङ नेतृत्वको प्रतिनिधिमण्डलले शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई भेटेर यस्तो माग राखेको हो ।
उक्त भेटमा प्रतिनिधिमण्डलले लामो समयदेखि रसियामा पुनः श्रम स्वीकृति बन्द अवस्थामा रहेको भन्दै तत्काल त्यसलाई खुला गर्न श्रममन्त्री भण्डारीसमक्ष अनुरोध गरेको थियो । संघका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजेन्द्रकुमार राउतले तत्कालीन अवस्थालाई ध्यानमा राखी नेपाल सरकार मन्त्रिपरिषद्ले गरेको निर्णयमा पुनरवलोकनका लागि पहल गरी श्रम स्वीकृति कार्र्य तत्काल खुला गरिदिन अनुरोध गरेका थिए ।

जवाफमा मन्त्री भण्डारीले रुसका लागि छिट्टै श्रम स्वीकृति खुलाउन आफू सकारात्मक रहेकोले कहाँ के भएर रोकिरहेको हो पुनः आवश्यक पहल गर्ने बताए । वैदेशिक रोजगारीका लागि जान चाहने नेपाली कामदारका लागि श्रम स्वीकृति प्रदान गर्दा युद्धरत देश रुसमा सेनामा सहभागी हुनसक्ने सम्भावना रहेको र सोबाट सिर्जना हुनसक्ने मानवीय जोखिम रहेको भन्दै २०८० पुस १९ मा वैदेशिक रोजगार विभागले रुसका लागि श्रम स्वीकृति दिन रोकेको थियो । यस सम्बन्धमा संघले पटक–पटक श्रम तथा परराष्ट्र मन्त्रालयको समेत ध्यानाकर्षण गराउँदै आएको छ ।

सोही भेटका क्रममा पछिल्लो समय रोमनिया, क्रोयसियालगायतका युरोपेली मुलुकमा आकर्षक काम र तलवको प्रलोभन देखाएर ठगी गर्ने र उनीहरुलाई अलपत्र पार्ने गरेको विषयमा पनि मन्त्री भण्डारीको ध्यानाकर्षण गराइएको संघले जानकारी दिएको छ । 
 


प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  ०९:५५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
‘युएईले भिसा बन्द गरेको अस्थायी हो, आत्तिनु पर्दैन’
‘युएईले भिसा बन्द गरेको अस्थायी हो, आत्तिनु पर्दैन’ सोमबार, असोज ६, २०८२
कोरियामा पाँच वर्षयता बढ्यो कार्यस्थल दुर्घटनामा पर्ने कामदारको संख्या
कोरियामा पाँच वर्षयता बढ्यो कार्यस्थल दुर्घटनामा पर्ने कामदारको संख्या सोमबार, असोज ६, २०८२
साउन-भदौमा रोजगारीका लागि विदेसिए झण्डै डेढ लाख युवा
साउन-भदौमा रोजगारीका लागि विदेसिए झण्डै डेढ लाख युवा आइतबार, असोज ५, २०८२
साउनमा भित्रियो पौने दुई खर्ब रेमिट्यान्स 
साउनमा भित्रियो पौने दुई खर्ब रेमिट्यान्स  शुक्रबार, असोज ३, २०८२
जेन-जी आन्दोलनपछि युएईले रोक्यो नेपाली नागरिकलाई भिसा
जेन-जी आन्दोलनपछि युएईले रोक्यो नेपाली नागरिकलाई भिसा बिहीबार, असोज २, २०८२
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा? बुधबार, असोज १, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
रौतहटको सीमावर्ती क्षेत्रबाट साढे तीन क्विन्टल गाँजासहित गाडी नियन्त्रणमा
रौतहटको सीमावर्ती क्षेत्रबाट साढे तीन क्विन्टल गाँजासहित गाडी नियन्त्रणमा
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP