Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #वैदेशिक राेजगार
  • #टेलिकमको ‘अफर’
  • #सतिशकुमार_सिंह
  • #नारायणगढ–मुग्लिन सडक
  • #भोजपुर
  • #मिस्टर_नेपाल
  • #एनआरएनए_सहयाेग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
जेन–जी आन्दोलनको प्रभाव युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
ममता थापा
ममता थापा मंगलबार, असोज ७, २०८२

काठमाडौं-  गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनी तथा जेलबाट कैदीबन्दी भागेको घटनालाई लिएर विभिन्न मुलुकले नेपाली नागरिकलाई भिसामा कडाइ गरेसँगै वैदेशिक रोजगार क्षेत्र प्रभावित हुने चिन्ता बढेको छ । 
विशेषगरी धेरै कामदार लगिरहेका खाडी मुलुकहरुले भिसामा कडाइ गर्दा सरोकारवालाहरु चिन्तित बनेका हुन् ।

संयुक्त अरब इमिरेट्स (युएई)ले भिजिट तथा वर्किङ भिसा बन्द गरेसँगै त्यहाँ जाने तयारीमा रहेका कामदारहरु र युएईमा कामदार पठाउँदै आएका म्यानपावर कम्पनीहरु प्रभावित बनेका छन् । यता साउदी अरेबियाले पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ गरेको व्यवसायीहरुे बताएका छन् । गत सेप्टेम्बर १५ बाट युएईले भिजिट भिसा बन्द गरेलगतै वर्किङ भिसा पनि बन्द गरेको थियो । युएईले सुरुआत गरेसँगै साउदीले पनि कडाइ गर्न थालेको आशंका व्यवसायहरुले गरेका छन् । 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका तृतीय उपाध्यक्ष तथा साउदी संयोजक बैकुण्ठ पौडेल वैभव करिब दुई सातादेखि साउदीको भिसा नलागेको बताउँछन् । यद्यपि, यस बीचमा विभिन्न कारणले बिदा बढी परेकाले के भएको हो भन्ने यकीन गर्नसक्ने अवस्था नभएको उनले बताए ।

‘साउदी भिसाका लागि पेस गरिएको पासपोर्ट ‘होल्ड’ भइरहेको छ । एप्लाइ गरेकाहरूको पनि विगत दुई हप्तादेखि भिसा लागिरहेको छैन । साउदीमा पुलिस रिपोर्टसहित जाने भएकाले बन्द नै चाहिँ गर्दैन कि भन्ने हो,’ पौडेलले भने, ‘बीचमा यता आन्दोलन भयो, उता पनि नेसनल डेलगायत बिदाहरु परिरहे । कडाइ गरेजस्तो त बुझिन्छ । तर खास कुराचाहिँ बुधबार दूतावास खुलेपछि थाहा हुन्छ ।’

Hardik health

आन्दोलनका कारण कैदीहरु जेल तोडेर भागेका कारण सुरक्षाको विषयलाई ध्यानमा राख्दै युएईले भिसा रोकेको बताइएको छ । यस विषयमा आधिकारिक जानकारी भने आएको छैन । युएईले भिसा रोकेसँगै मलेसिया र कतारले पनि कडाइ गर्न थालेको बताइएको छ । तर, मलेसियामा कामदार पठाउँदै आएका व्यवसायी दीपक हालसम्म मलेसियाले भिसा दिइरहेको बताउँछन् । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्षसमेत रहेका थापाले मलेसियाको भिसा प्रक्रियामा कुनै फेरबदल नदेखिएकोले हल्लाको भरमा त्रसित नहुन आग्रह गरे ।

‘मलेसियाको मेडिकल सोमबार पनि गराएँ । भिसा एप्लाई पनि भएको छ । एप्रुभल पनि निस्किएकै छ । आजको दिनसम्म सबै काम गर्न मिलेको छ । केही परिवर्तन आएको छैन । उताबाट कुनै सूचना पनि निस्किएको छैन । यस्तो खबरलाई कसरी आधिकारिक भन्ने ?,’ उनले प्रश्न गरे । युएईबाहेकका मुलुकको भिसा ननिस्किएको भनेर कुनै व्यवसायीबाट नसुनेको उनले बताए ।

कतारमा कामदार पठाउँदै आएका व्यवसायीहरुले भिसा निरन्तर प्राप्त भइरहेको बताए । कतारको भिसा प्रणाली केही सुस्त भएर भिसा प्रिन्ट हुन ढिलाइ भए पनि कामदार लैजान रोक नलगाएको उनको भनाइ छ । उनका अनुसार सोमबार पनि कतारको भिसा स्वीकृत भएको छ ।

‘रोजगारदाता मुलुकलाई सरकारले विश्वास दिलाउनुपर्छ’
श्रमविद् रामेश्वर नेपाल जेन–जी आन्दोलनपछि नेपालीलाई हेर्ने दृष्टिकोण बदलिएको बताउँछन् । आन्दोलनअघि नेपालीहरु इमान्दार र सहनशील छन् भन्ने छवि भए पनि उक्त घटनापछि ध्वंसात्मक पनि रहेछन् भन्ने सन्देश पुगेको उनले बताए । यस्ता गतिविधिहरु देखेर विश्व श्रमबजार त्रसित हुनसक्ने र ‘ब्याकफायर’ हुनसक्ने उनको आकलन छ ।

यदि अन्य खाडी मुलुकले पनि युएईकै बाटो अवलम्बन गरे प्रत्येक वर्ष हाम्रो श्रमबजारमा आउने पाँच लाख बेरोजगार र विगतका पनि बेरोजगारलाई व्यवस्थापन गर्न कठिन हुने श्रमविद् नेपालको भनाइ छ । तथ्यांक हेर्दा युरोपको रोजगारी बढे पनि खाडीको माग नघटेकाले विभिन्न समस्या निम्त्याउन सक्ने उनले औंल्याए ।

‘लाखौंलाई खाडीले रोजगारी दिइरहेको छ । सबैभन्दा बढी श्रम स्वीकृति जहाँ हुन्छ त्यो ठाउँ नै बन्द भएपछि रोमानिया जाने दुई हजार, अन्य युरोपियन मुलुक जाने केही सयको कोटाले रोजगारीको मागलाई धान्न सक्दैन । यसले बेरोजगारीको आँधिबेहरी सिर्जना गर्छ । दोस्रो, नरोकिएको मुलुकमा मानव तस्करी र बेचबिखनका घटना बढ्छ,’ श्रमविद् नेपालले भने, ‘तेस्रो, लाखौं लाखको ढोका बन्द हुँदा खुला भएको ठाउँमा पठाउनका लागि रिक्र्युटरले श्रमिकसँग लिने शुल्क बढाउने भए, अनि दुव्र्यवहारका घटना पनि बढ्छ जस्तो लाग्छ ।’

यस्तो अवस्था आउन नदिन सरकारले विभिन्न भूमिका खेल्नुपर्ने उनको सुझाव छ । ‘सरकारले जेलबाट भागेकाहरुलाई तिम्रो देशमा आउन दिँदैनौ, उनीहरुलाई श्रम स्वीकृति नै दिँदैनौं भनेर विश्वास दिलाउनुपर्छ । अर्को, हामीलाई अप्ठ्यारो परेको बेलामा सहयोग चाहिएको बेलामा यस्तो नगरिदेऊ भनेर दरिलो कूटनीतिक पहल गर्नुपर्छ,’ श्रमविद् नेपालले भने, ‘तेस्रोमा, नयाँ गन्तव्यहरु खोजी गर्नुपर्छ ।’
 


प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२  ०९:१२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
‘युएईले भिसा बन्द गरेको अस्थायी हो, आत्तिनु पर्दैन’
‘युएईले भिसा बन्द गरेको अस्थायी हो, आत्तिनु पर्दैन’ सोमबार, असोज ६, २०८२
कोरियामा पाँच वर्षयता बढ्यो कार्यस्थल दुर्घटनामा पर्ने कामदारको संख्या
कोरियामा पाँच वर्षयता बढ्यो कार्यस्थल दुर्घटनामा पर्ने कामदारको संख्या सोमबार, असोज ६, २०८२
साउन-भदौमा रोजगारीका लागि विदेसिए झण्डै डेढ लाख युवा
साउन-भदौमा रोजगारीका लागि विदेसिए झण्डै डेढ लाख युवा आइतबार, असोज ५, २०८२
साउनमा भित्रियो पौने दुई खर्ब रेमिट्यान्स 
साउनमा भित्रियो पौने दुई खर्ब रेमिट्यान्स  शुक्रबार, असोज ३, २०८२
जेन-जी आन्दोलनपछि युएईले रोक्यो नेपाली नागरिकलाई भिसा
जेन-जी आन्दोलनपछि युएईले रोक्यो नेपाली नागरिकलाई भिसा बिहीबार, असोज २, २०८२
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा? बुधबार, असोज १, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
रौतहटको सीमावर्ती क्षेत्रबाट साढे तीन क्विन्टल गाँजासहित गाडी नियन्त्रणमा
रौतहटको सीमावर्ती क्षेत्रबाट साढे तीन क्विन्टल गाँजासहित गाडी नियन्त्रणमा
साउन-भदौमा रोजगारीका लागि विदेसिए झण्डै डेढ लाख युवा
साउन-भदौमा रोजगारीका लागि विदेसिए झण्डै डेढ लाख युवा
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP