Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
समाचार
  • Home
  • समाचार
  • पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ १९, २०८२

मैले इन्दिरा गोलेसँग पाँच भाइ छोरा, तेमे ह्वापाजस्ता थुप्रै गीत गाएको छु । भर्सटाइल गायिका हुनुहुन्छ उहाँ । स्टेजमा त दमदार प्रस्तुति दिने जोडा नै हो मेरो । अहिले मलाई एउटा खुट्टा भाँचिएजस्तो लागिरहेको छ । तामाङ गीतसंगीतको माता नै गुमाएका छौं । 
प्रेम लोप्चन
सेलो गायक
 

काठमाडौं- नेपाली लोक तथा तामाङ सेलो गरी करिब पाँच हजार गीतमा स्वर दिएकी गायिका इन्दिरा गोलेको निधन भएको छ । क्यान्सर रोगसँग संघर्षरत उनको मंगलबार राति ललितपुरको हात्तीवनस्थित निवासमा निधन भएको हो ।

नेपाली लोक गायन र तामाङ भाषाको गायनमा ३७ वर्ष समय बिताएकी उनको बुधबार स्वयम्भूमा अन्त्येष्टि गरिएको नेपाल तामाङ कलाकार संघले जानकारी दिएको छ । गायिका गोलेको निधनले नेपाली गीत र तामाङ गीतसंगीत क्षेत्रमा अपूरणीय क्षति पुगेको संघका अध्यक्ष विशाल काल्तानले बताए । ‘दुई वर्षदेखि क्यान्सरसँग लडिरहनुभएको थियो । हामीले उहाँलाई बचाउन सकेनौं,’ अध्यक्ष काल्तानले भने ।

उहाँ तामाङ कलाकार संघको चौथो अध्यक्ष हुनुभयो । नेपाली लोकसंगीतको स्रस्टा हुनुहुन्थ्यो । तामाङ गीतसंगीतको त आमा नै हुनुहुन्छ । तामाङ सांगीतिक आकाशको तारा अस्ताएको छ । हाम्रो संस्थापक उपाध्यक्ष अनि सल्लाहकार, हामीले अभिभावक गुमाएका छौं । 
विशाल काल्तान
अध्यक्ष, तामाङ कलाकार संघ

Hardik health

हात्तीवनबाट अन्तिम श्रद्धाञ्जलीका लागि गायिका गोलेको शवलाई सानो गौचरणस्थित नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा ल्याइएको थियो । प्रतिष्ठानमा उनलाई नेपाल तामाङ घेदुङ, तामाङ कलाकार संघलगायत संघसंस्थाले आफ्नो झण्डा ओडाएर सम्मानसहित श्रद्धाञ्जली अर्पण गरे । श्रद्धाञ्जलीसभामा कलाकारहरुका साथै विभिन्न क्षेत्रका शुभचिन्तकहरु ठूलो संख्यामा उपस्थित भए । त्यसपछि प्रतिष्ठानबाट गायिका गोलेको शवलाई अन्तिम संस्कारका लागि स्वयम्भू लगिएको थियो ।

पछिल्लो एक वर्ष उपचार गर्दै उनी स्टेज कार्यक्रमहरुमा सक्रिय देखिन्थिन् । यद्यपि, क्यान्सरले गाँज्दै ल्याएपछि पछिल्लो दुई महिनायता उनी घरमै उपचाररत थिइन् ।तामाङ कलाकार संघकी संस्थापक उपाध्यक्षहुँदै एक कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालेकी गोलेको निधनले अपूरणीय क्षति पुगेको संघका अध्यक्ष काल्तानले बताए । ‘उहाँ तामाङ कलाकार संघको चौथो अध्यक्ष हुनुभयो । नेपाली लोकसंगीतको स्रस्टा हुनुहुन्थ्यो । तामाङ गीतसंगीतको त आमा नै हुनुहुन्छ । तामाङ सांगीतिक आकाशको तारा अस्ताएको छ । हामीले अभिभावक गुमाएका छौ,’ काल्तानले भने ।

ललितपुरको कोन्ज्योसोम गाउँपालिका भारदेउमा २०२३ कात्तिक ३ मा जन्मिएका उनको विवाह संगीतकार पूर्ण गुरुङसँग भएको थियो । मिर्गौलामा संक्रमण भएपछि गुरुङको यसअघि नै निधन भएको थियो । इन्दिरा तामाङ सेलोमामात्र नभई नेपाली लोकगीत, लोकभाका, देउडा, तामाङ भाषाको गीत, टप्पलगायत सबै गीतमा पोख्त रहेको उनका समकालीन गायक प्रेम लोप्चन बताउँछन् । ‘लोकभाका, देउडा, तामाङ सेलो, तामाङ भाषाको गीत, टप्प सबै गीत गाउनुहुन्थ्यो । उहाँजस्तो त हामीले कहाँ पाउला र अब !,’ गायक लोप्चनले भने । 

स्टेजमासमेत उनको प्रस्तुति दमदार रहने गरेको लोप्चन सम्झिन्छन् । ‘मैले इन्दिरा गोलेसँग पाँच भाइ छोरा, तेमे ह्वापाजस्ता थुप्रै गीत गाएको छु । भर्सटाइल गायिका हुनुहुन्थ्यो उहाँ । स्टेजमा त दमदार प्रस्तुति दिने जोडा नै हो मेरो । अहिले मलाई एउटा खुट्टा भाँचिएजस्तो लागिरहेको छ,’ लोप्चनले भने । गायिका गोलेको निधनबाट आफू स्तब्ध भएको लोकगायक नवराज घोरासैनीले बताए । गीतसंगीतमा लाग्दा आफू माद्यपानतिर ढल्किँदा गायिका गोलेले सुधारको बाटो हिँड्न सुझाएको घोरासैनी बताउँछन् । ‘हामीले लामो यात्रा गर्याैयौं। उहाँले मलाई धेरै सुझाव दिनुहुन्थ्यो,’ घोरासैनी भन्छन्, ‘उहाँको टोन हीराजस्तै थियो । त्यो भेटिन्न अब । एउटा इतिहास ढल्यो ।’ घोरासैनीसँग गोलेले ‘चाँगुनारायण थान’ जस्ता लोकप्रिय गीत गाएकी थिइन् । 

गोलेको निधनले नेपाली गीत संगीतको धरोहर ढलेको लोकगायक रेशम थापा बताउँछन् । ‘गीत संगीतको धरोहर नै हो उहाँ । काँठेमात्र नभएर कौडादेखि देउडासम्म गाउनुहुन्थ्यो । धैरै खुबीवान् गायिका हुनुहुन्थ्यो,’ थापाले भने । पछिल्लो समय गोलेले आफू क्यान्सरबाट निको भइसकेको भनेर आफूलाई सुनाएको थापा सम्झन्छन् । 

गलैंचा बुन्दाबुन्दै गायनतिर
इन्दिराले गाउँमा पढ्न पाइनन् । सानैदेखि मेलापातमा, जात्रामा गीत गाउने गरेकी उनी १३ वर्षको उमेरमा जावलाखेल आइपुगिन् । जावलाखेलमा फुपूहरुसँग बसेर गलैंचा बुन्दै उनले गीत संगीतको कक्षा लिइन् । 
त्यहीँबाट उनको गायन यात्रा अझ निखारिन पुगेको सेलो गायक लोप्चन सम्झन्छन् । ‘जात्रामा दोहोरी उत्तिकै जम्ने उहाँले गीत संगीतको कक्षा पनि लिनुभयो,’ लोप्चन भन्छन्, ‘त्यसपछि त के चाहियो र ! उहाँको स्वरमा धमाधम गीत रेकर्ड हुन थाल्यो ।’ उनको स्वरमा जातीय उत्पीडन र जागरणका गीतहरु पनि आए । जसका कारण इन्दिरा भूमिगतसमेत हुनुपरेको थियो । २०५२-५३ सालतिर रोज मोक्तानको एल्बम्मा रहेको ‘को-म्हेन्दो’ बोलको तामाङ गीत चन्द्रकुमार दोङसँग रेकर्ड गराइन् । यो गीत अझै पनि तामाङ समुदायमा चर्चित छ । अहिले यो गीत ‘देउराली गङ्री बुगिला म्हेन्दो’ शीर्षकमा युट्युबमा सुन्न पाइन्छ । 

२०४५ बाट गायन सुरु गरेकी उनले चाँगुनारायण थान, जाइफूलको वासना, घर त छाउनीमा, सफा ट्याम्पुरी, हुक्का चिलिमले, आज मलाई उनीको पछ्यौरी, होइ ताङ्बा, गाङ ग्याब्सेला, हाम्रो डम्फु सेलो, होइसेर, नाच्यो माइच्याई तिमी डम्फुको तालैमालगायत गीतहरू सदाबहार चर्चित छन् ।

अन्तिम संस्कारमा राज्यको बेवास्ता
नेपाली गायन क्षेत्रमा योगदान गरेकी गायिका गोलेको निधनमा राज्यले भने बेवास्ता गरेको छ । चर्चित कलाकारको निधनमा नेपाल प्रज्ञा प्रतिष्ठान वा राष्ट्रिय नाचघरमा श्रद्धाञ्जलीका लागि राखिने गरिन्छ । यद्यपि, गायिका गोलेको निधनमा राज्यले बेवास्ता गरेको भन्र्द शुभेच्छुकहरुले गुनासो गरेका छन् ।

हरेक कलाकारको निधनमा शक्ति केन्द्र धाउनुपर्ने र हारगुहार गर्नुपर्ने भएकोले गोलेले राज्यबाट केही नपाएको सेलो गायक लोप्चन बताउँछन् । ‘राजनीतिक शक्तिमा भएकाहरु आएनन् । राज्यले दिनुपर्ने सम्मान पनि केही दिएन,’ उनले भने ।  विभिन्न अवस्थामा राज्यको शक्तिशाली पदमा पुग्नेहरुले कलाकारको कलाबाट फाइदा लिने तर यस्ता अवस्थामा बेवास्ता गरिने गरेको तामाङ कलाकार संघका अध्यक्ष काल्तान बताउँछन् । ‘राज्यले केही हेरेन । इन्दिरा दिदीको निधनमामात्र हैन अरु कलाकारलाई पनि कतै सम्मान दिएको देखिन्न,’ काल्तानले गुनासो गरे ।
 


प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२  १०:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘पारिजात’ गीत सार्वजनिक
‘पारिजात’ गीत सार्वजनिक मंगलबार, भदौ २, २०८३
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक सोमबार, भदौ १, २०८३
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन आइतबार, साउन ३१, २०८३
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल  
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल   आइतबार, साउन ३१, २०८३
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक शुक्रबार, साउन २९, २०८३
‘ए मैना सुनन’ गीत सार्वजनिक
‘ए मैना सुनन’ गीत सार्वजनिक बिहीबार, साउन २८, २०८३
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP