Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #एनपिएल
  • #जुडो
  • #सकुन_सुनुवार
  • #मानव अधिकार दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नयाँ दलमा पारिवारिक झमेला
नयाँ दलमा पारिवारिक झमेला
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन आइतबार, जेठ ४, २०८२

 

  •  नागरिक उन्मुक्तिमा रेशम–रञ्जिताबीच बेमेल, एक मन्त्रीका लागि दुई सांसदको नाम
  •  जनमत अध्यक्ष सिके र श्रीमती सिन्धु रानीको सम्बन्ध टुट्यो 
  •  नेतृत्व नै पारिवारिक झगडामा रुमलिँदा संकटमा नयाँ दल
  •  रेशम–रञ्जिता झगडाले नागरिक उन्मुक्ति र जनमत एकतामा ढिलाइ

काठमाडौं– नागरिक उन्मुक्ति (नाउपा) पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र पार्टीका संरक्षक रेशमलाल चौधरीले सुदूरपश्चिम प्रदेश सरकारमा एक मन्त्रीका लागि दुई जना सांसदलाई अघि सारेका छन् । मन्त्री नियुक्त गर्नुपर्ने एक जना भए पनि दुई जनाको नाम आएपछि मुख्यमन्त्री कमलबहादुर शाहलाई मन्त्री नियुक्त गर्न उल्झन परेको छ । 

रेशम र रञ्जिता श्रीमान्–श्रीमती हुन् । उनीहरूबीच बेमेल छ । त्यही भएर रञ्जिताले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सांसद कैलाश चौधरीलाई मन्त्रीका लागि सिफारिस गरेकी छन् । रञ्जिताको यो कदममा रेशम र उनी पक्षको गम्भीर असहमति छ । उनले कैलाशलाई मन्त्री बनाउने निर्णयको विरोध गरेका छन् । 

पार्टी सांसद गंगाराम चौधरी भने दुई नेताबीच खासै असमझदारी नभएको बताउँछन् । तर, मन्त्री सिफारिसमा भने केही समस्या देखिएको बताए । छिट्टै मन्त्रीको विषय समाधान हुने पनि उनको भनाइ छ । ‘अध्यक्षज्यूले माननीय कैलाश चौधरीको नाम सिफारिस गर्नुभयो । तर, संरक्षकज्यूले विनाछलफल सिफारिस गर्नु गलत हो । यो प्रक्रियाबद्ध होइन भनेर भन्नुभएको छ,’ उनले प्रभावसँग भने, ‘यो विषय छिट्टै सल्टिन्छ, धेरै जाँदैन ।’

Hardik health

मन्त्रीका लागि रेशम समूहले घनश्याम चौधरीलाई अगाडि सारेको हो । उनी नाउपा सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता पनि हुन् । पूर्वमन्त्रीसमेत रहेका उनी फेरि मन्त्री हुन चाहन्छन् । संसदीय दलमा बहुमत पनि रेशम र उनको पक्षमा छ । तर, अध्यक्ष रञ्जिताले आफूनिकट कैलाशलाई सिफारिस गर्दा लफडा भएको हो, जसले गर्दा मन्त्री नियुक्ति सम्भव भएको छैन ।

उसो त नागरिक उन्मुक्ति पार्टीमा यो विवाद पहिलो न अन्तिम । रेशम–रञ्जिता कलहको एउटा परिघटना मात्रै हो । उनीहरूबीचको कलहले पश्चिम तराईबाट देशको राजनीतिमा उदाएको दल नाउपालाई संकटोन्मुख बनाएको छ । पुराना दलहरूको गढ भत्काउँदै राजनीतिमा उदय यो दलको स्थापनाकै बेलादेखि रञ्जिता र रेशम कमाण्डर हुन् । खुला मोर्चामा अध्यक्ष रञ्जिता र आन्तरिक मोर्चामा संरक्षक रेशम प्रभावी छन् । यी दुईबीच शक्ति संघर्ष विगतदेखि नै जारी छ । एकले अर्कालाई पार्टीको कार्यकारी भूमिकामा अस्वीकार गर्दै आएका छन् । 

नाउपा थारुवान आन्दोलन र ७ भदौ २०७२ मा भएको टीकापुर घटना र त्यसपछि भएका परिघटनाको जगमा स्थापित स्थापित भएको हो । यतिबेला भने उक्त दल रेशम–रञ्जिताको घर झगडाको सिकार भएको छ ।नाउपाका एक नेताका अनुसार नाउपा र जनमत पार्टीबीचको एकता ढिलाइमा पनि रेशम–रञ्जिता झगडा कारक छ । उनले भने, ‘रञ्जिता जनमतसँगको एकतामा अध्यक्ष सिकेकै हैसियतमा रहन चाहन्छिन् । नभए, पार्टी एकता गर्ने उनको चाहना छैन ।’

यसअघि २७ पुस २०८० मा टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनबाट अध्यक्षमा रेशम निर्विरोध निर्वाचित भएका थिए । त्यसबेला रञ्जिता असन्तुष्ट हुँदै बन्दसत्र छाडेर हिँडेकी थिइन् । तर, निर्वाचन आयोगले दुई महिना नबित्दै २४ फागुनमा रेशम सदस्य हुन पनि अयोग्य भएको निर्णय गरेको थियो ।आयोगको सो निर्णयसँगै नाउपाको अध्यक्षमा रञ्जिता फर्किन् । तर, त्यसयता श्रीमान्–श्रीमतीको शक्ति संघर्ष पार्टी र सत्तामा देखिएको छ । मूलतः थारुहरूले पुराना दलहरू कांग्रेस, एमाले, माओवादी, राप्रपा, जसपाजस्ता दलहरूविरुद्ध विद्रोह गर्दा स्थापित भएको दल नाउपालाई संकटतर्फ धकेलेको देखिएको ती नेता बताउँछन् । यसरी पश्चिम तराईबाट उदाएको दल नाउपामा श्रीमान्–श्रीमती झगडाको प्रभाव पार्टी र सत्तामा देखिएको छ । 

यता मधेसमा गत चुनावबाटै उदाएको दल जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउत पनि पारिवारिक झमेलामा अल्झिए । जबकि, जनमतलाई मधेसका जनताले जनता समाजवादी पार्टी (जसपा)को विकल्पमा अघि सारेको हो । तर, पार्टी अध्यक्ष राउत र श्रीमती सोनी सिन्धु रानीसँग सम्बन्ध राम्रो भएन । बेमेलपूर्ण सम्बन्धपछि १२ भदौ २०८१ मा राउतले नै पत्नी रानीसँग कानुनीरुपमा अलग हुनका लागि ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरे । सो मुद्दामा गत ११ वैशाखमा न्यायाधीश निर्मला योङ्याको एकल इजलासमा सहमतिमै दुवै अलग हुन तयार भए । यससँगै मधेसबाट वैकल्पिक नेताको रूपमा राष्ट्रिय राजनीतिमा देखिएका राउतको सम्बन्ध श्रीमती सोनीसँग टुटेको छ ।
 


प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  ०९:३८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमालेको महाधिवेशनः नेतादेखि प्रतिनिधिको दौडधूप, चहलपहल वृद्धि
एमालेको महाधिवेशनः नेतादेखि प्रतिनिधिको दौडधूप, चहलपहल वृद्धि शुक्रबार, मंसिर २६, २०८२
महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे
महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे शुक्रबार, मंसिर २६, २०८२
झापाबाट महामन्त्री शर्मासहित ६६ जनाको नाम सिफारिस
झापाबाट महामन्त्री शर्मासहित ६६ जनाको नाम सिफारिस शुक्रबार, मंसिर २६, २०८२
कांग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने
कांग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने शुक्रबार, मंसिर २६, २०८२
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती  शुक्रबार, मंसिर २६, २०८२
जसपा नेपालले केन्द्रीय नेतालाई निर्वाचन केन्द्रित गर्दै
जसपा नेपालले केन्द्रीय नेतालाई निर्वाचन केन्द्रित गर्दै बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशनः पार्टी कार्यालयमा बढ्यो चहलपहल
एमाले महाधिवेशनः पार्टी कार्यालयमा बढ्यो चहलपहल बिहीबार, मंसिर २५, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP