काठमाडौं - आज सुनको मूल्य तोलामा पाँच सय रूपैँयाले घटेको छ ।
आज सुनको मूल्य प्रतिताेला रु एक लाख ८४ हजार ८०० सय रूपैँया कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । हिजाे एक तोला सुनको मूल्य रु एक लाख ८५ हजार ३०० रूपैँया कायम भएको थियाे ।
त्यसैगरी,महासंघका अनुसार एक तोला चाँदीकाे मूल्य १५ रूपैँयाले बढेर रु एक हजार ९४५ मा बेचबिखन भइरहेको छ । अघिल्लाे दिन एक तोला चाँदी रु एक हजार ९२५ मा खरिदबिक्री भएको थियो ।