काठमाडौं - आज सुनको मूल्य तोलामा तीन हजार पाँच सय रूपैँयाले घटेको छ ।
आज सुनको मूल्य प्रतिताेला रु एक लाख ८१ हजार ८०० सय रूपैँया कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
हिजाे एक तोला सुनको मूल्य रु एक लाख ८५ हजार ३०० रूपैँया कायम भएको थियाे ।
त्यसैगरी,महासंघका अनुसार एक तोला चाँदीकाे मूल्य ३५ रूपैँयाले घटेर रु एक हजार ९२५ मा बेचबिखन भइरहेको छ । अघिल्लाे दिन एक तोला चाँदी रु एक हजार ९६० मा खरिदबिक्री भएको थियो ।