Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
  • #फ्रेन्च_फ्राइज
  • #लायन्सकाे_एन्थम
Search Here
विश्व
  • Home
  • विश्व
  • युद्धविरामको अल्टिमेटमपछि युक्रेन वार्ताका लागि युरोपेली मन्त्रीहरूको आयोजना गर्दै बेलायत
युद्धविरामको अल्टिमेटमपछि युक्रेन वार्ताका लागि युरोपेली मन्त्रीहरूको आयोजना गर्दै बेलायत
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख २९, २०८२

लन्डन - युक्रेनका सहयोगीहरूले मस्कोलाई युद्धविराम स्वीकार गर्न माग गरेको दुई दिनपछि बेलायतले सोमबार युरोपेली मन्त्रीहरूलाई ‘रूसी आक्रामकतालाई रोक्न’ मा ‘महत्त्वपूर्ण’ वार्ताका लागि स्वागत गर्नेछ ।फ्रान्स, जर्मनी, इटाली, पोल्यान्ड, स्पेन र युरोपेली सङ्घ (इयु) का प्रतिनिधिहरू तथाकथित ‘वाइमर+’ समूहको बैठकमा विदेशमन्त्री डेभिड लामीसँग लन्डनमा सामेल हुनेछन् ।

युक्रेन र रुसबीचको युद्ध र सामान्यतया राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा युरोपेली सुरक्षाप्रति अमेरिकी नीतिलाई परिवर्तन गरेको प्रतिक्रियामा यो गठबन्धन फेब्रुअरीमा गठन गरिएको थियो । फ्रान्स, जर्मनी, पोल्यान्ड र बेलायतका नेताहरूले शनिबार किएभको भ्रमण गरेपछि यो बैठक भएको हो । किएभमा उहाँहरूले रूसलाई शान्ति वार्ताका लागि अनुमति दिन बिना शर्त ३० दिनको युद्धविराममा सहमत हुन आह्वान गर्नुभएको थियो । उहाँहरूका अनुसार त्यो अमेरिकाले समर्थन गरेको प्रस्ताव थियो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार मे १५ (जेठ १ गते) मा इस्तानबुलमा युक्रेनसँग प्रत्यक्ष वार्ताको प्रस्ताव राख्नुभएको थियो तर ३० दिनको युद्धविरामका लागि युरोपेली आह्वानको जवाफ दिनुभएको थिएन । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले टर्कीमा पुटिनलाई भेट्न तयार हुने बताए तर रुसले युरोपेली प्रस्ताव अस्वीकार गरेमा उहाँ अझै पनि उपस्थित हुने कि नहुने भन्नेबारे बताएनन् ।लामीले रुसको आक्रमणलाई समर्थन गर्नेहरूलाई लक्षित गर्दै थप प्रतिबन्धहरूको घोषणा गर्ने अपेक्षा गरिएको लन्डन बैठक, वाइमर+ समूहको छैठौँ बैठक र बेलायतद्वारा आयोजित पहिलो बैठक हुनेछ ।

अस्तित्वगत चुनौती 

Hardik health

वार्ताले ‘रुसी आक्रामकतालाई कम गर्ने र युरोपेली सुरक्षालाई सुदृढ पार्ने’ कुरा समेट्ने बेलायतको विदेश मन्त्रालयले जनाएको छ ।उनीहरूले ‘युरोपेली सुरक्षालाई बलियो बनाउन र युक्रेनका लागि न्यायपूर्ण र स्थायी शान्ति सुनिश्चित गर्न हाम्रो संयुक्त प्रयासहरू’ मा ध्यान केन्द्रित गर्ने मन्त्रालयले बताएको छ ।

लामीसँग उहाँका जर्मन, स्पेनी र पोलिश समकक्षीहरू सामेल हुनेछन् भने फ्रान्सको प्रतिनिधित्व युरोपका लागि मन्त्री बेन्जामिन हदादले गर्नेछन्  । युरोपेली सङ्घ (इयु) का शीर्ष कूटनीतिज्ञ काजा कालासले पनि भाग लिनेछन्  ।

“युरोपेली नेताहरूले हाम्रो महाद्वीपको सामूहिक सुरक्षाका लागि पुस्तामा एक पटक आउने क्षणको सामना गरिरहेका छन्”, लाम्मीले वार्ताअघि भने, “आज हामीले सामना गर्ने चुनौती युक्रेनको भविष्यका बारेमा मात्र होइन–यो सम्पूर्ण युरोपका लागि अस्तित्वगत छ, सार्वभौमसत्ता, शान्ति र युक्रेनको रक्षाका लागि हामी एकसाथ उभिनुपर्छ भन्ने कुरा स्पष्ट पार्न मैले हाम्रा साथी र साझेदारहरूलाई लन्डन ल्याएको छु ।”

युद्धविराम योजना 

युरोपेली नेताहरूले इस्तानबुलमा प्रत्यक्ष वार्ताका लागि पुटिनको प्रस्तावप्रति संदेहका साथ प्रतिक्रिया व्यक्त गरेका छन् । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले पुटिनले केवल ‘समय किन्न खोजिरहेका’ भनी चेतावनी दिए ।  “परिभाषाअनुसार बिना शर्त युद्धविराम वार्ताद्वारा पूर्वनिर्धारित हुँदैन”, उनले युक्रेनबाट फर्किंदा पोलिश सहर प्रजेमिस्लमा ट्रेनबाट निस्किँदै पत्रकारहरूलाई भने।

 उनले आइतबार पछि एलिसीबाट एक वक्तव्यमा आफ्नो स्थिति दोहोर्‍याए । पुटिन र जेलेन्स्कीबीचको वार्ता अघि ‘युद्धविरामको आवश्यकता’ मा जोड दिए  ।आइतबार लामीसँगको फोन वार्तामा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वासिङ्टनको ‘शीर्ष प्राथमिकता लडाइँको अन्त्य र तत्काल युद्धविराम हो’ भनेको विदेश मन्त्रालयलका प्रवक्ता ट्यामी ब्रुसले बताए ।

किएभ र यसका सहयोगीहरूलाई जेलेनस्कीसँग झगडा भएका कारण ट्रम्प मस्कोतिर अग्रसर हुँदै छन् भन्ने डर थियो, तर हालै ट्रम्पले पुटिनप्रति बढ्दो अधीरता व्यक्त गरेका छन्  । 


प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  १२:३७
प्रतिक्रिया दिनुहोस्
थप विश्व
पहिलाे पटक  न्यूयोर्क सिटीको मेयरमा मुस्लिम नेता माम्दानी चयन
पहिलाे पटक न्यूयोर्क सिटीको मेयरमा मुस्लिम नेता माम्दानी चयन बुधबार, कात्तिक १९, २०८२
अनिल अम्बानीको सम्पत्ति जफत
अनिल अम्बानीको सम्पत्ति जफत बुधबार, कात्तिक १९, २०८२
युक्रेनलाई थप तीन अर्ब युरो सैन्य सहयोग जर्मनीले गर्ने
युक्रेनलाई थप तीन अर्ब युरो सैन्य सहयोग जर्मनीले गर्ने बुधबार, कात्तिक १९, २०८२
रोमको ऐतिहासिक टावर भत्किँदा थुनिएका मजदुरको मृत्यु
रोमको ऐतिहासिक टावर भत्किँदा थुनिएका मजदुरको मृत्यु मंगलबार, कात्तिक १८, २०८२
विश्‍व शान्ति प्रार्थना महोत्सव  भुटानमा सुरु
विश्‍व शान्ति प्रार्थना महोत्सव  भुटानमा सुरु मंगलबार, कात्तिक १८, २०८२
जर्मनीको ‘माइक्रोफोन कूटनीति’ प्रति चिनियाँ विदेशमन्त्री वाङ यीको असन्तुष्टि
जर्मनीको ‘माइक्रोफोन कूटनीति’ प्रति चिनियाँ विदेशमन्त्री वाङ यीको असन्तुष्टि मंगलबार, कात्तिक १८, २०८२
उत्तर कोरियाका पूर्व राष्ट्रप्रमुख किम योङ नामको ९७ वर्षको उमेरमा निधन
उत्तर कोरियाका पूर्व राष्ट्रप्रमुख किम योङ नामको ९७ वर्षको उमेरमा निधन मंगलबार, कात्तिक १८, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
सर्वसाधारण यात्रुलक्षित टेलिकमकाे फ्रि वाइफाइ  सञ्चालन
सर्वसाधारण यात्रुलक्षित टेलिकमकाे फ्रि वाइफाइ  सञ्चालन
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP