Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विकास तामाङ
  • #नेकपा एमाले
  • #आदिवासी जनजाति क्लस्टरबाट अइन्द्रसुन्दर नेम्बाङ र आदिवासी जनजाति महिला क्लस्टरबाट भूमिका सुब्बा तथा आशारत्न जबेगु
  • #फोनिज
  • #गगनकुमार थापा
  • #एमाले महाधिवेशन
  • #नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेश
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #टेलिग्राम
Search Here
विश्व
  • Home
  • विश्व
  • उत्तर कोरियाका पूर्व राष्ट्रप्रमुख किम योङ नामको ९७ वर्षको उमेरमा निधन
उत्तर कोरियाका पूर्व राष्ट्रप्रमुख किम योङ नामको ९७ वर्षको उमेरमा निधन
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक १८, २०८२

एएफपी– उत्तर कोरियाको तथाकथित ‘रबर स्ट्याम्प संसद्’ का पूर्व प्रमुख तथा नाममात्रको राष्ट्रप्रमुखका रूपमा दुई दशकभन्दा बढी समयसम्म सेवा गरेका किम योङ नामको ९७ वर्षको उमेरमा निधन भएको छ । उहाँको निधन बहु-अंग विफलताका कारण भएको आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) ले जानकारी दिएको हो ।

किमले सन् १९९८ देखि २०१९ सम्म सर्वोच्च जनसभा (सुप्रिम पिपुल्स एसेम्बली) को प्रेसिडियमको अध्यक्षका रूपमा कार्य गरेका थिए । उक्त पदले उनलाई राष्ट्रको औपचारिक प्रमुखको रूपमा प्रतीकात्मक जिम्मेवारी प्रदान गरेको थियो । यद्यपि, वास्तविक सत्ता र निर्णय गर्ने अधिकार तत्कालीन नेता किम जोङ इल र पछि उनका छोरा, हालका सर्वोच्च नेता किम जोङ उनको हातमा केन्द्रित रहेको थियो ।

केसिएनएका अनुसार किम जोङ उनले ‘उनको निधनप्रति गहिरो शोक व्यक्त गर्न’ व्यक्तिगत रूपमा श्रद्धाञ्जली अर्पण गरेका छन् ।  उनले दरबार भ्रमण गरी शोकाकुल परिवारलाई सान्त्वना दिएको समाचारमा उल्लेख छ । एक सार्वजनिक फोटोग्राफमा किम जोङ उन वरिष्ठ अधिकारीहरूबीच उभिदै काँचको कफिनभित्र राखिएका किम योङ नामको पार्थिव शरीरअगाडि मौन श्रद्धा व्यक्त गरिरहेको देखिन्छ ।

Hardik health

किम योङ नामले आफ्नो कार्यकालमा उत्तर कोरियाको कूटनीतिक छवि बाह्य रूपमा विस्तार गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । विशेषगरी सन् २०१८ मा दक्षिण कोरियाको प्योङचाङमा सम्पन्न शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा उनले उत्तर कोरियाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए  । उक्त अवसरमा दुई कोरियाबीच दशकौँपछि भएको दुर्लभ प्रत्यक्ष सम्पर्कका रूपमा हेरिएको थियो ।

त्यो ऐतिहासिक कार्यक्रममा दक्षिण कोरियाली सञ्चारमाध्यमहरूले व्यापक रूपमा रिपोर्ट गर्दै किम योङ नामले दक्षिण कोरियाली उच्च अधिकारीहरूसँगको बैठकमा सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङलाई अगाडिको सम्माननीय सिट प्रदान गरेको उल्लेख गरेका थिए । यस कार्यले उनले सधैँ शीर्ष नेताको परिवारप्रति देखाएको निष्ठा र आदरको प्रतीकका रूपमा व्याख्या गरिएको थियो, जसका कारण उनी दशकौँसम्म उत्तर कोरियाको राजनीतिक संरचनामा स्थायित्वका साथ रहन सफल भएका थिए ।

सियोलस्थित एकीकरण मन्त्रालयले पनि सोमबार विज्ञप्ति जारी गर्दै किमको निधनमा गहिरो दुःख व्यक्त गरेको छ । मन्त्री चुङ डोङ–युङले स्मरण गर्दै भने,‘सन् २००५ र २०१८ मा प्योङयाङमा किम योङ नामसँग भएका भेटघाटहरू कोरियाली प्रायद्वीपमा शान्ति र आपसी समझदारीको दिशामा अर्थपूर्ण संवादका उदाहरण थिए ।’

मन्त्री चुङका अनुसार सन् २०१८ को प्योङचाङ शीतकालीन ओलम्पिकको अवसरमा किमको दक्षिण भ्रमणले ‘अन्तर–कोरियाली संवाद र सम्बन्ध सुधारको ढोका खोल्न उल्लेखनीय योगदान पुर्‍याएको’ थियो । उत्तर कोरियाको दीर्घकालीन कूटनीतिक अनुहार मानिने किम योङ नामको निधनले देशको राजनीतिक इतिहासमा एक युगको अन्त्य भएको टिप्पणी पर्यवेक्षकहरूले गरेका छन् ।
 


प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२  १४:२६
प्रतिक्रिया दिनुहोस्
थप विश्व
अनलाइन घोटालाविरुद्ध वैश्विक पहल
अनलाइन घोटालाविरुद्ध वैश्विक पहल शुक्रबार, पुस ४, २०८२
नर्वेकी राजकुमारीको फोक्सो प्रत्यारोपणको सम्भावना
नर्वेकी राजकुमारीको फोक्सो प्रत्यारोपणको सम्भावना शुक्रबार, पुस ४, २०८२
बंगलादेशको अखवार भवनमा आगलागी, २५जना पत्रकारको उद्धार
बंगलादेशको अखवार भवनमा आगलागी, २५जना पत्रकारको उद्धार शुक्रबार, पुस ४, २०८२
आइएस-के का वरिष्ठ नेता पक्राउ
आइएस-के का वरिष्ठ नेता पक्राउ शुक्रबार, पुस ४, २०८२
सन् २०२६ मा श्रीलंका को विदेशी लगानी एक अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
सन् २०२६ मा श्रीलंका को विदेशी लगानी एक अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान शुक्रबार, पुस ४, २०८२
टिकटक-अमेरिका संयुक्त उद्यम सम्झौता
टिकटक-अमेरिका संयुक्त उद्यम सम्झौता शुक्रबार, पुस ४, २०८२
बोन्डी समुन्द्रीतटमा आक्रमण गर्ने सात जना सिड्नीमा पक्राउ: प्रहरी
बोन्डी समुन्द्रीतटमा आक्रमण गर्ने सात जना सिड्नीमा पक्राउ: प्रहरी शुक्रबार, पुस ४, २०८२
लोकप्रिय
  • Week
  • Month
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP