क्यूएनए- ‘यूरो-मेडिटेरेनियन ह्युमन राइट्स’ का परिवेक्षकहरुले इजरायली आक्रमणले गाजामा अक्टोबर ९ सम्ममा एक हजार १३४ बच्चाहरूलाई विकलाङ् बनाएर छोडेको उल्लेख गर्दे उपचार, पुनर्वास र आवाश्यक उपकरणहरूमा प्रतिबन्धले उनीहरूको पीडा झनै बढेको उल्लेख गरेका छन् ।
उनीहरुले व्यवहारमा बाधा पुर्याउनु गाजामा प्यालेस्टिनीहरू विरुद्धको नरसंहारको हिस्सा भएको उल्लेख गर्दै परिवारहरूले पनि आवास, आय र आधारभूत सेवाहरूको अभावको बोझ बोकेको जनाएका छन् । अधिकारवादी पक्षले बाल विकलांगहरूलाई दीर्घकालीन चिकित्सा हेरचाह, पुनर्वास, मनोवैज्ञानिक समर्थन र लगायतका सवालहरु बढेदै जाँदा समायोजित गर्न आवश्यकरहेको विषयमा जोड दिएका छन् ।
गत मे महिनामा जारी गरिएको विश्व स्वास्थ्य सङ्गठनको रिपोर्टलाई उद्धृत गर्दै युरो-मेडले सन् २०२४ सेप्टेम्बर देखि सन् २०२६ मे का बीचमा अङ्गविच्छेदनको मूल्यांकन गरिएका करिब दुई हजार ३०० मध्ये करिब ५०० जनाले मात्र पुनःस्थापना प्राप्त गरेको बताइएको छ ।
उनीहरुले बिरामीहरूको अवस्था र चिकित्सा निकासीमा जारी प्रतिबन्धले बच्चाहरूलाई गाजामा उपलब्ध नभएका विशेष उपचारको पहुँचबाट वञ्चित गरेको विषयमा जोड दिँदै उनीहरूको पीडालाई थप लम्बाइ उनीहरूको स्वतन्त्रतालाई सीमित गरेको बताएका छन् ।