एजेन्सी - न्यूयोर्क सिटीको मेयरमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार जोरान माम्दानी विजयी भएका छन्। संयुक्त राज्य अमेरिकाको सबैभन्दा ठूलो उक्त सहरको नेतृत्व गर्ने उनी प्रथम मुस्लिम नेता बन्ने छन्।
सामाजिक कार्यक्रमहरू विस्तार गर्न उनले धनाढ्य व्यक्तिहरूलाई कर लगाउने वाचासहित आफ्नो निर्वाचन अभियान थालेका थिए। अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले माम्दानीले चुनाव जितेको खण्डमा न्यूयोर्क सिटीले सङ्घीय सरकारबाट पाउने बजेट कटौती गर्ने चेतावनी दिएका थिए।
चुनावमा विजयी भएपछि समर्थकहरूको भिडलाई सम्बोधन गर्दै उनले न्यूयोर्कवासीले "परिवर्तनका लागि कार्यादेश" दिएको टिप्पणी गरेका छन्।