काठमाडाैं - नेपाल टेलिकमले विमानस्थलहरुमा सर्वसाधारण यात्रुलक्षित फ्रि वाइफाइ सञ्चालनमा ल्याएको छ । नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेपाल टेलिकमले विमानस्थलहरुमा सर्वसाधारण यात्रुलक्षित फ्रि वाइफाइ सञ्चालनमा ल्याएको हाे ।
देशभर सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलहरुमा सर्वसाधारण यात्रुलक्षितफ्रि वाइफाइइन्टरनेट सेवा मिति २०८२ कार्तिक ११ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुभारम्भ गरेको छ । नेपाल टेलिकमको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सविना मास्के र विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले प्रथम चरणमा विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनमा फ्रि वाइफाइ इन्टरनेट सेवाको शुभारम्भ गरेका हुन् ।
उक्त फ्रि वाइफाइइन्टरनेट सेवाको कभरेज विमानस्थलको आगमन, प्रस्थान, भिअाइपी लन्ज तथा प्रतिक्षास्थल लगायतका क्षेत्रहरुमा रहेको छ । देशभर सञ्चालनमा रहेका ३ वटा अन्तराष्ट्रिय विमानस्थल तथा ३४ वटा आन्तरिक विमानस्थलहरुमा सर्वसाधारण यात्रुलक्षित फ्रि वाइफाइ इन्टरनेट सेवा सञ्चालन गर्न नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबिच भएको सम्झौताबमोजिम सो कार्यक्रमको शुभारम्भ गरिएको हो ।
सेवाको काभरेज रहेको स्थानमा SSID "NT-CAAN फ्रि वाइफाइ भएको वाइफाइ मा कन्नेक्ट गरेर निर्देशन पूरा गरी निस्शुल्क इन्टरनेट सेवा प्रयोग गर्न सकिन्छ ।