Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • "लिमी" चिनाउने टासी  ल्हान्जोम  
"लिमी" चिनाउने टासी  ल्हान्जोम  
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख २९, २०८२

हुम्लाको नाम्खा गाउँपालिका—६, लिमी भ्यालीमा जन्मिएको हो । हाम्रो गाउँमा विद्यालय थिएन । २००७ मा ६ वर्षको उमेरमा लिमीबाट हामी १८ जनाको टोली पढाइका लासग समुह बनाएर काठमाडौँ गएका थियौँ । सबै जना त्यहाँको एक निजी स्कुलमा पढ्थ थाल्यौँ ।

मातृभाषा हाम्रो नेपाली थिएन् । त्यो भएकाले काठमाडौँमा निकै गाह्रो भयो। पढाइ गर्न पनि निकै गाह्रो हुन्थ्यो । कतिपय साथिहरु नेपालीमा फेल हुने सम्भावना हुन्थ्यो । कक्षा ८ सम्म काठमाडौँमा । अनि त्यसपछि छात्रवृत्तिमा पढ्न भारत गएँ । १२ कक्षा पास त्यहीँ पढें । त्यसपछि दिल्ली विश्वविद्यालयको हिन्दु कलेजमा पढें, राजनीतिक शास्त्र पढें । त्यसपछि छोटो समय नेपालस्थित अमेरिकी दुतावासमा पोलिटीकल र इकोनमिक सेक्सनमा काम गरें ।

म कलेजदेखि नै फिल्ममा पनि काम गर्थे । मेरो पहिलो फिल्म डकुमेन्ट्री—नो मोनास्ट्री नो भिलेज हो । जलवायु परिवर्तन र संस्कृति सम्बन्धी थियो । यो फिल्म मैले आफ्नै गाउँ अवस्थालाई मध्यनजर गरेर बनाएको हो । यसको छायांकन लिमीमै भएको थियो । गत वर्ष रिलिज भएको हो । यसको निर्देशक पनि म आफै हो । हिन्दु कलेजमा एउटा फिल्म निर्देशक थिए । उनले तालिम दिन्थें । त्यहीबाट मलाई यता पनि रुची भयो । 

हाम्रो गाउँमा हिमताल थियो, जलवायु परिवर्तनको कारण त्यो ताल फुट्यो । पटक–पटक । एक पटक घरहरु बगे । फेरि बग्यो भने नजिकै रहेको गुम्बा क्षतिग्रस्त हुने सम्भावना छ । गुम्बा बग्यो भने त्यहाँ बस्ती रहँदैन । मान्छेहरु बस्दैनन् । त्यसैले त्यहाँ अन्तराष्ट्रिय सहयोग आवश्यक छ । साथै सरकारले पनि त्यहाँ ध्यान दिनुपर्छ । फिल्म त्यो बारेमा बनाएको हो । लेखन पनि मेरै हो ।

Hardik health

अहिले नयाँ जलवायु परिवर्तन सम्बन्धी कै अर्को डकुमेन्ट्रीको तयारी भइरहेको छ । त्यो बारेमा रिसर्च पनि गरिरहेको छु । जलवायु परिवर्तन सम्बन्धी विशेष गरेर अध्ययनको विषय बनेको छ, किनकी मेरो गाउँको प्रमुख समस्या हो । काठमाडौँले त्यो देखेको छैन, काठमाडौँका सञ्चार माध्यमले लिमी र लिमीबासीको समस्या कहिल्यै भन्दैनन् । डकुमेन्ट्रीकै सहायताले मैले आफ्नो गाउँको समस्या उठाउने प्रयास गरिरहेको छु ।

सन ०१३ मा हिम पहिरो गएको थियो, हाम्रो गाउँमा । सयौं याकहरु मरे । त्यहाँका याक पालक किसानहरुका लागि ठुलो क्षति भयो । तर सरकारको तर्फबाट कुनै सुनुवाइ भएन, सहयोग भएन ।काठमाडौँका सञ्चार माध्यमले त्यहाँ कुनै सहयोग गरेनन् । हामी हिमालका नागरिकका लागि त राज्य नभएको अनुभूति हुन्छ ।

आफ्नो ठाउँमा भएको समस्यालाई लिएर म अन्तराष्ट्रिय सम्मेलनमा गइरहेको हुन्छु । जुन महिनादेखि विभिन्न देशमा हुने सम्मेलनहरुमा भाग लिन जाँदै छु, जहाँ मेरो गाउँ र नेपालमा जलवायु परिवर्तनले गर्दा भोग्दै आएको समस्याहरु राख्ने छु ।

छोरीहरुलाई प्रेरणा

स्कुलमा पढ्ने मात्र होइन् प्रश्न सोध्न पनि सक्नुपर्छ भनेर मैलै छोरीहरुसँग भन्छु । सपना देख्न सक्नुपर्छ । त्यो सपना अनुसार लगनशीलता आवश्यक हुन्छ । हुम्लाको लिमीदेखि दिल्लीसम्म पुग्दा निकै संघर्ष गर्नुपर्‍यो । दिल्लीमा हुँदा नेपालीलाई हेपाह जस्तो व्यवहार हुन्थ्यो । तर लक्ष्यमा दृढ थिएँ । म सानोमा साइन्समा विशेष रुची राख्थें । जब महिले समाजबारे थाह पाएँ, त्यसपछि  मैले आफ्नो समाजबारे केही गर्नुपर्छ भन्ने तरिकाले सोचें ।

लिमीको मान्छेबारे सरकारलाई वास्ता हुँदैन । हाम्रो गाउँको मान्छेले पनि सरकार भएको अनुभुति गरेका छैनन् । सरकारले दिएका अधिकारहरु त्यहाँका मान्छेले प्रयोग गर्न पाएका छैनन् । राजनीतिमा हाम्रो मान्छेहरु छैन । मेरो उद्देश्य के हो भने त्यो समाजलाई राज्यबारे जानकारी दिनु, राज्यले जनतालाई दिएका अधिकारहरु छन् भनेर जानकारी गराउनुहो । राज्यमा हाम्रो उपस्थिती होस् भन्ने छ । राज्यमा आफ्नो छुट्टै हुम्लो आदिबासीको हुम्लो समुदाय दर्ज होस् भन्ने छ । अहिले हामीलाई तामाङ वा लामा भनेर मात्रै राखेको छ । 

मेरो गाउँको भाषा अर्थात् मातृभाषा ‘लिमी के’ हो । हाम्रो गाउँमा पहिला स्कुल थिएन । अहिले एउटा मातृभाषा सम्बन्धी स्कुल छ । तर अहिले हाम्रो गाउँमा पढाउने व्यक्तिलाई नेपाल सरकारले तलब दिँदैन । एनजियोले दिन्छ । हाम्रो मातृभाषा पढाउने टिचरलाई । त्यहाँ राज्यको उपस्थिती छैन ।

(नेपाल—अमेरिका फिल्म फेस्टिबलमा बेस्ट डकुमेन्ट्री,नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा बेस्ट नेशनल डकुमेन्ट्री अवार्ड लगायत थुप्रै पुरस्कार पाएकी र अहिले जलवायु परिवर्तनले पारेको असरको अध्ययनमा सक्रिय टासीले कर्णालीको सुर्खेतमा जारी छोरी सम्मेलनमा दिएको मनतब्य ।)
 


प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  ०९:२२
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP