Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • सामाजिक अभियानमा गणेश–उज्जन स्मृति प्रतिष्ठान
सामाजिक अभियानमा गणेश–उज्जन स्मृति प्रतिष्ठान
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक १९, २०८२
पदम श्रेष्ठ

सहिद आफैंमा महान् हुन्छन्, त्यसमाथि सहिदका आफन्तहरु मिलेर दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै द्वन्द्वमा परी जीवन नै धरापमा परेका बालबालिकाहरुको उद्धारका लागि स्वास्थ्य शिक्षा र सामाजिक उत्तरदायित्वका लागि कृषि र सीपमूलक कार्य गर्न सामाजिक संस्था नै खोलेर सेवा कर्म गर्दछ भने त्यो भन्दा महान् कर्म अरू के नै हुन सक्ला र ?

हो, यस्तै कर्म गर्ने व्यक्तित्व हुन्, गणेश–उज्जन (भुवन) स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष स्वर्गीय रामेश्वर श्रेष्ठ । रामेछापको लिखु गाउँपालिका निवासी स्व. श्रेष्ठ आफैंमा धेरै पढे लेखेका थिएनन् । तर, १० वर्षे जनयुद्धकालमा द्वन्द्वबाट प्रभावित कतिपय युवाहरु कि त सहर कि त विदेश पलायन भएको उनले देखे । युद्धका कारण गाउँबाट विस्थापित भएकाहरु सहर केन्द्रित भएका थिए । गाउँमा उही उत्पीडित कतै पहुँच नभएकाहरु मात्र थिए । उनीहरुको स्वास्थ्य सेवा, बालबालिकाको शिक्षा र गाँस बासकोबारे कसैको ध्यान पुग्न सकिरहेको थिएन । यस्तो जटिल अवस्थामा स्वयम् रामेश्वरसमेत उत्पीडनबाट अछूतो रहन सकेनन् ।

द्वन्द्वकै क्रममा आफ्ना दुई सन्तान ओखलढुंगा पोकलीका गणेशकुमार श्रेष्ठ र उज्जन (भुवन) श्रेष्ठले एक साथ सहादत प्राप्त गर्न पुग्दछ । उक्त घटनाबाट विक्षिप्त आफ्ना सन्तानहरुलाई पनि रामेछापका आङछिरिङ शेर्पाको समन्वयमा काठमाडौंको मातातीर्थमा स्थापित ब्राइट होराइजन अनाथालयमा राख्न बाध्य भए । त्यही घटनाको पीडादायक अनुभव साट्दै स्व. रामेश्वरले अक्षयकोष स्थापना गरी सहिद गणेश–उज्जन (भुवन) स्मृति प्रतिष्ठान गठन गरेका हुन् ।

Hardik health

जुनसुकै द्वन्द्वमा परेका बालबालिकालाई तत्काल चाहिने सेवा भनेको स्वास्थ्य, शिक्षा र सीपमूलक तालिम हो । यही सेवा पु¥याउनु नै प्रतिष्ठानको मुख्य लक्ष्य बन्यो । सुरुमा आफैं अक्षयकोष खडा गरी त्यसबाट प्राप्त हुने ब्याजबाट गुठीमार्फत सेवा दिन थाले । पछि आफन्त, इष्टमित्र र अभियन्ताहरुबाट समेत रकम थपियो । त्यसको ब्याजबाट चारवटा जिल्लामा सेवा विस्तार गरियो । लिखु बेल्टलाई अभियानको मुख्य कार्यक्षेत्र बनाइएता पनि काठमाडौं, ललितपुर, भक्तपुर र रामेछाप चार जिल्लालाई समेटियो । प्रतिष्ठानको संरक्षकत्व समाजसेवी राजकुमार श्रेष्ठ र व्यवसायी गणेशमान योञ्जनले ग्रहण गरेपछि प्रतिष्ठानको कार्ययोजना झनै चुस्त र प्रभावकाली बन्दै जान थालेको छ । 

प्रतिष्ठानमा हाल सावित्री श्रेष्ठ अध्यक्ष छिन् । ‘पीडाका पाँच हजार दिन’ नामक पुस्तककी लेखक सावित्रीले एनपिओ आशा जापानको सहयोगमा लिखु तामाकोशी गाउँपालिकामा डिजिटल प्रविधिबाटै प्राथमिक स्वास्थ्य सेवा सञ्चालन र तालिम दिन थालेपछि प्रतिष्ठानको साख थप चुलिन थालेको बताइन्छ । विश्वव्यापी युद्धमा परेका बालबालिका, ज्येष्ठ नागरिकलाई पहिलो आवश्यकता नै डिजिटल स्वास्थ्य सेवा, शिक्षा र गास बासका लागि तालिम हो । प्रतिष्ठानले यही उद्देश्य कार्यान्वयनका लागि सम्बन्धित वडा, स्थानीय समाजसेवी अभियन्तासँग मिलेर सेवा र तालिम दिँदै जाने रहेको उनी बताउँछिन् । 

हालसम्म प्रतिष्ठानले नौ वटा विद्यालय भवन निर्माण, तीनवटा विद्यालयमा आइसिटी केन्द्र स्थापना, ४२ जनालाई पूर्ण छात्रवृत्ति,       हरेक वर्ष ६०० विद्यार्थीलाई स्टेसनरी र ९३० विद्यार्थीलाई पोसाक वितरण गरिएको छ । स्वास्थ्य क्षेत्रमा रामेछापको दुर्गम लिखु क्षेत्रमा दुईवटा स्वास्थ्य केन्द्र स्थापना, डिजिटल स्वास्थ्य सेवामार्फत घरघरमा आमा र नवजात शिशु ज्येष्ठ नागरिकलाई सेवा पु¥याउँदै आइरहेको छ । यसैगरी, स्वास्थ्यकर्मीलाई तालिम र स्रोत साधन प्रदान गरिएको छ । समुदायिक क्षेत्रमा १२० परिवारलाई पिउनेपानीका लागि धारा निर्माण, २८७ भूकम्पपीडित परिवारलाई राहत वितरण र ३२ वटा अस्थायी घर निर्माणमा सहायता प्रदान गरेको छ ।

यसका अलावा सहिद पार्कदेखि फुटबल खेल मैदान निर्माण, मानवअधिकार मिडिया पुरस्कार प्रदान, जेन–जी युवाहरुलाई सामाजिक कार्यमा क्रियाशील गर्न खेलकुद आदि कार्यक्रमसमेत गर्दै आइरहेको छ । प्रतिष्ठानले द्वन्द्वपीडित, अनाथ तथा असहाय बालबालिकाको शिक्षा, स्वास्थ्य र सामाजिक कार्यमा सेवा दिँदै आइरहेको छ । प्रत्येक वर्ष बालअधिकारको प्रवद्र्धन, स्वास्थ्य सेवाको सुधार र दिगो विकासका लागि ग्रामीण समुदायलाई आत्मनिर्भर बनाउन सीपमूलक तालिमसमेत सञ्चालन गर्दै आइरहेको छ । जेन–जी आन्दोलनकै अवसर पारेर आयोजित फुटसल प्रतियोगितामा विजयी युवाहरुले सहिद हुनु गौरवको कुरा भए पनि सहिदको चाहनाअनुरुप राजनेताहरुबाट काम हुन नसक्नु पीडाको विषय भएको बताएका थिए । यस्ता सामाजिक गतिविधिले हार जितभन्दा पनि स्वास्थ्य सुधार, शिक्षामा टेवा र सामाजिक सेवामा युवा जमातलाई नेतृत्व गर्न उत्साहित गराउन भूमिका खेलेको छ ।
 


प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२  ११:१३
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP