Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • देश विकासमा अपरिहार्य युवा नेतृत्व
देश विकासमा अपरिहार्य युवा नेतृत्व
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, कात्तिक २१, २०८२
डा. राजेन्द्र केसी

अबको नेतृत्व युवाले गर्नुपर्छ । यो देशको मुहार फेर्नुपर्दछ । संसारको हरेक देशलाई हे¥यौं भने हामीजस्तै गरी उठेका छन् । मरुभूमि बालुवाबाट उठेका छन् । चिसोभन्दा चिसो हावापानी र हिउँबाट उठेका छन् । तातोभन्दा तातो हावापानीबाट माथि उठेका छन्, जुन देश बन्नका लागि एक समय युवाहरूले त्याग गरे र देश निर्माण गरे । हाम्रा युवाहरूले संसारको १७२ देश प्रत्यक्ष वा अप्रत्यक्ष तरिकाले बनाइसके । अब आफ्नै देश किन नबनाउने ?

संयुक्त राष्ट्रसंघले सन् १९८५ लाई युवा वर्ष घोषणा गरेको थियो । सन् १९९९ देखि युवाका आवाजलाई बुलन्द गर्ने हिसाबले हरेक वर्ष १२ अगस्टका दिन युवा दिवसका रूपमा मनाउने गरिन्छ । युवाहरू स्वभावैले ऊर्जाशील, सकारात्मक परिवर्तनका संवाहक र परिवर्तनका उत्प्रेरक हुन् । युवा भन्नेबित्तिकै शारीरिक, मानसिक शक्तिले ऊर्जाशील व्यक्तित्व बुझिन्छ । आजको युवाले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण सक्रिय भएर लग्नु जरुरी छ । यो वर्ग साहस, सिर्जनशील, उच्च आत्मविश्वास, निर्णय गर्न सक्ने क्षमता, काम गर्न सक्ने तत्परता भएको हुँदा राष्ट्र निर्माणमा सहभागी गराई देशको मानवीय पुँजीका रूपमा राज्यले परिचालन गर्नु पर्दछ । उमेरको हदलाई हेरी युवाको परिभाषा विभिन्न मुलुकका सरकारले आ–आफ्नै तरिकाले गरेको पाइन्छ ।

नेपालको राष्ट्रिय युवा परिषद् ऐन, २०७२ तथा राष्ट्रिय युवा नीति, २०७२ ले १६ देखि ४० वर्ष उमेरकालाई युवा घोषित गरेएको छ । ‘युथ भिजन २०२५’ ले युवाको उमेर समूहलाई १६ देखि २४ वर्ष र २५ देखि ४० वर्ष गरी दुई उमेर समूहमा विभाजन गरेको छ । भारतले १६ देखि २९ वर्ष, चीनले १८ देखि ३५ वर्ष, जर्मनीले १४ देखि २६ वर्ष, बंगलादेश र फिलिपिन्सले १५ देखि ३० वर्ष, दक्षिण अफ्रिकाले १५ देखि २९ वर्षलाई युवा भनी घोषणा गरेका छन् । 

युवाको परिभाषा आ–आफ्नै तरिकाले भने पनि अधिकांश देशमा युवाको उमेर १५ देखि ३५ वर्षको उमेरलाई प्राथमिकता दिएको पाइन्छ । राष्ट्रसंघीय जनसंख्या कोषले भने काम गर्नसक्ने उमेर भनेको १५ देखि ६४ वर्षको जनसंख्यालाई मानेको छ तर हाम्रो देशमा भने ४१ वर्षदेखि माथिको उमेरलाई पाको उमेरको संज्ञा दिइएको छ । कैयन् विभिन्न सेवामा काम गर्ने मानिस ५० वर्षदेखि पेन्सन पकाएका छन् भने ५९ वर्षमा त काम गर्न नै नसक्ने भनेर अवकाश गरी घरमा नै बसेको पाइन्छ ।

Hardik health

हाम्रो देशको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको नीति, नियम, कानुन, विनियम राम्रोसँग अध्ययन गरी परिवर्तन गर्नुपर्दछ । नीति नियमले नै एउटै नेपाली जनतालाई काखा र पाखा गरेको छ । नेपालमा उद्योगधन्दाहरू नहुँदा युवावर्ग विदेसिन बाध्य हुन पुगेका छन् । नेपाल सरकारले ११० देशलाई संस्थागतरूपमा वैदेशिक रोजगारमा जान खुला गरेको छ । व्यक्तिगत श्रम स्वीकृतिमा १७२ मुलुकमा नेपाली कामका लागि वैदेशिक रोजगारमा गएका छन् । 

युगको युवा
नेपालको इतिहास हेर्ने हो भने १०४ वर्ष राणाशासनको युग थियो । ३० वर्षको पञ्चायती शासनको युग थियो । वि.सं. २०४६ देखि २०६२/६३ को बहुदलीय व्यवस्थाको युग थियो । वि.सं. २०६२/६३ देखि आजसम्म लोकतान्त्रिक गणतन्त्रको युग छ । हरेक युगलाई हेर्‍यौं भने, हरेक परिवर्तनलाई अध्ययन गर्‍यौं भने तत्कालीन युवाले नै परिवर्तनमा भूमिका खेलेको पाइन्छ । त्यतिबेलाको परिवर्तन धेरै कठिन थियो । बोल्न, लेख्न पाइँदैनथ्यो । शासक वर्गको कठपुतली बन्दै जे पनि हुन्छ भनेर भन्नु पर्दथ्यो । त्यसकारणले पनि हामीले हाम्रा पुर्खालाई मानसम्मान गर्दै आदर गर्दै हरेक पार्टीका युवाले आफ्नो अभिभावक र संरक्षक बनाएर राज्य सञ्चालन र देशको विकास गर्न युवा वर्ग चालक÷पाइलट बनेर अगाडि बढ्नुपर्दछ ।

हाम्रा पुर्खाको अनुभव, ज्ञान, दक्षता, क्षमता भनेको शासन परिवर्तन गर्ने, लडाइँ गर्ने, जेल बस्ने, जंगलबाट युद्ध गर्ने, सत्ता परिवर्तन गर्नेजस्ता साहसिला काम गरे । जेलनेल बस्दा विश्वविद्यालय अध्ययन गर्न पाएनन्, राम्रा पुस्तक अध्ययन गर्न पाएनन् । संसारको देशमा कस्तो विकास भएको छ सोको पहिचान गर्न पाएनन् । विकासको रणनीतिक धारणा थाहा पाएनन् । अहिलेको युवाहरूले आफ्नै देशमा राम्राराम्रा स्कुल, कलेज, विश्वविद्यालयमा अध्ययन गर्ने मौका पाएका छन् । विश्वका विश्वविद्यालयमा अध्ययन गरेका छन् । विश्वका विकसित मुलुकको अध्ययन गरेका छन् । सूचना र प्रविधिको उपयोग गर्न पाएका छन् । स्थल, जल र वायुयानको माध्यमद्वारा छिटोभन्दा छिटो यात्रा गर्न पाएका छन् ।

२१औं शताब्दीको विकास र आवश्यकतासँग परिचित छन् । पहिचान गर्न सक्छन् । अबको विकास अघिल्लो पुस्तालाई चाहिने होइन । अबको विकास सकिन्छ हाम्रो पुस्ताले उपयोग गर्ने हो, सकिँदैन भने अर्को पुस्ताले उपयोग गर्ने हो । एकपटक यो पुस्ता ‘बौलाहा’ बनेर काम गर्नुपर्दछ । ‘पागल’ बनेर काम गर्नु पर्दछ । अहिलेको पुस्ताको ज्ञान, बुद्धि, विवेक, चाहना भनेको व्यवस्थापनमा छ, विचारमा छ, विकासमा छ, बजारमुखी अर्थतन्त्रमा छ, उत्पादनमुखी अर्थतन्त्रमा छ, स्वावलम्बी बन्नेमा छ, इन्टरप्रेनरसिपमा छ, स्टार्टसअप व्यवसायमा छ, स्वतन्त्र तरिकाले काम गर्नेमा छ ।

यो देश बनाउन लगभग ४१ प्रतिशत युवाको इच्छा, चाहना, विचार र आवश्यकता बुझ्ने र बुझाउने राजनीतिक नेतृत्व, व्यावसायिक नेतृत्व र कुशल प्रशासकको आवश्यकता छ । आगामी पुस्ताका लागि यो पुस्ताले नेतृत्व लिनैपर्दछ । प्रशासन चलाउनु नै पर्दछ । हरेक व्यक्ति, समाज, र देशमा एउटा युग आउँछ, त्यस समयमा शासनपद्धति त्यही युगका व्यक्तिले चलाउँछ । आज नेपालमा युवाको ‘युग’ आएको छ । केही दशक वा हिजोसम्म धेरै उमेर र अनुभवी व्यक्तिको युग थियो । त्यो युग आज फेल भएको प्रमाणित भएको छ । यसको प्रमाण धेरै छन्, जसमध्ये ८० लाखभन्दा बढी युवा संसारका विभिन्न देशमा कामको खोजीमा छन् ।

अब विदेसिएका युवाहरुलाई स्वदेशमा फिर्ता गर्नुपर्छ । अबको नेतृत्व युवाले गर्नुपर्छ । यो देशको मुहार फेर्नुपर्दछ । संसारको हरेक देशलाई हे¥यौं भने हामीजस्तै गरी उठेका छन् । मरुभूमि बालुवाबाट उठेका छन् । चिसोभन्दा चिसो हावापानी र हिउँबाट उठेका छन् । तातोभन्दा तातो हावापानीबाट माथि उठेका छन्, जुन देश बन्नका लागि एक समय युवाहरूले त्याग गरे र देश निर्माण गरे । हाम्रा युवाहरूले संसारको १७२ देश प्रत्यक्ष वा अप्रत्यक्ष तरिकाले बनाइसके । अब आफ्नै देश किन नबनाउने ? आफ्नै देश बनाउने बेला आएको छ ।

युवाको परिभाषा र युवा हुनका लागि समाजको परिवर्तन र रूपान्तरणमा देन दिन सक्नुपर्दछ । आफूले आफ्नै स्वार्थका लागि काम गर्नु युवाको परिभाषाभित्र पर्दैन । तर, आफूलाई परिवर्तन गरेर समाजलाई परिवर्तन गर्नुपर्दछ । परिवर्तन यति सजिलो छैन, ठूलो त्याग र तपस्या गर्नुपर्दछ । यसका लागि प्रशस्त मात्रामा अनुशासन र आफूले आफूलाई कानुन बनाएर अगाडि बढ्नुपर्दछ । सरकारले बनाएको कानुनले व्यक्तित्व विकास गर्न कुनै सहयोग गर्दैन । आजको युवाले बिर्सनै नहुने विषय के हो भने जीवनका स–साना विषयवस्तुलाई मध्यनजर गरी कार्य गर्नुपर्दछ; जस्तैः दैनिक क्रियाकलाप, समयको सही व्यवस्थापन, साथीसँगको उठबस, सकारात्मक सोचको विकास, पारिवारिक सम्बन्ध, सामाजिक कार्यमा संलग्न, माया, प्रेम, शैक्षिक कार्यक्रममा सहभागिता नेतृत्वदायी भूमिका, साहित्यिक काममा संलग्न, नयाँ–नयाँ पुस्तकको अध्ययन, आफूभन्दा ठूला मानिससँगको संगतलगायत कार्यहरूलाई आफ्नो दैनिकीमा राख्नुपर्दछ ।

जहिले पनि परिवर्तन सानो विषयबाट हुन्छ, परिवर्तन एउटा विषयबाट सुरm गरेर उक्त विषयलाई अन्त्य गर्न सक्नुपर्दछ । परिवर्तन गर्न चाहनेले कहिल्यै पछि हट्नुहुँदैन र कहिले अल्छी गर्नु पनि हुँदैन । यो संसार सक्नेका लागि हो, कसैले कसैलाई टीका लाएर केही पनि दिएको छैन । यो आकाश खुला छ, उड्नेका लागि बाटो खाली छ, पैदलबाट हिँड्नुस् वा गाडीबाट गुड्नुस् वा चुप लागेर घरमा बस्नुस् दुवै बाटो खुल्ला छ । हामीकहाँ जान चाहन्छौं र कसरी यसलाई व्यवहारमा प्रयोग गर्छौं भन्ने कुराको दृष्टिकोण, लक्ष्य र उद्देश्य स्पष्ट हुनुपर्दछ र त्यसैमा तल्लीन भएर लाग्नुपर्दछ । यसैलाई व्यवहारमा उतार्न सक्नुपर्दछ ।

नेपाली युवाको अवसरका क्षेत्र
हाम्रो देश हरेक हिसाबले उर्वर भूमि हो । यो भूमिमा जे पनि फल्छ र फलाउन सकिन्छ । हिमाल छ, पहाड छ, तराई छ, खेतीयोग्य जमिन छ, पर्यटनस्थल छ, जडीबुटी, जंगल, जल र अनगन्ती नदीनाला छ । त्यस्तैगरी नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले पनि युवासँग गरिने विविध प्रकारका योजना छन् । नेपाली युवाको अवसरका क्षेत्र हामो देश हरेक हिसाबले उर्वर भूमि हो । यो भूमिमा जे पनि फल्छ र फलाउन सकिन्छ । हिमाल छ । पहाड छ । तराई छ । खेतीयोग्य जमिन छ । पर्यटनस्थल छ । जडीबुटी, जंगल, जल र अनगन्ती नदीनाला छन् । त्यस्तैगरी नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले पनि युवासँग गरिने विविध प्रकारका योजना छन् । युवा तथा खेलकुद मन्त्रालयले युवासँग सरोकार हुने राष्ट्रिय युवा नीति, २०६६ जारी गरेको छ ।

राष्ट्रिय युवा नीतिमा युवाका क्षेत्रमा काम गर्ने युवाहरू राजनीतिक क्षेत्रमा आबद्ध युवा, विशेष प्राथमिकता क्षेत्रका युवा, अपांगता भएका युवालाई सहभागी गर्दै लैजाने रणनीति छ । मन्त्रालयले युवा साझेदारी कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय युवा अनुभव आदानप्रदान कार्यक्रम, युवा सूचना केन्द्र, स्वरोजगारका लागि तालिम, युवा प्रतिभा सम्मान कार्यक्रम र युवा उत्तरदायी बजेट कार्यक्रममा सहभागी भइरहेको छ । युवा सूचना केन्द्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय युवा गैरसरकारी संघसंस्थासँग मिलेर अगाडि बढाउने कार्यक्रम स्थानीयस्तरसम्म युवाको सञ्जाल बनाउने कार्यक्रम गरिरहेको छ । राष्ट्रको अमूल्य मानव स्रोत र ऊर्जाको भण्डार युवा हो ।

युवा तथा खेलकुद मन्त्रालयले युवासँग सरोकार हुने राष्ट्रिय युवा नीति, २०६६ जारी गरेको छ । राष्ट्रिय युवा नीतिमा युवाका क्षेत्रमा काम गर्ने युवाहरू राजनीतिक क्षेत्रमा आबद्ध, विशेष प्राथमिकता क्षेत्रका युवाहरू, अपांगता भएका युवालाई सहभागी गर्दै लैजाने रणनीति छ । मन्त्रालयले युवा  साझेदारी कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय युवा अनुभव आदानप्रदान कार्यक्रम, युवा सूचना केन्द्र, स्वरोजगारका लागि तालिम, युवा प्रतिभा सम्मान कार्यक्रम र युवा उत्तरदायी बजेट कार्यक्रममा सहभागी भइरहेको छ । युवा सूचना केन्द्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय युवा गैरसरकारी संघसंस्थासँग मिलेर अगाडि बढाउने कार्यक्रम, स्थानीयस्तरसम्म युवाहरूको सञ्जाल बनाउने कार्यक्रम गरी नै रहेको छ । 
 


प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२  ११:२३
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP