काठमाडौं - अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य कमी आएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।शुक्रबारकाे तुलनामा आज तोलामा तीन सय रूपैँया घटेको छ ।
आज एक तोला सुनको मूल्य रु एक लाख ९० हजार ५०० सय रूपैँया कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।
शुक्रबार एक तोला सुनको मूल्य रु एक लाख ९० हजार ८०० कायम भएको थियाे ।
त्यसैगरी, एक तोला चाँदी रु एक हजार ९७० मा बेचबिखन भइरहेको छ । शुक्रबार एक तोला चाँदी रु एक हजार ९६० मा खरिदबिक्री भएको थियो ।