Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • विभागसमक्ष वैदेशिक रोजगार व्यवसायी संघको तीनबुँदे माग
फेमिस प्रणालीको समस्या तत्काल समाधान गर्न ध्यानाकर्षण विभागसमक्ष वैदेशिक रोजगार व्यवसायी संघको तीनबुँदे माग
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख २६, २०८२

काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)मा बाराम्बार आउने समस्या समाधन गर्न वैदेशिक रोजगार विभागको ध्यानाकर्षण गराएको छ । विभागका नवनियुक्त महानिर्देशक कमलप्रसाद भट्टराईलाई भेट्न पुगेका संघका पदाधिकारीहरुले व्यवसायीले भोग्दै आएका समस्याबारे ध्यानाकर्षण गराएका हुन् । 

संघका अध्यक्ष भुवनसिंह गुरुङको नेतृत्वमा गएको टोलीले महानिर्देशक भट्टराईसमक्ष तीन बुँदे मागसमेत प्रतुत गरेको छ । जसमा पहिलो माग फेमिस प्रणालीको समस्या तत्काल हटाउनुपर्ने रहेको छ । फेमिस नियमित नचल्ने र चलिहाले पनि सुस्त भएकाले समस्या भइरहेको संघको भनाइ छ । उक्त प्रणालीमा रहेको समस्याकै कारण रोजगारदाताको विश्वासमासमेत असर परेकोले छिटोभन्दा छिटो यसको समाधान निकाल्न महानिर्देहक भट्टराईलाई आग्रह गरिएको संघले जनाएको छ । 

त्यसैगरी, करोडौं धरौटी राखेका व्यवसायीमाथि विभागले पक्राउ पुर्जी जारी गरेर आतंक सिर्जना गर्ने कार्य बन्द गर्नुपर्ने संघको अर्को माग छ । सरकारको ऐन, कानुन पालना गरेर इजाजतपत्र लिएका कम्पनीहरुलाई अनुगमन गर्न जाने विभागका कर्मचारीले भिसा प्रक्रियामा रहेका राहदानीहरु लैजाने, कारोबार बन्द गरिदिने र पक्राउ पुर्जी जारी गर्नेजस्ता काम गरेकोप्रति संघले ध्यानाकर्षण गराएको छ । जघन्य अपराध गरेजसरी व्यवसायीमाथि धरपकड नगरी सौहार्द्रपूर्ण वातावरणमा काम गर्न दिन संघले माग गरेको छ ।

इजाजत प्राप्त संस्थाका विरुद्ध उजुरी गर्नुअघि अनिवार्य मेलमिलापको प्रक्रियामा जाने व्यवस्था गरिदिन पनि संघले नवनियुक्त महानिर्देशक भट्टराईसमक्ष अनुरोध गरेको छ । कतिपय व्यक्ति तथा संस्थाले स्वार्थपूर्तिका लागि मिडियाकर्मी र तेस्रो व्यक्तिलाई ल्याउने गर्दा व्यवसायीले विनाकसुर कानुनी झण्झट व्यहोर्नुपरेकाले मेलमिलापलाई प्राथमिकतामा राख्न आग्रह गरिएको संघका महासचिव महेशकुमार बस्नेतले बताए ।

Hardik health

संघको मागपत्र बुझ्दै महानिर्देशक भट्टराईले व्यवसायीका समस्याप्रति आफू सकारात्मक रहेको र जायज मागमा छलफल अगाडि बढाइने बताएका थिए । पीडितले न्याय पाउने र व्यवसायीलाई पनि समस्या नपर्ने खालको प्रक्रिया निर्माण गरिने उनको भनाइ थियो ।

संघका अनुसार विभागमा संघका द्वितीय उपाध्यक्ष संयोजक हुनेगरी मेलमिलाप कक्ष स्थापना गरेको छ । यसले संस्थागत उजुरीमाथि समन्वय गर्दै पीडित र व्यवसायीबीच मेलमिलाप गराउने जानकारी दिइएको छ । मेलमिलापले व्यवसायीलाई जिम्मेवार बनाउने र संस्थागत समस्यालाई छिटो टुंगोमा पु¥याउने संघको भनाइ छ ।


नवनियुक्त महानिर्देशक भट्टराईको प्राथमिकता
वैदेशिक रोजगार विभागका नवनियुक्त महानिर्देशक कमलप्रसाद भट्टराईले विभागको नीति, प्रविधि र प्रक्रिया सुधारका काम आफ्नो प्राथमिकतामा रहेको बताए । विभागमा बेथिति हटाएर थिति बसाल्ने काम गर्ने उनको प्रतिबद्धता छ । ‘बेथितिविरुद्ध शून्य सहनशीलताका साथ काम गर्न सबैलाई निर्देशन दिइसकेको छु,’ भट्टराईले भने ।

विभागलाई केही समयभित्रै ‘डिजिटलाइज्ड’ बनाउने उनले बताए । ‘आगामी दिनको विभाग प्रविधिमैत्री विभाग हुन्छ । अहिले श्रम स्वीकृतिमात्र गर्दै थियौं, अब मुद्दा लिने, राहत तथा उद्धारको काम डिजिटल माध्यमबाट गर्ने हिसाबले काम गरिरहेका छौं,’ उनले भने ।

विभागको सिस्टमको म्याद सकिएर जुनसुकै बेला क्र्यास हुने अवस्थामा पुगेकाले यथाशीघ्र यसलाई बनाउनतर्फ लागेको उनले बताए । ‘यसको लाइफ सकिसकेकाले कुनै पनि किसिमबाट यसको भरथेग गर्ने अवस्था छैन । अर्को सिस्टम नआएसम्म केही नहोस् भनेर प्रार्थना गर्नुपर्ने अवस्था छ । सरकारको बजेटबाट हुन्छ कि दाताहरुको सहयोगबाट हुन्छ सकेसम्म चाँडो नयाँ सिस्टम ल्याउनुपर्छ । यसका लागि प्रारम्भिक प्रक्रिया पूरा भएको छ, अब मोडालिटी टुंगिन बाँकी छ,’ महानिर्देशक भट्टराईले भने । चालु आर्थिक वर्षको अन्त्यसम्म यस विषयमा निष्कर्ष आइसक्ने उनले बताए । 

भट्टराईका अनुसार विभागबाट हुने जुनसुकै काममा लामो प्रक्रिया छोट्याएर सरलीकृत गरिने, विभागमा थुप्रिएको मुद्दाको अनुसन्धान, अभियोजनजस्ता कामलाई विकेन्द्रीकृत गरिनेतर्फ पनि योजना बनाइँदै छ । त्यस्तै, दीर्घकालीन महत्वका विषयमा पनि काम गर्ने उनले बताए । ‘विभागले दीर्घकालीन योजनाहरुमा ठूलो फड्को मार्न नसकेको अवस्थामा विभिन्न कार्यदल गठन गरी अध्ययन गरेर केही हप्ताभित्रै सुझाव लिन्छौं । संशोधनको क्रममा रहेको वैदेशिक रोजगार ऐनमा राख्न मिल्ने विषय त्यहीँ राख्छौं । नमिल्ने विषयलाई त्यहीअनुसारको निर्णय गरेर अघि बढाउछौं,’ भट्टराईले भने । 


प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  ०९:४१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज मंगलबार, चैत १७, २०८२
ठगीको अभियोगमा पक्राउ
ठगीको अभियोगमा पक्राउ मंगलबार, चैत १७, २०८२
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै मंगलबार, चैत १७, २०८२
राहदानी र कन्सुलर सेवाका लागि वृहत घुम्ती शिविर सञ्‍चालन हुने
राहदानी र कन्सुलर सेवाका लागि वृहत घुम्ती शिविर सञ्‍चालन हुने सोमबार, चैत १६, २०८२
श्रम मन्त्रालयकाे १० बुँदे तत्काल कार्ययोजना सार्वजनिक
श्रम मन्त्रालयकाे १० बुँदे तत्काल कार्ययोजना सार्वजनिक सोमबार, चैत १६, २०८२
अब आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी
अब आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी सोमबार, चैत १६, २०८२
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती आइतबार, चैत १५, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP