Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
  • #लायन्सकाे_एन्थम
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • सबै व्यवसायीलाई साउदी आइडी उपलब्ध गराउन दूतावास सकारात्मक
साउदी राजदूतसँग संघका पदाधिकारीको भेट  सबै व्यवसायीलाई साउदी आइडी उपलब्ध गराउन दूतावास सकारात्मक
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, वैशाख २५, २०८२

काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघले ‘साउदी आइडी’का कारण व्यवसायीले भोग्नुपरेको समस्या समाधानका लागि नेपालस्थित साउदी अरेबियाको दूतावाससँग आग्रह गरेको छ । बुधबार संघको प्रतिनिधिमण्डलले नेपालका लागि साउदी अरेबियाका राजदूत साद नासेर अबुहैमदलाई भेटेर यस्तो आग्रह गरेको हो । 

संघका अध्यक्ष भुवनसिंह गुरुङको नेतृत्वमा गएको टोलीले सबै व्यवसायीलाई साउदी आइडी उपलब्ध गराउन माग राखेको संघले जानकारी दिएको छ । संघको मागप्रति दूतावास सकारात्मक देखिएको अध्यक्ष गुरुङले बताए ।

संघका अनुसार हाल करिब ६०० व्यवसायीले मात्र आइडी पाएका छन् । जसकारण अन्य व्यवसायीले साउदीमा कामदार पठाउँदा समस्या भोग्नुपरेको छ । भिसा प्रक्रियाका लागि साउदी आइडी अनिवार्य चाहिन्छ । अझै करिब ४०० व्यवसायीले साउदी आइडी पाएका छैनन् । आइडी नभएका व्यवसायीले कामदार पठाउन आवश्यक भिसा प्रक्रियाका लागि आइडीवाला व्यवसायीको भर पर्नुपर्ने बाध्यता झेलिरहेको संघको भनाइ छ । यो समस्याबारे साउदी राजदूतको ध्यानाकर्षण गराएको अध्यक्ष गुरुङले बताए । 

Hardik health

‘सबै व्यवसायीले सबै देशका लागि सहजरुपमा काम गर्न पाउनुपर्छ भन्ने हाम्रो माग रहेको छ,’ उनले भने, ‘साउदी आइडी नभएका व्यवसायीहरु अन्य मुलुकका लागि काम गरिरहनुभएको छ । काम गरिरहेको मुलुक बन्द भयो भने मलेसियाको जस्तै अवस्था आउनसक्छ । व्यवसाय धराशायी हुनसक्छ । त्यसैले सबै व्यवसायीले आइडी पाउनुपर्छ भन्ने माग राख्यौं ।’ भेटमा राजदूत अबुहैमदले आउँदो महिनादेखि सबैलाई आइडी बाँड्ने प्रतिबद्धता जनाएको अध्यक्ष गुरुङले जानकारी दिए ।

त्यसैगरी अहिले साउदीमा हप्तामा एक दिनमात्र ‘भिसा सब्मिसन’ खुल्दा भइरहेको समस्याबारे पनि जानकारी गराएको उनले बताए । गुरुङका अनुसार कतिपय ठूला कम्पनीबाट धेरै मागपत्र आएको अवस्थामा हप्तामा १०० जनाभन्दा बढी कामदार पनि पठाउनुपर्ने हुन्छ । यसका लागि उक्त नियमका कारण व्यवसायीले झण्झट बेहोर्दै आएका छन् । राजदूतसँगको भेटमा हप्तामा दुई दिन सब्मिसन गर्न मिल्ने बनाउन अनुरोध गरिएको उनले बताए । 

जवाफमा राजदूत अबुहैमदले यो समस्या पनि सम्बोधन गर्ने बताएको संघले जनाएको छ । ‘साउदी राजदूतले यस्तो समस्या भए तत्कालका लागि दूतावासको इमेलमा पत्र पठाउनुहोस्, भिसा हानिदिन्छौं भन्नुभएको छ,’ संघका द्वितीय उपाध्यक्ष देवकुमार खोखालीले प्रभावसँग भने ।भेटमा राजदूत अबुहैमदले नेपाली श्रमिक मिहेनती र इमान्दार हुने भन्दै प्रशंसासमेत गरेको उनले बताए । खोखालीका अनुसार अझै १० वर्ष जति साउदीले ठूलो संख्यामा नेपाली कामदार लैजाने साउदी राजदूतको भनाइ थियो । ‘राजदूतका अनुसार साउदीले विभिन्न ठूला परियोजनामा काम गर्दै छ । कतिपय सुरु भइसकेका छन्, कतिपय सुरु हुने तयारीमा छन् । आगामी १० वर्षभन्दा बढी नेपालबाट ठूलो संख्यामा श्रमिक लैजान्छौं भन्नुभएको छ,’ उनले भने । साउदीले सन् २०३४ को विश्वकप आयोजना गर्दै छ । यो जिम्मेवारीका कारण आवश्यक पूर्वाधार निर्माणमा धेरै श्रमिक लैजाने अनुमान गरिएको छ ।

हाल साउदीमा घरेलु कामदारबाहेक चार लाख नेपाली श्रमिक रहेको तथ्यांक छ । लामो समयदेखि श्रम सम्झौता नवीकरण नभए पनि नेपालबाट उल्लेख्य मात्रामा श्रमिकहरु साउदी जाने गरेका छन् । धेरै नेपाली श्रमिक लैजाने खाडी मुलुकमा संयुक्त अरब इमिरेट्स (युएई) पछि साउदी अरब दोस्रो स्थानमा छ । गत वर्षको वैशाखदेखि चैतसम्म एक लाख ५३ हजार ७५६ जना साउदी गएका तथ्यांक छ । यो संख्या व्यक्तिगत, संस्थागत र श्रम स्वीकृति नवीकरण गरेर जानेहरुको हो । अघिल्लो आ.व. २०८०÷८१ मा एक लाख ४१ हजार ५०२ जना साउदी गएका थिए ।

 


प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १०:५३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
न्यायोचित समाधान नभए आन्दोलनमा जाने घोषणा
न्यायोचित समाधान नभए आन्दोलनमा जाने घोषणा मंगलबार, कात्तिक १८, २०८२
युके पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
युके पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, कात्तिक १७, २०८२
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता सोमबार, कात्तिक १७, २०८२
जेन–जी आन्दोलनपछि घटे युएई जाने कामदार
जेन–जी आन्दोलनपछि घटे युएई जाने कामदार आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेटविरुद्ध संघर्षमा उत्रिँदै संघ
सिण्डिकेटविरुद्ध संघर्षमा उत्रिँदै संघ आइतबार, कात्तिक १६, २०८२
मलेसिया ‘सिण्डिकेट’को विरोधमा व्यवसायी, सशक्त प्रतिवाद गर्ने
मलेसिया ‘सिण्डिकेट’को विरोधमा व्यवसायी, सशक्त प्रतिवाद गर्ने बिहीबार, कात्तिक १३, २०८२
वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा समस्या
वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा समस्या बुधबार, कात्तिक १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP