Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ओली–दाहाल : एकले अर्को झुक्याउँदै
ओली–दाहाल : एकले अर्को झुक्याउँदै
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन शुक्रबार, वैशाख १९, २०८२

अस्ति टीआरसीका विषयमा छलफल गर्ने भनेर अध्यक्ष कमरेडलाई बोलाउनुभयो । छलफल भयो । लगत्तै कुलमान हटाउने निर्णय गरेछन् । त्यसपछि अध्यक्ष कमरेडमाथि टीआरसीसँग कुलमान साटेको आरोप लाग्यो । अहिले पनि त्यसरी नै झुक्याउन प्रधानमन्त्रीजीले सक्नुहुन्छ 
लिलामणि पोखरेल
सचिव, माओवादी केन्द्र

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी नेता पुष्पकमल दाहाल भेटघाटै नगर्ने तहमा पुगेका छन् । जबकि, राष्ट्रिय महत्वका विषयमा छलफल गर्न प्रधानमन्त्री र विपक्षी नेताबीच संवाद हुने चलन छ, जुन हाल आएर तोडिएको छ । दुई नेता एकले अर्कालाई अस्वीकार गर्ने तहमा पुगेका छन् । यो बिहीबारको घटनाले पनि देखाउँछ । 

सरकारको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले दाहाललाई छलफलका लागि बोलाएका थिए । छलफलस्थल सुरुमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार थियो । पछि सिंहदरबार भनियो । ओलीका अर्का निम्तालु कांग्रेस सभापति शेरबहादुर देउवा थिए । देउवा नेतृत्वको कांग्रेस मुख्य सत्ता साझेदार दल हो । 

तर ओलीले बोलाएको छलफलमा दाहाल गएनन् । ओली र सभापति देउवामात्रै छलफलमा भए । उनीहरू केहीबेर कुरा गरेर हिँडे ।यसअघि यही १२ वैशाखमा संसद्को बर्खे (बजेट) अधिवेशनको पहिलो बैठक बस्यो । संसद् अधिवेशनको पहिलो बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने चलन छ । प्रधानमन्त्रीले सम्बोधन गर्ने भएपछि संसद्मा विपक्षी नेताको उपस्थिति अनिवार्य मानिन्छ । तर बजेट अधिवेशनको दिन दाहाल गोरखाको बारपाकमा थिए, जुन ठाउँमा १२ वैशाख २०७२ मा गएको शक्तिशाली भूकम्पको केन्द्र हो । त्यस दिन दाहाल बारपाकमै रहे । 

Hardik health

ओलीले प्रचण्डलाई झुक्याउने, प्रचण्डले ओलीलाई । राजनीतिमा यस्तो निकृष्ट खेल यी दुई नेताले अहिले मात्रै खेलेको होइन । पहिलेदेखि हो । फेरि दुवै इगो बोक्ने नेता हुन् । त्यही भएर देशलाई उभो लगाउन सकेनन् 
लोकराज बराल, राजनीतिशास्त्री

दाहाल नआउने भएपछि प्रधानमन्त्री ओलीको संसद्मा सम्बोधन स्थगित भयो । तेस्रो तहका नेताहरूले संसद्को पहिलो बैठकलाई सम्बोधन गरे । यसको एक सातापछि प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा दाहाल गएनन् । छलफलको चाँजोपाँजो गर्ने पूर्वकानुनमन्त्री भइसकेका एमाले नेता अग्नि खरेल हुन्, जो प्रधानमन्त्री ओलीका संक्रमणकालीन न्यायसम्बन्धिका सल्लाहकारको जिम्मेवारीमा छन् । 

माओवादी सचिव लिलामणि पोखरेलका अनुसार प्रधानमन्त्री ओलीले झुक्याउन सक्ने हुनाले दाहाल छलफलमा नगएका हुन् । उनले प्रभावसँग भने, ‘ अस्ति टीआरसीका विषयमा छलफल गर्ने भनेर अध्यक्ष कमरेडलाई बोलाउनुभयो । छलफल भयो । लगत्तै कुलमान हटाउने निर्णय गरेछन् । त्यसपछि अध्यक्ष कमरेडमाथि टीआरसीसँग कुलमान साटेको आरोप लाग्यो । अहिले पनि त्यसरी नै झुक्याउन प्रधानमन्त्रीजीले सक्नुहुन्छ । त्यसबाट जोगिन उहाँ जानु भएन ।’

ओली सरकारले कुलमान घिसिङलाई ११ चैतमा बर्खास्त गरेको थियो । उनी नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक थिए । उनलाई ऊर्जामन्त्री दीपक खड्कादेखि प्रधानमन्त्री ओलीसम्मले मन पराएका थिएनन् । त्यही भएर टीआरसीबारे छलफल गरेर निस्किँदा सोही दिनको मन्त्रिपरिषद् बैठकले कुलमानलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । यसलाई दाहाल अहिले पनि धोका भन्दै आएका छन् । 

उसो त २७ फागुन २०८१ मा प्रधानमन्त्री रहेका दाहालले संसद् बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय हुँदा तत्कालीन विपक्षी नेता ओली बैठकमा गएनन् । उनी कोशी प्रदेश संसद्लाई सम्बोधन गर्न गए ।त्यसअघि १४ माघ २०८१ मै तत्कालीन प्रधानमन्त्री दाहालले संसद् बैठकलाई सम्बोधन गरेका थिए । त्यसबेला पनि ओली संसद् बैठक गएनन् । दाहालले त्यसदिन संसद्बाटै ओलीको आलोचना गरेका थिए ।  

३ भदौ २०८० मा पनि प्रधानमन्त्री रहेका दाहालले संसद्लाई सम्बोधन गर्ने तय हुँदा ओली अनुपस्थित थिए । उनी अनुपस्थित हुँदा संसद् बैठक नै दुई दिन पर सारिएको थियो । यसरी विगतमा ओलीले नै प्रधानमन्त्रीको हैसियतमा दाहालले संसद्मा गर्ने सम्बोधनमा सहभागी हुन अस्वीकार गरेका थिए ।दुई नेताबीच धोकाधडी र अस्वीकारको राजनीति पहिले पनि भएको थियो । १८ जेठ २०८१ मा प्रधानमन्त्री निवास बालुवाटारमा ओली–दाहाल संवाद भएको थियो ।

त्यो संवाद अघिल्लो दिन क्याप्टेन रामेश्वर थापाको घरमा देउवा–ओलीबीच गठबन्धन गरेर सरकार बनाउने लगायतका सात बुँदे समझदारीपछि भएको थियो । त्यहाँ ओलीले आफूलाई ‘स्वर्ग पनि सँगै जाने, नर्क पनि सँगै जाने’ भनेर विश्वस्त तुल्याएको बताएका थिए । यसपछि दाहालले ओलीलाई झुट बोल्ने नेता भन्ने गरेका छन् । 

राजनीतिशास्त्री लोकराज बराल भने दुई नेतामा तौलिँदा कोही तलमाथि नरहेको बताउँछन् । ‘ओलीले प्रचण्डलाई कहिले झुक्याउने र कहिले प्रचण्डले ओलीलाई झुक्याउने । राजनीतिमा यस्तो निकृष्ट खेल यी दुई नेताले अहिले मात्रै खेलेको होइन । पहिलेदेखि हो,’ उनले भने, ‘फेरि दुवै इगो बोक्ने नेता हुन् । त्यही भएर देशलाई उभो लगाउन सकेनन् ।’


प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  ०९:४५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने
राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने आइतबार, चैत २२, २०८२
एमालेको सचिवालय बैठक सुरु
एमालेको सचिवालय बैठक सुरु शुक्रबार, चैत २०, २०८२
देउवापक्षले गगनलाई सभापति नमान्ने, गगनपक्षले खड्कालाई गरायो सचेत
देउवापक्षले गगनलाई सभापति नमान्ने, गगनपक्षले खड्कालाई गरायो सचेत बिहीबार, चैत १९, २०८२
प्रतिनिधिसभाको बैठकमा रास्वपाका सभापति रवि लामिछानेले सम्बोधन गर्दै
प्रतिनिधिसभाको बैठकमा रास्वपाका सभापति रवि लामिछानेले सम्बोधन गर्दै बिहीबार, चैत १९, २०८२
नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्दै
नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्दै बिहीबार, चैत १९, २०८२
एमालेको संसदीय दलको नेता‘बादल’ निर्विरोध निर्वाचित
एमालेको संसदीय दलको नेता‘बादल’ निर्विरोध निर्वाचित बुधबार, चैत १८, २०८२
एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन
एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन बुधबार, चैत १८, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP