काठमाडौं - आज सुनको मूल्य तोलामा सात सयले घटेकाे छ ।
आज सुनको मूल्य प्रतितोलासात सयले घटेर रु एक लाख ८८ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला रु एक लाख ८८ हजार ८०० मा कारोबार भएको थियाे ।
त्यस्तै, चाँदीको मूल्य पाँच रूपैँयाले घटेर प्रतितोला चाँदीको मूल्य एक हजार ९६५ कायम भएको छ ।
हिजाे चाँदीको मूल्य प्रतितोला एक हजार ९७० कायम भएकाे महासंघले जनाएको छ ।