Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
राजनीति
  • Home
  • राजनीति
  • फरक बोली दबाउने ओली
फरक बोली दबाउने ओली
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बुधबार, वैशाख १७, २०८२

ओलीले जहिल्यै जयजयकार मात्रै मन पराए । भिन्न आवाजलाई थुन्ने काम गरे । अहिले पार्टीभित्र त्यही देखिएको हो ।
कृष्ण पोखरेल
राजनीतिशास्त्री
 

  • उपाध्यक्ष अष्टलक्ष्मी शाक्यमाथि कारबाहीको तयारी 
  • ओलीबाट संसदीय दल बैठकमा शाक्यको चर्को विरोध
  • पार्टी र सरकार दुवैमा विरोधीलाई ओलीको कारबाही  

काठमाडौं– विरोधी आवाज पटक्कै नसुन्ने र आफ्नो विरोधमा बोल्नेविरुद्ध निर्मतापूर्वक प्रस्तुत हुने नेतृत्वको रुपमा परिचित छन् प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । पार्टीभित्र र बाहिर आलोचना गर्ने जो कोहीविरुद्ध ओली विषवमन गर्छन् । पार्टी र सत्तामा विरोधी आवाज मुखरित गर्नेविरुद्ध कारबाहीकै तहसम्म पुग्छन् ।

यतिबेला कारबाहीको भागीदार बन्ने अवस्थामा पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य देखिएकी छन् । उनले हालै शिक्षामन्त्रीबाट राजीनामा दिएकी विद्या भट्टराईको पक्षमा बोलेकी थिइन् । शाक्यको अभिव्यक्ति प्रधानमन्त्री ओलीलाई पटक्कै मन परेको छैन । 

एक जना एमाले सांसदले प्रभावसँग भने, ‘संसदीय दलको बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जे स्टाटस माननीय विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिएको सन्दर्भमा लेख्नुभएको थियो, त्यसलाई लिएर सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली कमरेडले किन त्यस्तो लेख्नुभयो ? पार्टी अनुशासनमा किन बस्नु नपरेको ? भनेर प्रश्न गर्नुभयो ।’

Hardik health

एमाले संसदीय दलको बैठक शनिबार बसेको थियो । बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली शाक्यविरुद्ध चर्को असन्तुष्ट सुनिए । ओली असन्तुष्ट हुँदा नेता कार्यकर्ताले स्पष्टीकरण हुँदै निलम्वनमात्रै होइन पदमुक्तसम्मको कारबाही भोग्नुपरेको छ । 

विगतमा विवादित व्यवसायी मीनबहादुर गुरुङले कीर्तिपुरमा पार्टी कार्यालयका लागि जग्गा दिएको र पार्टी कार्यालय नै बनाइदिने सन्दर्भमा नेता भीम रावल, स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र उषाकिरण तिमल्सेनाले विरोध गरेका थिए । विरोधपछि रावललाई ओलीले पार्टीबाटै निष्काशित गरे । पाण्डे र तिमल्सेनालाई निलम्वित गरे । 

राजनीतिशास्त्री कृष्ण पोखरेल ओली गुणगानमात्रै सुन्न चाहने नेतृत्व भएको बताउँछन् । उनले फरक आवाजलाई कहिल्यै स्थान नदिएको पोखरेलको भनाइ छ । ‘झापा विद्रोहदेखि नै ओलीलाई राम्ररी चिन्छु, तर उनले जहिल्यै जयजयकार मात्रै मन पराए । भिन्न आवाजलाई थुन्ने काम गरे,’ पोखरेल बताउँछन् । 

ओलीले नेकपाकालमा पार्टीभित्र अन्तरसंघर्ष चल्दा नेताहरूको जिम्मेवारी हेरफेरदेखि खोस्नेसम्म गरेका थिए । सरकारमा पनि त्यसै गरेका थिए । विद्युत् महसुल बक्यौता उद्योगीबाट उठाउनुपर्ने र कुलमान घिसिङको नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट भएको बर्खास्तीको विरोध ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले गरेका थिए । घिसिङलाई बर्खास्त गर्ने प्रधानमन्त्री ओलीको कदम गलत रहेको उनको भनाइ थियो । 

तामाङका अनुसार उनले २९ चैतको मन्त्रिपरिषद् बैठकमा सरकारले ल्याउने आगामी बजेटमा पाँच–दश लाखको योजना छुट्याउन नहुने मत राख्दा ओली रिसाएका थिए । यिनै घटनाक्रमका बीच अन्ततः ओलीको बर्खास्तगीमा राज्यमन्त्री तामाङ परे । तत्कालीन शिक्षामन्त्री विद्या भट्टराई पनि ओलीको लाइनविपरीत गएर शिक्षा ऐन जारी गर्नेसहितका मागहरूमा सकारात्मक बन्दा उपेक्षाको सिकार बनेकी थिइन् । वैशाख ९ गते काठमाडौंमै भएको एक कार्यक्रममा त उनले काम गर्न नसकेको भनेर भट्टराईको क्षमतामाथि प्रश्न उठाएका थिए । ओलीको ‘किचन क्याबिनेट’मा रहेका महेश बस्नेतले विपक्षीलेभन्दा कडा शब्दमा भट्टराईको विरोध गरेका थिए । 

उद्योगी व्यवसायीबाट विद्युत् महसुल बक्यौता उठाउनुपर्ने अडानमा रहेका कुलमान गत चैतमै ओलीको बर्खास्तगीमा परेका थिए, जसविरुद्ध अहिले पनि काठमाडौंको माइतीघरमा प्रदर्शन हुँदै आएको छ । सक्रिय राजनीतिबाट टाढा हुँदै गएका कम्युनिस्ट नेता टंक कार्कीका अनुसार ओली डेढ दशकअघिसम्म यति साह्रै अलोकतान्त्रिक थिएनन् । उनी एमालेमा लोकतन्त्रका चर्का वकालतकर्ता थिए । जब २०७१ सालमा पार्टी अध्यक्ष पदमा माधवकुमार नेपाललाई पराजित गरेर पार्टी सत्तामा आए, त्यहीँदेखि उनले आन्तरिक लोकतन्त्र मासिदिए । 

कार्की सम्झिन्छन्, ‘ओली पार्टी नेतृत्वमा आउनुअघि प्रत्येक व्यक्तिलाई सरकार, राजनीतिक पार्टीहरू, सामाजिक संस्थाहरू, नेताहरू र अधिकारीहरूको बारेमा आफूलाई लागेका कुराहरू स्वतन्त्र रूपमा बोल्न दिनुपर्छ भन्थे ।’पूर्ववत् यी मान्यताबाट ओली अहिले पछि हटेका छन् । उनी त विरोधी आवाजलाई निर्ममतापूर्वक दबाउने अलोकतान्त्रिक चरित्रको नेतृत्व देखिएको कार्की बताउँछन् । 


प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १०:४५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने
राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने आइतबार, चैत २२, २०८२
एमालेको सचिवालय बैठक सुरु
एमालेको सचिवालय बैठक सुरु शुक्रबार, चैत २०, २०८२
देउवापक्षले गगनलाई सभापति नमान्ने, गगनपक्षले खड्कालाई गरायो सचेत
देउवापक्षले गगनलाई सभापति नमान्ने, गगनपक्षले खड्कालाई गरायो सचेत बिहीबार, चैत १९, २०८२
प्रतिनिधिसभाको बैठकमा रास्वपाका सभापति रवि लामिछानेले सम्बोधन गर्दै
प्रतिनिधिसभाको बैठकमा रास्वपाका सभापति रवि लामिछानेले सम्बोधन गर्दै बिहीबार, चैत १९, २०८२
नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्दै
नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्दै बिहीबार, चैत १९, २०८२
एमालेको संसदीय दलको नेता‘बादल’ निर्विरोध निर्वाचित
एमालेको संसदीय दलको नेता‘बादल’ निर्विरोध निर्वाचित बुधबार, चैत १८, २०८२
एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन
एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन बुधबार, चैत १८, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP