काठमाडौं - आज सुनको मूल्य तोलामा पाँच सयले बढेकाे छ ।
आज सुनको मूल्य प्रतितोला पाँच सयले बढेर रु एक लाख ८८ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार साेमबार सुनको मूल्य प्रतितोला रु एक लाख ८८ हजार ४०० मा कारोबार भएको थियाे ।
त्यस्तै, चाँदीको मूल्य हिजाे कै मूल्यमा स्थिर भइ प्रतितोला आज पनि चाँदीको मूल्य एक हजार ९७० कायम भएको छ ।