माइतीघरदेखि नयाँ बानेश्वर सडक खण्डमा आजकल हरेक दिन कुनै न कुनै महोत्सव हुने गर्दछ । अहिले त सडक नै बल्छ । पहिलेपहिले भए पो गीत गजल हेर्न प्रज्ञा भवन वा नाचघर नै पुग्नु पर्दथ्यो । अहिले त व्यवस्थासँगै अवस्था फेरिएको पनि दुई दशक हुन लागिसक्यो । त्यसैले ऊ बेला जस्तो कहाँ हो र ! देश चलाउनेदेखि चल्नेसम्म पनि सबै कलाकार ।
बबरमहलको आधुनिक पुल । त्यही पुलको छेउमा मास्टरमास्टर्नीको नाचगान, देउसीभैलो सबै देख्न सकिन्छ । त्यहीँबाट अलि पर अर्को सेतो घर छ, त्यहाँ भित्र छि¥यो कि अर्को संसार । संसद् भवन भन्ने त्यहाँ झन् एकसेएक कलाकार ।त्यही भएर पो रहेछ त पछिल्लो समय सडक नाटक मञ्चन हुन थालेको । अहिले सत्ता र शक्ति हुनेहरुका लागि एउटा कानुन, कोही नहुने भुइँमान्छेलाई अर्कै हुन्छ । त्यही भएर पो सडकमा आजकल नाचगान, दोहोरी सबै चल्छ ।
फेसबुक चलाउने, टिकटक बनाउने अनि मानिसलाई अलमल्ल । यत्तिमा जागिर पनि चलेको छ, देश पनि चलेको छ । भविष्य भने यस्तै हो । ‘कम्मर मर्काइ नाचौंला, बाँचे भो सँगै भेटौंला’ मास्टरहरुले गाउने गीत हो । त्यही माइतीघरको चोकदेखि आधुनिक पुलसम्म आधुनिक मान्छेहरुले सबैलाई मानेका छन् । भए गाउँला नभए घर रित्तै फर्कौंला नारासहित दोहोरी चलिरहेको छ । सरकारले मास्टर देखेन, मास्टरले सरकार देखेन ।देख्ने कहिले ? भेट्ने कहिले ? बरु मन्त्री फेरिएला मानिसको मतिमा लागेको कुरा फेर्न गाह्रो छ । के–के पु¥याउने सरकारले ? चाहिनेभन्दा नचाहिने मागहरु बढी भएको अवस्था हो । सडकमा आन्दोलनले भएको क्षतिपूर्ति कसले जिम्मेवारी लिने हो ?
पछिल्लो समय अलि शिक्षकहरु भट्के जस्तो । यता शिक्षक झट्कने उता मन्त्रीको पद चट्, यो हो नि काइता । जो सोझो, उसको मुखका घोचो भन्ने उखानजस्तै । उखानका महात्म्य नै अहिले देश हाँक्ने जिम्मेवारीमा । यस्तो बेलामा मास्टर्नीहरुको नाच हेर्न नपाउने ? पूर्वतिर संसद् भवन, पश्चिममा मन्त्रीका भवन । यी दुवै भवनले जनताको सेवा गर्दैन । केटाहरु निस्फ्रिक्री नहुने अवस्था आएपछि त हो नि खेताला खोज्नुपर्ने ।हुन पनि अहिले खेताला शिक्षकहरुको दिन छ । देश चलाउनेले अरुको खेताला जस्तै बनिसकेपछि त्यो पढाउनेसढाउने छाडिदिऊँ । बरू परिवर्तनका लागि हिँड्ने मान्छेहरु खोज । मुखले जे भने पनि संगठन बलियो भएपछि त यस्ता जाबो कति आउँछन् जान्छन् । शिक्षामा खेताला, तरकारीमा खेताला, देश हाँक्ने पनि खेताला भएपछि के चाहियो ?
खान जन्मेकाहरुले खायो, जति सक्छ खायो । तर मिलाएर खाओ भन्दा हात बांगेले यस्तै हो भन्थे । भने जे पनि हुन सक्छ । नयाँ शैक्षिकसत्र सुरू भइसक्यो, सडकमा मास्टर साहेवहरु जादू देखाइरहेका छन् । निजी विद्यालयले पढाइ सुरु गरिसकेका छन् । त्यसभित्र पनि हुने खानेकै करामत छ ४८ र ५२ प्रतिशतको एक÷एक हिसाव राख्नुपर्ने बेला आएको छ ।
यो हिसाव गरिरहँदा पहिले आफैंले झोला वोक्न सिकाएकाहरुले ‘झोले’ भन्ने शब्दलाई निकै नै रोचक ढंगले रमितामा प्रस्तुत गरिएको पाइन्छ । शिरमा ढाकाटोपी लगाएर आन्दोलन गरिरहेका मास्टरसाहेवले आफूलाई झोले हो भनेर प्रमाणित गरिसकेको अवस्था । २१ दिनमा त यो देशमा व्यवस्था नै परिवर्तन भएको थियो । तर अहिले अवस्था परिवर्नत गरौं भन्ने मास्टरसापको गुनासोमात्रै होला । साँढेको जुधाइ बाछाको मिचाइमा परेका छन् साना बालबालिका । तैपनि कुनै गुनासो छैन । सडकमा रमिता भाको छ । युट्युबेलाई जागिर भाको छ । हुँदै नहुने भए पनि सडकमा नै बस्यो गीत गायो ।राज
तन्त्रको पालाको ऐन देखाएर गणतन्त्रको काम गरिरहेका छन् । जो–जो जसरी आए त्यसरी नै गए । विडम्बना हिजो हरेक राजनीतिक दलमा शिक्षक थिए । अहिले छैनन् रे ! कति हाँस्नु... । नेपालमा राजनीतिलाई स्थापित गरेकै शिक्षकहरुले हुन् त कस्तो थाहा नपाको क्या !
सरकारमा हे¥यो रमिता, सदनमा हे¥यो रमिता, सडकमा हे¥यो रमिता । कहिले केको रमिता कहिले केको... । त्यही रमिता गर्न त सडकमा जनतालाई सास्ती दिएर के गर्न खोजेको हँ सरकार ? बरु कुनै बेला यही रमिता गर्न दिएको ठाउँमा गएर जिन्दावाद, मुर्दावाद भन्दिए भैगो । सडकमा चक्काजाम गरेर, यातायात अवरुद्ध गरेर जनतालाई सास्ती दिने काम रोक्नु पर्दैन ? अलि ठूलो स्वरले बोलेपछि नेता भइने हो र ? त्यसो भए अवदेखि फेरि टुँडिखेल खोलौं । मनमा लागेका कुरा जति सक्यो टुँडिखेलामा बस्नेले रमिता देखाओस् । जनता मन लागेका कुरा पोख्न फेरि त्यही टुँडिखेलमा जाउन् ।
व्यवस्था परिवर्तन भएसँगै अवस्थामा परिवर्तनका गर्नका लागि पनि टुँडिखेललाई खेलमैदान बनाउनु आवश्यक छ । नत्र जो पनि गएर टुँडिखेलमा पुग्दा अर्कै सान । अहिले त टुँडिखेलकै पहिचान हराइसक्यो । पहिचानवादीहरुले आ–आफ्ने पहिचान खोज्न किन माइतीघरमा जाने ? जाउँ टुँडिखेल । ठाउँ पनि ठूलो, मान्छे पनि ठूलो ।
तिमी देऊ, तिम्रा हातहरु म दिन्छु मेरा हातहरु आऊ मिलाउ हाम्रा हातहरु भन्ने गीत पनि एकादेशको कता हुने हो । अहिले त के हात मिलाउने ? कुरै भाको छैन छद्मभेसीहरुले नै हात मिलाइसक्छन् चाहे त्यो मास्टर किन नहोस् सबैको सधैंका लागि जय हुनुपर्छ । २०४६ सालदेखि सुरू भएको रमिता ३६ वर्षसम्म रमितामा नै गइसकेको छ । अब रमितालाई अन्त्य गर्नुपर्छ । सडकमा होस् कि सदनमा होस् । आफ्नो स्वार्थअनुकूल रमिता गर्नेहरुलाई जनताले नै अर्को रमिता गर्न ढिला भइसक्यो । अब त जागौं ।
यसै रमिते देश, त्यसै रमिते देश । सदनमा रमिता, सडकमा पनि रमिता । सरकारमा रमिता, दलभित्र आफ्नै रमिता ।राजनीति समाज सेवा होइन, व्यापार भइरहेको छ । त्यो रमितालाई समेत अन्त्य गर्दै शिक्षकहरुकै रमिते आन्दोलनबाट सबै रमिताहरु अन्त्य गरौं । जय रमिता ।