Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #नेता झलनाथ खनाल
  • #मेची_राजमार्ग
  • #इजिप्टमा सडक दुर्घटना
  • #नेकपा_एमाले
Search Here
विचार
  • Home
  • विचार
  • क्रिकेटमा नयाँ इतिहास
क्रिकेटमा नयाँ इतिहास
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज ३१, २०८२
राजु सिलवाल

 

नेपालले ओमानलाई उनीहरूको गृहमैदानमा सानदार नतिजाले पराजित गरेर सहभागीहरूको अंक तालिकामा आठ अंकसहित शीर्ष स्थानमा पुग्नु नेपालकै ठूलो ऐतिहासिक उपलब्धि मानिएको छ । नेपालले एसिया क्षेत्रीय छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकपमा स्थान सुनिश्चित गरेको हो । नेपालले समूह चरणमा लगातार जित दर्ता गर्दै फाइनलमा उत्कृष्ट रनरेटका साथ विश्वकपमा प्रवेश गरेको समाचारले विश्वभरका सञ्चारमाध्यममा स्थान पाएको छ ।

 

नेपाली राष्ट्रिय क्रिकेट टिमले लगातारको सफलतापछि विश्व क्रिकेट जगतमा अब्बल टिमको ?पमा परिचय दिलाएको छ । मुलुकभित्रको विषम् राजनीतिक परिस्थितिका साथै अन्योलपूर्ण अवस्थामा पनि नेपाली क्रिकेट खेलाडीहरूले निरन्तर विश्वकपमा प्रवेशको सपना देख्नुका साथै यथोचित् संघर्ष गर्दै सफलता हात पारेर मुलुकको शिर उँचो बनाइदिएका छन् । वेस्ट इण्डिजजस्तो टेस्ट प्रतियोगिता खेल्ने मुलुकलाई क्रिकेट शृंखलामै पराजित गरेर उच्च मनोबल बनाउँदै ओमान पुगेको नेपाली टिम आगामी सन् २०२६ मा भारत तथा श्रीलंकामा आयोजना हुने टि–ट्वान्टी विश्वकप क्रिकेट २२६ का लागि तेस्रोपटक छनोट भएपछि सम्पूर्ण मुलुकवासी गौरवान्वित बन्न पुगेका छन् ।
सन् २०१४ मा पहिलोपटक विश्वकपका लागि छनोट भएको भएको नेपालले १० वर्षपछि सन् २०२४ मा दोस्रोपटक विश्वकप खेलेको थियो । यसपालि लगातार विश्वकपमा सहभागिताका लागि प्रतिस्पर्धा गरिरहेको नेपाल छनोट चरणको दुई खेल सम्पन्न हुनुअघि नै विश्वकपमा प्रवेश गर्न सफल भएको थियो । संयुक्त अरब इमिरेट्स युएईले सामोआलाई ७७ रनले पराजित गरेपछि नेपाल दुई खेलअघि नै विश्वकपमा प्रवेश पाउन सफल भएको हो । त्यसपछि नेपालले ओमानलाई उनीहरूको गृहमैदानमा सानदार नतिजाले पराजित गरेर सहभागीहरूको अंक तालिकामा आठ अंकसहित शीर्ष स्थानमा पुग्नु नेपालकै ठूलो ऐतिहासिक उपलब्धि मानिएको छ । नेपालले एसिया क्षेत्रीय छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकपमा स्थान सुनिश्चित गरेको हो । नेपालले समूह चरणमा लगातार जित दर्ता गर्दै फाइनलमा उत्कृष्ट रनरेटका साथ विश्वकपमा प्रवेश गरेको समाचारले विश्वभरका सञ्चारमाध्यममा स्थान पाएको छ ।

दोस्रोपटक ‘प्लेयर अफ दि म्याच’
कुनै पनि खेलमा उत्कृष्ट खेलाडी बन्न त्यति सहज हुँदैन । त्यसमाथि पनि विश्वकप छनोटजस्तो उच्चस्तरको क्रिकेट प्रतिस्पर्धामा दुई पटक ‘प्लेयर अफ दि म्याच’को उपाधि जितेर नेपाली ब्याटसम्यान कुशल भुर्तेलले उत्कृष्ट खेलाडीको परिचय बनाएका छन् । विश्वकपको छनोटमा नेपालले खेलेका प्रायः सबै खेलमा ब्याटस्म्यान भुर्तेलले महŒवपूर्ण भूमिका निभाउन कुनै कसर बाँकी राखेनन् । नेपालले ओमानलाई ३८ रनले पराजित गर्दै प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम राख्दा उनको योगदान चर्चायोग्य रह्यो । बुधबारको खेलमा टस जितेर ब्याटिङ रोज्नु नै नेपालको उपयुक्त निर्णय हुन पुग्यो । विपक्षीलाई दबाबमा दिएर रन बटुल्ने काममा भुर्तेलजस्ता खेलाडीले सफलता हासिल गरे । कुवेतसँगको खेलमा कूल ६६ रन बनाई प्लेयर अफ दि म्याच बनिसकेका भुर्तेलले ओमानसँगको खेलमा ६९ रन बनाएर उत्कृष्ट प्रदर्शन गरेका थिए । 

Hardik health

यस खेलमा बलिङतर्फ नेपालका लागि गुल्सन झाले तीन विकेट लिएर ओमानलाई दबाब राख्न सफलता प्राप्त गरेका थिए । समग्रमा नेपालको ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षको समयोचित संयोजनले विजयोन्मुख गराएको थियो । सुपर सिक्स चरणको खेल सम्पन्न हुनु अगाडि नै नेपाल र ओमानले विश्वकपका लागि आफ्नो स्थान सुरक्षित गरेका थिए । अघिल्ला तीनवटै खेलमा लगातार विजय हासिल गरेका नेपाल र ओमानको समान अंक भए पनि नेट रन रेटको आधारमा अग्रस्थानमा रहेको ओमानलाई नेपालले घरेलु मैदानमै पराजित गरेपछि ओमानी खेलप्रेमीहरूले विश्वकप प्रवेशको खुसीयाली पनि उत्साहका साथ मनाउन सकेनन् ।

सन्दीपको सफलता
केही साताअघि नेपाल र वेस्ट इण्डिजबीच भएको क्रिकेट शृंखलामा खेल्न सारजहामा पुगे पनि नेपाल क्रिकेट संघद्वारा निलम्बनमा परेर खेल्न नपाएका लेग स्पिनर सन्दीप लामिछानेले विश्वकप छनोटको सिलसिलामा विभिन्न खेलमा विकेट त लिए । तर कतारलाई पराजित गर्दा लामिछाने एक्लैले लिएको पाँच विकेट प्रशंसायोग्य मानिएको छ । कतारवि?द्धको खेलमा नेपालले कतारलाई पाँच रनले पराजित गरेको थियो । हारको नजिक पुगिसकेको सो खेलको नतिजा अन्तिम ओभरमा आफ्नो पक्षमा ल्याउन सफल लामिछाने ‘प्लेयर अफ दि म्याच’ बन्न सफल भएका थिए । उनले यसअघि पनि एउटै खेलमा पाँच विकेट लिइसकेका छन् । नेपाली खेलाडीहरूमध्ये सबैभन्दा बढी अन्तर्राष्ट्रिय अनुभव बटुल्न सफल लामिछानेको अन्तर्राष्ट्रिय विकेट संख्या २५५ पुगिसकेको छ । कतारवि?द्ध कप्तान रोहित पौडेलले अर्धशतकको योगदान गरेका थिए ।

पीडा बिर्साउने दिपेन्द्र
नेपालले विगतको पीडा भुल्ने मौकासमेत ओमानमा पाएको थियो । विश्वकप छनोट चरणको क्रममा नेपालले झिनो रनको सहायताले विपक्षीलाई पराजित गर्दै विगतको नतिजालाई बिर्सिन खोज्यो । सन् २०२४ को विश्वकपको सिलसिलामा नेपाल दक्षिण अफ्रिकासँग एक रनको अन्तरले पराजित भएको थियो । यसपालि नेपालले संयुक्त अरब इमिरेटस (युएई)लाई एक रनले पराजित गर्दै विगतको पीडा बिर्सायो । यसरी झिनो अन्तरले पराजित गर्दै पीडा भुलाउने खेलाडी थिए दिपेन्द्रसिंह ऐरी । यसपालि सबैजसो खेलमा उनको भूमिका सन्तोषजनक मानिएको थियो । युएईवि?द्धको खेलमा उनको बलिङ होस् वा फिल्डिङ उत्कृष्ट रहेको थियो । उनले चार ओभरमा २२ रन दिँदै तीन विकेट लिएका थिए भने एउटा रन आउटसमेत गरेका थिए ।

नेपाललाई उक्त खेलमा विजयी बनाउन प्रभावकारी भूमिका निभाएबापत उक्त खेलमा उनी प्लेयर अफ दि म्याच बन्न सफल भएका थिए । उनले तीन विकेट लिएका थिए । अन्तिम ओभरमा उनको बलिङ सानदार देखिन्थ्यो । तीन बलमा तीन रन आवश्यक भएको परिस्थितिमा तीनै बलमा विकेट लिएर उनले आफ्नो टिमलाई विजयोन्मुख गराउन पुगे । सो खेलमा आशिफ शेखले अर्धशतक बनाएका थिए । युएईले जित्ने आकलन गरेको खेलमा पनि पराजय भोग्नु परेको थियो ।

२५ वर्षपछि भेट
विश्वकप छनोटका सिलसिलामा नेपाल र जापानबीच धेरै वर्षपछि भेट भएको छ । विगतमा दुई मुलुकबीच एसियन क्रिकेट काउन्सिल (एसिसी)अन्तर्गत प्रतिस्पर्धा हुने गरेको थियो भने हाल जापान पूर्वी एसिया प्रसान्त क्षेत्रअन्तर्गत प्रतिस्पर्धा गर्ने गरेकाले विश्वकप छनोटले दुई देशका टिमलाई २५ वर्षपछि प्रतिस्पर्धा गर्ने अवसर जुटाइदिएको थियो । नेपालले जापानलाई पाँच विकेटले पराजित गरी सुपर सिक्समा प्रवेश गरेको थियो ।

कप्तानको अनुभूति
सन् २०१४ मा नेपाल पहिलोपटक विश्वकपमा प्रवेश गर्दा नेपाली राष्ट्रिय टिमका कप्तान पारस खडका थिए । उनी हाल नेपाल क्रिकेट संघ (क्यान)को सचिवको भूमिकामा रहेका छन् । नेपाल तेस्रो विश्वकपतर्फ अगाडि बढेपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत क्रिकेट संघ सम्बन्धित सबैलाई बधाइ दिएका छन् । उनले अब नेपाललाई इण्टरनेसनल क्रिकेट काउन्सिल (आइसिसी)को पूर्णसदस्य राष्ट्र बनाउने चाहना स्पष्ट पारेका छन् । विश्वकप क्रिकेट छनोटका सिलसिलामा टिम व्यवस्थापनदेखि मैदानमासमेत सक्रिय भूमिका निभाइरहेका २२ वर्षीय रोहित पौडेल पनि आफ्नो नेतृत्वको टिम विश्वकपमा प्रवेशपछि बधाइ थाप्न र समर्थकलाई बधाइ दिने काममा ब्यस्त रहेका छन् । विश्वकप छनोटको तयारीको अवस्थामै उनले १२ कक्षाको परीक्षा उत्तीर्ण गरेका थिए । उनले समर्पण, विश्वास र एकताबाट फेरि विश्वकपमा जाने सपना वास्तविकतामा परिणत भएको धारणा फेसबुकमार्फत व्यक्त गरेका छन् ।

महिला पनि सँगसँगै
पु?ष क्रिकेट टिमले विश्वकपमा छनोट हुनका लागि दाबेदारी प्रस्तुत गरिरहँदा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले पनि आफ्नो टिम सशक्त भएको उदाहरण प्रस्तुत गर्नु अर्को गर्वको प्रसंग मानिएको छ । नेपाली महिला क्रिकेट टोलीले पछिल्लोपटक टी–२० अन्तर्राष्ट्रिय शृंखलामा मलेसियालाई उनीहरूकै घरेलु मैदानमा पराजित गरेर उपाधि जित्न सफल भएको थियो ।

क्वालालम्पुरमा भएको उक्त प्रतियोगितामा सञ्चालन गरिएको पाँच खेलमध्ये नेपालले तीन खेल जितेर उपाधि आफ्नो कब्जामा लिन सफल भएको हो । नेपालमा सन् २००० मै महिला क्रिकेटको सुरुआत भएको थियो । नेपाल क्रिकेट संघले सन् २००५ मा पहिलोपटक महिला घरेलु क्रिकेट प्रतियोगिताको आयोजना गरेको थियो । क्यानले नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको निर्माण सन् २००७ मा गरेर अन्तर्राष्ट्रिय सहभागिता प्रारम्भ गरेको थियो ।

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालको प्रतिनिधित्व गर्दै आइरहेको छ । महिला टोलीले सन् २००७ को जुलाईमा एसिसी महिला क्रिकेट प्रतियोगिताबाट अन्तर्राष्ट्रिय डेब्यु गरेर अहिले टी–२० इण्टरनेसनलको विश्व वरीयताक्रममा २१औं स्थानमा पुगिसकेको छ । नेपालले सन् २००७ मा थाइल्याण्डविरुद्ध अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेको थियो । नेपाली महिला टोली पहिलोपटक टी–२० इण्टरनेसनल क्रिकेट भने सन् २०१९ को जनवरी १२ तारिखका दिन चीनसँग खेलेको थियो । यसअघि नेपाली महिला टोलीले २)१२ मै पहिलोपटक महिला टी–२० एसिया कपमा भाग लिएको थियो । नेपाली टोली सन् २०१६ महिला एसिया कपका लागि पनि छनोट भएको थियो । नेपालको जुनियर महिला टोलीले आइसिसी महिला यू–१९ विश्वकप एसियाली छनोट, सन् २०२२ मा तेस्रो स्थान हासिल गरेको थियो । नेपालले २०२७ मा आइसिसी यू–१९ महिला विश्वकप आयोजना गर्ने तयारी गरेको छ । उक्त आयोजना महिला क्रिकेटको विकासका लागि कोशेढुंगा सावित हुने अपेक्षा गरिएको छ ।

सरकारको सम्मान
खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध विस्तारमा महत्‍वपूर्ण भूमिका खेलेका नेपाली क्रिकेट खेलाडीहरूको सम्मानमा नेपाल सरकारले हुलाक टिकट प्रकाशन गर्नु गौरवको विषय मानिएको छ । नेपालमा विगतमा खेलकुदसम्बन्धी विभिन्न हुलाक टिकट प्रकाशन गरिए पनि पहिलोपटक क्रिकेट खेलका पुरुष तथा महिला खेलाडीका बेग्लाबेग्लै हुलाक टिकट प्रकाशन गरिनु सानो सम्मान होइन । हुलाक सेवा विभागले आइसिसी पुरुष विश्वकप तथा आइसिसी महिला यु–१९ विश्वकपमा भाग लिएका खेलाडीहरूको तस्बिर अंकित हुलाक टिकटमा प्रकाशनको पहिलो टाँचा लगाउने कार्यको प्रारम्भ गरेको थियो ।

पुरुष तथा महिला क्रिकेट खेलाडीका बेग्लाबेग्लै दुई प्रकारका हुलाक टिकट पाँच लाख प्रति प्रकाशन गरिएको छ । विश्वकपमा प्रवेश गरिसकेपछि अब टिम स्वदेश फर्कंदा नेपाली खेलाडीहरूको उचित सम्मान गर्न सम्बन्धित निकायले तयार गर्ने नै छ । विजयी खेलाडीका लागि सरकारले घोषणा गरेको आर्थिक पुरस्कार यथाशीघ्र प्रदान गर्न पनि सरकारले प्राथमिकता दिनुपर्दछ । मुख्यतः खेलाडीले खेलेरै बाँच्न सक्ने अवस्थाको सिर्जना गरी रोजगारका लागि विदेसिने क्रमको अन्त्य गर्न सरकारको सक्रियता अति महत्‍वपूर्ण मानिएको छ ।

नेपालले तेस्रोपटक टी–२० विश्वकपमा प्रवेश गर्नु क्रिकेट खेलाडीहरूको मात्र सफलता नभएर सम्पूर्ण नेपालकै लागि गर्वको क्षण मानिएको छ । खेलाडीहरूको लगातार कठिन परिश्रम, संघर्ष तथा राष्ट्रप्रेमको परिणामस्व?प नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो पहिचान थप बलियो बनाउन सफल भएको छ । यो उपलब्धि केवल खेलाडीहरूको मात्र नभई सम्पूर्ण नेपाली जनताहरूको हो । यस ऐतिहासिक उपलब्धिले नेपाली खेलाडीहरूलाई आगामी दिनका कठिन चुनौतीहरूलाई सामना गर्न संयम र सक्षम बनाउने छ । नेपालले अब विश्व क्रिकेटमा आफ्नो सम्मान र पहिचान कायम गर्दै नयाँ अध्याय लेख्ने विश्वासमा समस्त देशवासीहरू आशावादी रहेका छन् । 
 


प्रकाशित मिति: शुक्रबार, असोज ३१, २०८२  १०:५०
प्रतिक्रिया दिनुहोस्
थप विचार
क्रिकेटमा नयाँ इतिहासः नेपाल तेस्रोपटक विश्वकपमा
क्रिकेटमा नयाँ इतिहासः नेपाल तेस्रोपटक विश्वकपमा बिहीबार, असोज ३०, २०८२
नेपालमा विकास प्रशासनको अवस्था
नेपालमा विकास प्रशासनको अवस्था बिहीबार, असोज ३०, २०८२
पर्यटन क्षेत्रको पुनरुत्थानमा चाल्नुपर्ने कदम
पर्यटन क्षेत्रको पुनरुत्थानमा चाल्नुपर्ने कदम बुधबार, असोज २९, २०८२
पुनर्जागरण समयको सदुपयोग 
पुनर्जागरण समयको सदुपयोग  मंगलबार, असोज २८, २०८२
ब्वाँसोको कन्तविजोग !
ब्वाँसोको कन्तविजोग ! मंगलबार, असोज २८, २०८२
दृष्टि सुरक्षाः उज्यालो भविष्यको पहिलो कदम
दृष्टि सुरक्षाः उज्यालो भविष्यको पहिलो कदम सोमबार, असोज २७, २०८२
लोकप्रिय
  • Week
  • Month
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP