काठमाडौं - नेपाली बजारमा सुनको मूल्य ह्वातै घटेकाे छ । शुक्रबार सुनको मूल्य तोलामा १ लाख ८९ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे हो ।
महासंघका अनुसार १० ग्राम सुनको मूल्य १ लाख ६२ हजार ५५० रुपैयाँ रहेकाे छ । मंगलबार तोलामा एक लाख ९७ हजार ९०० रुपैयाँ ,बुधबार तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ र बिहीबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर १ लाख ९० हजार ६ सय रुपैयाँमा काराेबार भएकाे थियाे ।
यसैबीच हिजाे तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला दुई हजार १० रुपैयाँमा काराेबार भएकाे चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य तोलामा दुई हजार रुपैयाँ कायम भएको छ ।
मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य ५ रुपैयाँ घटेर १ हजार ९६५ रुपैयाँ कायम भएको थियाे ।